नेपाल कम्युनिष्ट पार्टीका नेता रामचन्द्र झाले नेपालको झण्डा राखेर पानीजहाजको नाममा नेपालभरको पानी भारततर्फ पठाउने योजनामा प्रधानमन्त्री खड्गप्रसाद ओलीको रहेको बताएका छन् । प्रतिगमनविरुद्ध राजधानीमा काठमाडौंमा आयोजित ठूलो विरोध सभालाई सम्बोधन गर्दै झाले भने, ‘ओलीको जहाज चलाउने योजना बुझ्नुस्, त्यो भनेको राष्ट्रको झण्डा राखेर जहाज चलाउने नाममा सम्पूर्ण नेपालको पानी इन्डिया पठाउने योजना हो । यिनको राष्ट्रवाद त्यहि हो।’
मदन भण्डारी मेमोरियल कलेजका भित्ता र सो कलेजका गाडीमा ओलीको राष्ट्रवाद हेर्न पनि झाले सबैलाई आग्रह गरे । ‘मदन मेमोरियल कलेजका वाल र उसका गाडीमा हेर्नुहोस्, कसले पैसा दिइरहेको छ, त्यहँी लेखेको छ,’ उनले भने । गत माघ २२ गते आमहड्तालका क्रममा प्रहरी लाठीचार्जका कारण घाइते झाले टाउकोमा पट्टी बाँधेकै अवस्थामा आज भाषण गरेका थिए ।
Discussion about this post