Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोभिड-१९ पत्ता लगाउन प्रयोग गरिँदै आएको आरडिटी प्रयोग गर्न नमिल्ने – सरकारी अनुसन्धान परिषद्

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ ९, २०७७
- कोभिड–१९, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको एक सरकारी अनुसन्धान परिषद्ले कोभिड-१९ पत्ता लगाउन प्रयोग गरिँदै आएको र्‍यापिड डाइनोस्टिक किट (आरडिटी) प्रयोग गर्न नमिल्ने रिपोर्ट सरकारलाई बुझाएको छ।

    स्वास्थ्य अनुसन्धान परिषदले कोभिड–१९ पत्ता प्रयोग गरिने आरडिटी किटले परीक्षण गर्दा आधा संक्रमितलाई समाजमा छाडेको भन्दै यसबाट परीक्षण गर्न नहुने रायसहितको प्रतिवेदन बुझाएको हो। ‘हामीले गरेको अनुसन्धानमा आरडिटी किटको पोजेटिभ देखाउने क्षमतामा ५० प्रतिशत मात्रै देखियोु, स्वास्थ्य अनुसन्धान परिषद् स्रोतले भन्यो, ‘त्यही भएर हामीले सकेसम्म यस किटको प्रयोग गर्न राम्रो नहुने सुझावसहितको रिपोर्ट बुझाएका छौँ।’ यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि परीक्षणको दायरा फराकिलो बनाउने भन्दै निजी स्वास्थ्य संस्थाबाट पनि आरडिटी परीक्षण गराउन मिल्ने गरि अन्तरिम निर्देशिका पास गरिसकेको छ।

    यहीबीचमा परिषद्ले आरडिटी परीक्षणको परिणाम ठीक नभएको रिपोर्ट बुझाएको हो। यसअघि सरकारले ओम्नी समूहमार्फत चीनबाट ७५ हजार किट खरिद गर्दा विवाद बढेपछि त्यसको प्रभावकारिता जाँच गर्न परिषद्लाई जिम्मा दिइएको थियो। आरडिटी किटबाट कोभिड–१९ परीक्षण विश्वका धेरै देशहरुले रोक लगाएका बेला नेपालमा पनि यसको विश्वासनीयतामा प्रश्न उठिरहेको छ। नतिजा नै धेरै जसो गलत दिने किट प्रयोग गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेका बेला परिषद् बोलेको हो। तर आलोचनाकाबीच मन्त्रिपरिषद्बाट निर्णय गराएर आरडिटी किटबाट कोरोना परीक्षण भइरहेको छ। यता मन्त्रालयले भने परिषद्ले बुझाएको उक्त प्रतिवेदन सार्वजनिक गर्न चाहेको छैन।

    मन्त्रालय स्रोतका अनुसार हाल अनुसन्धान परिषद्ले दिएको प्रतिवेदन आइसिएस कोअर्डिनेटर डा. गुणराज लोहोनीको टेवलमा रहेको बुझिएको छ। मन्त्रालय स्रोतले भन्यो, ‘उक्त प्रतिवेदन मन्त्रालयमा आइपुगेको सुनिएको छ तर त्यस विषयमा आजसम्म छलफल भएको छैनु नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक उच्च अधिकारीका अनुसार आरडिटी किटबाट अध्ययन, ‘अनुसन्धान गर्न मिल्ने भए पनि रोग परीक्षण र निदानको प्रक्रियामा प्रयोग गर्न नमिल्ने पाइएको छ। ती अधिकारीका अनुसार विश्व स्वास्थ्य संगठनको निर्देशन र परिषद्को निचोडअनुसार आरडिटी किट कोभिड–१९ को निदानमा प्रयोग गर्न नमिल्ने प्रतिवेदनमा स्पष्ट खुलाइएको छ। तर, समुदायमा ठूलो संख्यामा एकै पटक केसहरु भएमा मात्रै संक्रमित पत्ता लगाउन आरडिटी विधिमार्फत परीक्षण गर्न सकिने सुझाव दिइएको छ ।

    सरकारले आरडिटीमार्फत निजी क्षेत्रलाई कोरोना जाँच गर्न दिने तयारी गरेका बेला अनुसन्धानकर्ताहरुले त्यसो भएमा राज्यले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनीसमेत दिएका छन्। तर मन्त्रालयले भने सबै अस्पतालले परीक्षण गर्न पाउनुपर्ने भन्दै अनुमति दिन मातहतका निकायलाई दबाव दिन थालेको स्रोतले बताएको छ।

    आरडीटीले एक सय संक्रमितको जाँच गर्दा ५० जना मात्रै देखाउने गरेको छ। ५० जना समुदायमै छाड्दा समस्या देखिने गरेको निचोड स्वास्थ्य अनुसन्धान परिषद् गरेको अनुसन्धानले देखाएको छ। परिषद्ले १ सय ९६ जना नेगेटिभ र ४ जना पोजेटिभ गरी २ सय केस लिएर अनुसन्धान गरेको थियो। त्यसक्रममा १ सय ९६ जनालाई आरटी पिसिआर र आरडिटी दुवैले कोरोना नेगेटिभ देखायो। तर, पिसिआरले पोजेटिभ देखाएका ४ केसलाई भने आरडिटीले २ केस मात्रै पोजेटिभ देखाउन सकेको थियो। यता परिषद्ले अनुसन्धान गरेर दिएको रिपोर्ट गोप्य राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन लाख मानिसमा परीक्षण गर्न पुग्ने गरी आरडिटी किट किन्ने भएको छ।

    हालसम्म विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको र विश्वका कतिपय देशले समेत गुणस्तरमा प्रश्न उठाइरहेको आरडिटी किन पुन खरिद गर्न मन्त्रालय लागिपरहेको छ। थप १ लाख २५ हजार आरडिटी किट किन्न सरकारले पुनः प्रक्रिया सुरु गरिसकेको छ। आरडिटीको नतिजा र यसको प्रभावप्रति पश्न उठेका बेला आरडिटी खरिदमा लागेको भन्दै सरकारको आलोचनासमेत हुन थालेको छ।

    हालसम्म नेपालमा झण्डै १ लाख आरडिटी किटबाट कोरोना भाइरस शंकास्पदको नमुना परीक्षण गरिएको छ। तर यसको रिपोर्टप्रति सरकार नै विश्वस्त छैन। जसका कारण सरकारले पिसिआर विधिबाटै कोरोना परीक्षणलाई अन्तिम रुप दिइरहेको छ। थाहाखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.