राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा निजी मेडिकल सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गरेको छ। ती कलेज सञ्चालकले विद्यार्थी र अभिभावकबाट चार वर्षमा करिब ३ अबै रुपैयाँ ठगी गरेको केन्द्रको ठहर छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले स्थलगत छानबिनपछि तयार पारेको प्रतिवेदन विभागलाई उपलब्ध गराएको छ। यो खबर आजको कान्तिपुरमा बलराम बानियाँ र सुदीप कैनीले लेखेका छन्।
यी हुन् बढी शुल्क लिने १२ कलेज:
१. गण्डकी मेडिकल कलेज, पोखरा–४३ करोड
२. नोबेल मेडिकल कलेज, विराटनगर–३५.४७ करोड
३. लुम्बिनी मेडिकल कलेज, पाल्पा –३२.९६ करोड
४. युनिभर्सल मेडिकल कलेज, भैरहवा–३२.७२ करोड
५. नेशसनल मेडिकल कलेज, वीरगन्ज–३२.५५ करोड
६. काठमाडौं मेडिकल कलेज, सिनामंगल–२७.८१ करोड
७. नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज– २१.९१ करोड
८. विराट मेडिकल कलेज, विराटनगर–१९ करोड
९. कलेज अफ मेडिकल साइन्सेस, भरतपुर–१०.६१ करोड
१०. मनिपाल मेडिकल कलेज, पोखरा– १० करोड
११. किस्ट मेडिकल कलेज, ललितपुर–५.९९ करोड
१२. देवदह मेडिकल कलेज, रूपन्देही–३.८९ करोड