Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि २१ वटा दल निर्वाचन आयोगमा दल दर्ता

by नेपाल रिडर्स
September 18, 2019
- समाचार
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणको चुनावमा जनसहभागिता शान्तिपूर्ण , ६७ प्रतिशत मत खस्याेः निर्वाचन अायाेग
Share on FacebookShare on TwitterEmail

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ मसान्तसम्मको अवधि तोकेको थियो।

आयोगका सहसचिव एवं प्रवक्ता गिरिजा शर्माले मङ्गलबारसम्म आयोगमा २१ वटा राजनीतिक दलले उपनिर्वाचन प्रयोजनका लागि निवेदन दर्ता गराएको जानकारी दिए। विसं २०७४ सालको स्थानीय, प्रदेश र प्रतिनिधि निर्वाचन भएपछि एकीकरण भई वा गाभिई नयाँ नाममा दर्ता भएका दलले उपनिर्वाचनमा भाग लिन दल दर्ता हुनुपर्ने प्रावधान छ तर २०७४ को तीन तहको निर्वाचनमा आयोगमा दर्ता भएका राजनीतिक दलले उपनिर्वाचनका पुनः दर्ता गर्नु पर्दैन। आयोगमा राजनीतिक दल हेर्ने उपसचिव रुद्रप्रसाद सुवेदीका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ले पनि दल दर्ताको निवेदन दिएका छन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच २०७५ जेठ २३ मा औपचारिक रूपमा एकीकरण भई नयाँ दल बनेकाले आयोगमा पुनः दर्ता गर्नु परेको हो।

यसैगरी अर्को सत्तारुढ ‘समाजवादी पार्टी’ पनि उपनिर्वाचनका लागि दर्ता भएको छ। तत्कालीन सङ्घीय समाजवादी पार्टी, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच २०७६ साउन १७ गते एकीकरण भई नयाँ दल बनेको हो। यसैगरी मङ्गोल नेसनल अर्गनाइजेसन, मुस्कान सेना नेपाल पार्टी, साझा पार्टी, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), नेपाल लोकतान्त्रिक पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन्। यसैगरी नेपाल कम्युनिस्ट पार्टी संयुक्त, खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस बीपी, ग्रीन पार्टी नेपाल, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल र हाम्रो पार्टी छन्। विसं २०७४ को स्थानीय तह निर्वाचनमा ८० दल र प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा ९२ दल दर्ता भएका थिए।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

नेपालको इतिहास र राजनीतिबारे कमल कोइराला (श्रृंखला १)

3 months ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला १ (ग्वाटेमाला)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.