काठमाडौँ-गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेयता सत्तारुढ दल नेकपाभित्रै निरन्तर विरोधका कार्यक्रमहरु भइरहेका छन्। सुरक्षा निकायको तथ्यांकअनुसार प्रधानमन्त्री ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेयता त्यसको विरोधमा मंगलबारसम्म एक हजार पाँच सय १५ वटा कार्यक्रमहरु भएका छन्, प्रचण्ड-नेपालसहित विभिन्न समूहबाट। यस अवधिमा ओलीको पक्षमा केवल ८९ वटा कार्यक्रमहरु भएका छन्।
तथ्यांकअनुसार ओली निर्णयको विरोधमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा ३ सय ४६ वटा कार्यक्रम भएका छन्। काठमाडौँ उपत्यकामा २ सय ५९ वटा कार्यक्रमहरु भएका छन्।
प्रदेश-१ मा एक सय ९०, प्रदेश-२ मा एक सय ७८, बागमती प्रदेश(काठमाडौँ उपत्यकाबाहेक)मा ५, गण्डकी प्रदेशमा एक सय ३१, कर्णाली प्रदेशमा ४८ र सुदुर पश्चिम प्रदेशमा एक सय ८४ वटा विरोध कार्यक्रमहरु भएका छन्।
यसैगरि ओलीको पक्षमा प्रदेश-१ मा ११, प्रदेश-२ मा १०, बागमती प्रदेश(काठमाडौँ उपत्यकाबाहेक)मा ५, गण्डकी प्रदेशमा १८ , कर्णाली प्रदेशमा २र सुदुर पश्चिम प्रदेशमा १४ वटा कार्यक्रमहरु भएका छन्।
यसैगरी काठमाडौँ उपत्यकामा २९ वटा कार्यक्रम भएको सुरक्षा निकायको तथ्यांकले देखाउँछ।
समाचारः देशसञ्चार।