Tuesday, April 20, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

महात्मा गान्धीको भनाइ दोहोर्‍याउँदै प्रशान्त भूषणले अदालतमा भने- माफी माग्दिनँ, सजाय स्वीकार्छु

by पत्रपत्रिकाबाट
August 20, 2020
- समाचार
महात्मा गान्धीको भनाइ दोहोर्‍याउँदै प्रशान्त भूषणले अदालतमा भने- माफी माग्दिनँ, सजाय स्वीकार्छु
Share on FacebookShare on TwitterEmail

भारतको सर्वोच्च अदालतका विवादास्पद न्यायाधीश अरूण मिश्रले नेतृत्व गरेको तीन सदस्यीय इजलासले आज त्यहाँका प्रसिद्ध अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलनामा सजाय सुनाउने तय भएको थियो। त्यही उद्देश्यले शुरू भएको सुनुवाइमा भूषणले आफूले अदालत समक्ष माफी नमाग्ने बताउँदै मुद्दाको सुनवाइमा महात्मा गान्धीले व्यक्त गरेको विचारलाई दोहोर्याइदिए।

भूषणले अदालत समक्ष आफूले गरेका ट्वीटका लागि माफी नमाग्ने बताए। भने- ”राष्ट्रपिता महात्मा गान्धीले आफ्नो ट्रयायलमा व्यक्त गरेका धारणा यहाँ दोहोर्याउन चाहन्छु – म दया माग्दिनँ। सदासयताका लागि पनि याचना गर्दिनँ। अदालतले अपराधका लागि निर्धारण गर्ने जुनसुकै सजायलाई एउटा नागरिकको सर्वोच्च कर्तव्यको रूपमा प्रशन्नतापूर्वक स्वीकार्न आएको छु।’

भूषणले सर्वोच्च अदालत र त्यहाँका प्रधान्नयायाधीशको आलोचना गर्दै १३ र १५ असारमा गरेका दुई वटा ट्वीटका लागि भारतको सर्वोच्च अदालतले उनलाई ३० साउनमा दोषी ठहर्याएको थियो। त्यही मुद्दामा आज उनलाई सजाय निर्धारण गर्ने सुनुवाइ तय भएको थियो।

अदालतको अवहेलना सम्ब्नधी भारतीय कानूनअनुसार, ६ महीनासम्म कैद वा भारतीय रूपैयाँ दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ। भूषणले आफूलाई दोषी पाउने अदालतको ३० साउनको फैसलामाथि पुनरावलोकनको निवेदन दिने बताउँदै आज सजाय निर्धारण गर्न हुने सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए।

तर, अदालतले उनलाई दोषी पाउने फैसला पुनरावलोकन हुने भयो भने निर्धारण गरेको सजाय पनि त्यसैबखत पुनरावलोकन हुनसक्ने भन्दै सुनुवाइ स्थगित गर्न अस्वीकार गरेको थियो।त्यसपछि शुरू भएको सुनुवाइमा भूषणले महात्मा गान्धीले तत्कालीन ब्रिटिश सरकार नियन्त्रित अदालतलाई दिएको जस्तो चुनौति दिए। त्यसपछि न्यायाधीश मिश्रले भूषणलाई यस्तो बयान फिर्ता लिनका लागि दुई-तीन दिन समय दिने बताए। भूषणले त्यसलाई पनि अस्वीकार गरिदिए। उनले भने- ‘आफ्नो बयानबारे पुनर्विचार गर्न चाहन्न।’

आफूले सोचबिचार गरेरै त्यस्तो बयान दिएको भन्दै उनले केही दिनमा विचार परिवर्तन गर्ने सम्भावना नरहेको र त्यसले अदालतको समय मात्र खेर जाने बताए। यद्यपी अदालतले उनलाई सजाय निर्धारण नहोउञ्जेलका लागि वयानमा पुनर्विचार गर्ने समय दिएको छ।

महान्यायाधिवक्ताले पनि गरे भूषणको प्रतिरक्षा
आजको सुनुवाइमा अचम्मलाग्दो अवस्था त्यतिखेर आयो – जब भारतका महान्यायाधिवक्ता स्वयम्ले प्रशान्त भूषणलाई सजाय हुन नहुने तर्क गरे।महान्यायाधिवक्ता के के वेणुगोपालले सर्वोच्च अदालतसमक्ष भने- ‘प्रशान्त भूषणलाई पहिले नै दोषी देखाइसकिएको छ, अब त्यसमाथि उनलाई सजाय दिनु उपयुक्त हुँदैन्।’

वेणुगोपालले आफूसँग सर्वोच्च अदालतले लोकतन्त्रलाई असफल पारेको बताउने त्यहाँका पाँच जना न्यायाधीशको सूची भएको बताए। उनी त्यतिमै रोकिएनन् र भने- ‘मसँग पूर्व न्यायाधीशहरूको बयानको अंश छ, जसले भन्छन्- सर्वोच्च अदालतमा धेरै नै भ्रष्टाचार छ। तर, इजलासका न्यायाधीशहरूले महान्यायाधिवक्ता वेणुगोपाल समक्ष भने- हामीले तिम्रो अनुरोध त्यतिञ्जेल मान्न सक्दैनौं, जबसम्म भूषणले आफ्ना ट्वीटका लागि माफी माग्दैनन्। जबसम्म माफी नमाग्ने आफ्नो अडानमाथि पुनर्विचार गर्दैनन्।’ हिमालखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Discussion about this post

Facebook Twitter Youtube

© 2021 Nepal Readers

No Result
View All Result
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे

© 2021 Nepal Readers

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.