Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

महात्मा गान्धीको भनाइ दोहोर्‍याउँदै प्रशान्त भूषणले अदालतमा भने- माफी माग्दिनँ, सजाय स्वीकार्छु

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
भदौ ४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    भारतको सर्वोच्च अदालतका विवादास्पद न्यायाधीश अरूण मिश्रले नेतृत्व गरेको तीन सदस्यीय इजलासले आज त्यहाँका प्रसिद्ध अधिकारकर्मी प्रशान्त भूषणलाई अदालतको अवहेलनामा सजाय सुनाउने तय भएको थियो। त्यही उद्देश्यले शुरू भएको सुनुवाइमा भूषणले आफूले अदालत समक्ष माफी नमाग्ने बताउँदै मुद्दाको सुनवाइमा महात्मा गान्धीले व्यक्त गरेको विचारलाई दोहोर्याइदिए।

    भूषणले अदालत समक्ष आफूले गरेका ट्वीटका लागि माफी नमाग्ने बताए। भने- ”राष्ट्रपिता महात्मा गान्धीले आफ्नो ट्रयायलमा व्यक्त गरेका धारणा यहाँ दोहोर्याउन चाहन्छु – म दया माग्दिनँ। सदासयताका लागि पनि याचना गर्दिनँ। अदालतले अपराधका लागि निर्धारण गर्ने जुनसुकै सजायलाई एउटा नागरिकको सर्वोच्च कर्तव्यको रूपमा प्रशन्नतापूर्वक स्वीकार्न आएको छु।’

    भूषणले सर्वोच्च अदालत र त्यहाँका प्रधान्नयायाधीशको आलोचना गर्दै १३ र १५ असारमा गरेका दुई वटा ट्वीटका लागि भारतको सर्वोच्च अदालतले उनलाई ३० साउनमा दोषी ठहर्याएको थियो। त्यही मुद्दामा आज उनलाई सजाय निर्धारण गर्ने सुनुवाइ तय भएको थियो।

    अदालतको अवहेलना सम्ब्नधी भारतीय कानूनअनुसार, ६ महीनासम्म कैद वा भारतीय रूपैयाँ दुई हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ। भूषणले आफूलाई दोषी पाउने अदालतको ३० साउनको फैसलामाथि पुनरावलोकनको निवेदन दिने बताउँदै आज सजाय निर्धारण गर्न हुने सुनुवाइ स्थगित गर्न माग गर्दै निवेदन दिएका थिए।

    तर, अदालतले उनलाई दोषी पाउने फैसला पुनरावलोकन हुने भयो भने निर्धारण गरेको सजाय पनि त्यसैबखत पुनरावलोकन हुनसक्ने भन्दै सुनुवाइ स्थगित गर्न अस्वीकार गरेको थियो।त्यसपछि शुरू भएको सुनुवाइमा भूषणले महात्मा गान्धीले तत्कालीन ब्रिटिश सरकार नियन्त्रित अदालतलाई दिएको जस्तो चुनौति दिए। त्यसपछि न्यायाधीश मिश्रले भूषणलाई यस्तो बयान फिर्ता लिनका लागि दुई-तीन दिन समय दिने बताए। भूषणले त्यसलाई पनि अस्वीकार गरिदिए। उनले भने- ‘आफ्नो बयानबारे पुनर्विचार गर्न चाहन्न।’

    आफूले सोचबिचार गरेरै त्यस्तो बयान दिएको भन्दै उनले केही दिनमा विचार परिवर्तन गर्ने सम्भावना नरहेको र त्यसले अदालतको समय मात्र खेर जाने बताए। यद्यपी अदालतले उनलाई सजाय निर्धारण नहोउञ्जेलका लागि वयानमा पुनर्विचार गर्ने समय दिएको छ।

    महान्यायाधिवक्ताले पनि गरे भूषणको प्रतिरक्षा
    आजको सुनुवाइमा अचम्मलाग्दो अवस्था त्यतिखेर आयो – जब भारतका महान्यायाधिवक्ता स्वयम्ले प्रशान्त भूषणलाई सजाय हुन नहुने तर्क गरे।महान्यायाधिवक्ता के के वेणुगोपालले सर्वोच्च अदालतसमक्ष भने- ‘प्रशान्त भूषणलाई पहिले नै दोषी देखाइसकिएको छ, अब त्यसमाथि उनलाई सजाय दिनु उपयुक्त हुँदैन्।’

    वेणुगोपालले आफूसँग सर्वोच्च अदालतले लोकतन्त्रलाई असफल पारेको बताउने त्यहाँका पाँच जना न्यायाधीशको सूची भएको बताए। उनी त्यतिमै रोकिएनन् र भने- ‘मसँग पूर्व न्यायाधीशहरूको बयानको अंश छ, जसले भन्छन्- सर्वोच्च अदालतमा धेरै नै भ्रष्टाचार छ। तर, इजलासका न्यायाधीशहरूले महान्यायाधिवक्ता वेणुगोपाल समक्ष भने- हामीले तिम्रो अनुरोध त्यतिञ्जेल मान्न सक्दैनौं, जबसम्म भूषणले आफ्ना ट्वीटका लागि माफी माग्दैनन्। जबसम्म माफी नमाग्ने आफ्नो अडानमाथि पुनर्विचार गर्दैनन्।’ हिमालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.