Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
Saturday, March 14, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

रेसम चौधरीको मुद्दा माग बन्दा लक्ष्मण थारु अलपत्र

nepal_readers nepal_readers
फाल्गुन २८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा बहुमत पूर्याउने कसरतमा अहिले जनता समाजवादी पार्टीसँगको वार्तालाई तीव्र बनाइरहेका छन्।

    प्रारम्भमा अनौपचारिक संवाद अगाडि बढाइरहेका उनले बिहीबार भने जसपाका शीर्ष नेतालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर औपचारिक रूपमै वार्ता अगाडि बढाए।

    जसपाले संविधान संशोधन, मधेस र थरुहट आन्दोलनको माग सम्बोधन र जन्मकैद सजाय पाएर कारागारमा रहेका आफ्ना सांसद रेसम चौधरीको मुद्दा फिर्ताको माग अगाडि सारेको छ।

    वार्तामा सहभागी जसपाका नेता लक्ष्मणलाल कर्णले दिएको जानकारी अनुसार प्रधानमन्त्री जसपाको माग पुरा गर्न सकारात्मक देखिएका छन्।

    एमाले र जसपा मात्र सकारात्मक भएकै आधारमा संविधान संशोधन सम्भव छैन। मधेस र थरुहट आन्दोलनको माग पुरा हुनुपर्ने जसपाको राजनीतिक मुद्दा मात्र हो।

    तीन माग अगाडि सारिए पनि जसपाले मुख्य मागको रूपमा थारुको मुद्दा फिर्तालाई नै प्रमुख माग बनाएको प्रस्टै देखिन्छ। अहिले चौधरीलाई भएको जन्मकैदको सजायको फैसला उच्च अदालतबाट समेत सदर भएर सर्वोच्चमा विचाराधीन छ।

    यदि एमाले र जसपाविच सत्ता साझेदारी भएको अवस्थामा मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपतिले चौधरीको बाँकी सजाय मिनाहा गराएर जेलमुक्त गर्न सक्ने कानुनी आधार पनि छन्।

    थारुलाई जन्मकैद भएको टिकापुरको घटनामा जन्मकैद पाउने उनी एक्ला हैनन्। उनीसँगै अर्का थरुहट नेता लक्ष्मण थारुको कैद सजाय उल्टिएर जन्मकैद बनिसकेको छ।

    थारुलाई जिल्ला अदालतले तीन वर्षको कैद सजाय सुनाएको थियो। उनले सो कैद भुक्तान गरेर मुक्त भइसकेको अवस्थामा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई पनि जन्मकैद सुनाएको थियो।

    थरुहट आन्दोलनको क्रममा टिकापुरमा नेपाल प्रहरीका तत्कालीन एसपी लक्ष्मण न्यौपाने सहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए। उनीहरूको हत्या आरोपमा जेलमा रहेकामध्ये जसपाले आफ्नो सांसद चौधरीको मुद्दा फिर्ताको लबिङलाई जोड दिइरहेको छ। उसले अहिलेसम्म लक्ष्मण थारुको मुद्दा फिर्ताबारे केही बोलेको छैन।

    अस्थिर थारु

    माओवादी विद्रोहमा सहभागी भएर भूमिगत भएका उनी माओवादी शान्तिपूर्ण आन्दोलनमा आएसँगै स्वायत्त थारुवान् आन्दोलनलाई अगाडि बढाएर चर्चामा आएका थिए। थरुहट क्षेत्रमा उनी लोकप्रिय नेताका रूपमा अगाडि बढे पनि राजनीतिक यात्रामा उनी एकै ठाउँमा अडिन सकेनन्।

    कहिले उनी मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य बन्न पुगे, कहिले थारुवान् राष्ट्रिय मोर्चा गठन गरे। उनी थरुहट–थारुवान् राष्ट्रिय मोर्चाका संयोजक बने।

    उनी मधेसी जनअधिकार फोरममा समेत सहभागी भएका थिए। टिकापुर घटनामा पक्राउ परेपछि उनी २०७४ को संसदीय निर्वाचनमा कारागारभित्रबाट कैलाली पाँचबाट तत्कालीन राष्ट्रिय जनता पार्टीको नाममा उम्मेदवार बने र, पराजित भए।

    रेसमको रिहाइ माग्दै अमरण अनशन

    तीन वर्ष कैद भुक्तान गरेर उनी रिहा भएपछि कारागारमा रहेका रेसम चौधरीको रिहाइको माग गर्दै उनी अनशनमा बसेका थिए। त्यो बेला चौधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए। २०७४ को निर्वाचनपछि एमाले र माओवादी केन्द्रको सरकार बनेपछि तत्कालीन राष्ट्रिय जनता पार्टीले ओली सरकारलाई समर्थन गरेको थियो। समर्थनको मुद्रामा चौधरीको रिहाइलगायतका माग थिए। राजपाको दबाबले हिरासतमै रहे पनि चौधरी सिंहदरबार गएर सांसदको शपथ लिन सफल भएका थिए।

    मुद्दाको फैसला आउँदा जन्मकैद भयो। उच्च अदालतमा पुनरावेदन जाँदा जन्मकैद सदर भएपछि तत्कालीन राजपाले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।-उकेरा

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.