भारतले अतिक्रण गरेको पश्चिमी सिमानाको नेपाली भूमि फिर्ता ल्याउन संघीय संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ।प्रतिनिधिसभाका ६ जना सांसदहरुले आइतवार उक्त संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।
संकल्प प्रस्ताव दर्ता गराउने सांसदहरुमा गणेश ठगुन्ना, डा.दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटी छन् । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गरिएको उनीहरुले बताएका छन् ।
संकल्प प्रस्तावमा भारतले अतिक्रमण गरेको भूभाग ऐतिहासिक तथ्य, प्रमाण, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साहरुले प्रमाणित गरेको उल्लेख छ। आइतबारै सांसद खगराज अधिकारीले पनि सोही विषयमा छुट्टै संकल्प प्रस्ताव दर्ता गराएका छन् ।