Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सरकारको काम गर्ने शैलीलाई हेर्दा सन्तुष्ट हुने ठाउँ छैन: राम कार्की

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ६, २०७६
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार स्थापना भएको पनि एक वर्ष पूरा भएको छ।यो एक वर्षमा सरकारले गरेका काम कारबाहीहरू हेरेर भावी चार वर्षमा सरकारले के गरिभ्याउला त भन्ने लख काट्न सकिन्छ।

    स्वयम् सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्रीले पनि यो एक वर्षलाई आधार तयार भएको वर्षको रूपमा प्रस्तुत गर्नुभएको छ।सरकारको समीक्षा गर्ने सन्दर्भमा हामी के कस्तो मूल्याङ्कन विधि, प्रक्रिया अवलम्बन गर्छौँ, त्यसले पनि मूल्याङ्कनमा असर पार्दछ।

    जनताको ओज, आँत र ओत
    मूल रूपमा नेपाली समाज बहुवर्गीय अर्थात् सामाजिक आर्थिक रूपमा विभिन्न अखटोमा विभाजित भएकाले फरकफरक अखटोबाट हेर्दा सरकारको काम फरकफरक देखिनु पनि स्वाभाविक नै हो।सरकारको मूल्याङ्कन गर्ने सन्दर्भमा बहुसङ्ख्यक नेपालीले अनुभव गर्ने सजिलो अप्ठेरोलाई नै आधार बनाउनु मनासिब हुन्छ ।

    यो कुरामा करिबकरिब मतैक्य नै छ कि व्यक्ति र समाजले स्वतन्त्र र खुसी अनुभव गर्नु नै विकासको मूल सार हो।उदार प्रजातन्त्रका हिमायतीहरू व्यक्तिबाट समाजतिर जान्छन् भने यो सरकारका हामी कर्णधारहरूले समाज स्वतन्त्र र खुसी रहँदा व्यक्ति पनि स्वतन्त्र र खुसी रहन्छ भन्ने मान्यतामा आधारित रहेर आफ्नो राजनीतिक नारा तय गरेका थियौँ।

    सरकार सञ्चालन गर्ने पार्टीको वैचारिक आधारशीला मार्क्सवाद भएकोले मार्क्सवादी दृष्टिकोणबाटै यो सरकारको समीक्षा गर्नु सबभन्दा बढी उपयुक्त हुनेछ।जहाँ अङ्क र आँकडा भन्दा जनताको ओज, आँत र ओतलाई विकासको सूचक मानिन्छ। त्यसरी हेर्दा सरकारको गठन प्रक्रिया, नीति निर्माण तथा कार्यक्रम तय गर्दा समाजवादी ढाँचा, काइदालाई खासै वास्ता गरेको पाइएन।

    समाजवाद बाहेकका विचारधारा र राजनीतिले जनतालाई प्रत्येक पाँच वर्षमा एकपटक मत जाहेर गर्ने औजारको रूपमा मात्र बुझ्छ।तर समाजवादीहरू ज्ञान, शक्तिको स्रोत जनता र जनताको व्यवहारलाई मान्छन्।

    सरकारको निर्माण अभूतपूर्व
    त्यसैले नीतिनिर्माणमा जनतालाई सामेल गराउनै पर्दछ भन्ने समाजवादीहरूको दृढ मत रहेको छ।सामाजिक जीवनको हरेक गतिविधिमा बहुसङ्ख्यक जनतालाई सहभागी बनाउनु समाजवादीहरूको ध्येय हुन्छ। त्यसबाट आर्जित शक्तिले नै समाजवादको बाटो तय गर्छ।

    यो सरकार गठन भएपछि सरकारका नीति र कार्यक्रम तर्जुमा गर्ने बेलामा सांसदहरू बेखबर रहेको तथ्यले नीति निर्माण र कार्यक्रम तर्जुमा गर्ने विधि, पद्धति र सोचमा समाजवादको नयाँ बाटो होइन यसअघिको विधि, पद्धति र सोचको निरन्तरता देखियो ।सम्भवतः इतिहासमै पहिलो पटक संसारको यो भागमा निर्वाचनद्वारा लोकप्रिय मत पाएर कम्युनिस्ट पार्टीले एउटा देशमा सरकार सञ्चालन गर्दै छ। यो र योबाहेक कतिपय दृष्टिले यो सरकारको निर्माण अभूतपूर्व रह्यो।

    स्वाभाविक नै हो यसले सबै तहका जनतामा सुखद आशा र प्रगतिको आकाङ्क्षा जन्मायो।तर सरकार निर्माणपछि नीति र काम कारबाहीमा अतीतको परम्परासँग विच्छेद गरेर जनताप्रति उत्तरदायी नयाँ परम्पराको सुरुवात गरेको पाइएन।अब हामी सङ्क्षिप्तमा केही बुँदाहरूमा नै सरकारको काममा कसी लगाउने प्रयास गरौँ।

    शिक्षाको क्षेत्र
    शारीरिक श्रमलाई तुच्छ मान्ने र जातीय विभाजनलाई यथावत् राख्ने, विकसित देशको पीआर (स्थायी बसोबास अनुमतिपत्र) पाउँदा भोज खाने/खुवाउने विद्यमान शिक्षा सम्बन्धी सोचमा गुणात्मक परिवर्तन ल्याउने हिसाबले शिक्षा नीतिको निर्माण गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीबाट जोगिँदै पुरानै शिक्षा सम्बन्धी सोच र प्रणालीलाई निरन्तरता दिइयो।नीति बनाउने तहमा रहेकाहरूलाई शिक्षाको व्यापारमा सहभागी बन्नबाट वञ्चित गर्नेसम्मको प्रावधान पनि बन्न सकेन।

    स्वास्थ्यको क्षेत्र
    शिक्षा र स्वास्थ्य नै त्यस्ता ब्यारोमिटर हुन, जसले तेस्रो विश्वमा परिवर्तनको झलक प्रदान गर्छन्।’जनभाषा’मा स्वास्थ्य शरीर हो शिक्षा मष्तिष्क हो।यी दुई क्षेत्रमा आत्मनिर्भर र मौलिक बन्न नसके देशको प्रगति नहुने कुरा किटानीका साथ भन्न सकिन्छ।

    स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउनेसम्मको विधान बनेको छ, तर नीतिनिर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीति र कर्मचारीतन्त्रमा उपल्ला तहमा रहेकाहरू नै शिक्षा र स्वास्थ्यको व्यापारमा संलग्न रहुन्जेल स्वास्थ्यमा सुधार ल्याउने यो सिद्धान्त व्यवहारमै अनुवाद हुने कुरा शङ्काको घेराभित्र छ।

    सङ्घीयता कार्यान्वयनको क्षेत्र
    हिजो सिंहदरबारले उपभोग गरिरहेको प्रशासनिक, वित्तीय र राजनीतिक अधिकार गाउँटोलसम्म प्रत्यायोजित होओस्, नीतिनिर्माण र विकासका काम नोकरशाहीको जालोमा अड्किनु नपरोस्, सुकुल र चौतारीमा बसेरै जनताको सहभागितामा महत्त्वपूर्ण निर्णयहरू पारित हुन सकून्, भन्ने उद्देश्यसहित लागु हुँदै गएको सङ्घीयता क्रमशः बोझिलो र महँगो साबित हुँदै गएको छ।

    सिंहदरबारका मन्त्रीले उपभोग गरेको सेवा र सुविधा (व्यक्तिपिच्छे आयातित फर्निचर सहितको कार्यालय, आयातित गाडीहरू) हरेक तहमा निर्वाचित जनप्रतिनिधिले उपभोग गर्न खोज्ने आर्थिक सुरक्षा मुख बाएर आउँदै गरेको देखिन्छ।

    यो एक वर्षमा आवश्यक नियम र कानुनहरू बनाउने दिशामा सरकारले प्रशंसायोग्य काम गरेको छ।तर विभिन्न तहमा विनियोजित बजेटको दुरुपयोगलाई रोक्ने जनअनुमोदित संयन्त्र निर्माण गर्न नसके केही वर्षभित्रमा नै सङ्घीयता मुखमा पर्न गएको तातो दूध साबित हुनेछ।

    कृषि र भूमिसुधारको क्षेत्र
    नेपालमा भूमिको स्वास्थ्य र स्तर उन्नतिको निम्ति मल्लकालपछि सरकारले बिल्कुल ध्यान नै दिएको छैन भन्ने केही अध्येताहरूको दाबी छ।आज पनि जनसङ्ख्याको ठूलो भाग कृषिमा आश्रित छ र कृषिले थाम्न नसकेकाहरू रोजगारीका निम्ति बाहिरिएका छन्।युवाको ठूलो हिस्सा विदेशिएकै स्थितिमा नेपाल समृद्ध बनाउने कुरा मजाक बाहेक केही हुँदैन।

    वित्तपुँजीलाई निगमन गरेर कृषिलाई उद्योगमा रूपान्तरण गर्न पुँजीको विन्यास गर्न सक्यो भने रोजगारीहरू सृष्टि हुनेछन्।पाँच वर्षभित्रमा हामी यति रोजगार नेपालमा सिर्जना गर्नेछौँ भन्ने ठोस योजना र नीति अझै बनिरहेको छैन।

    सामान्यतः समाजमा अशान्ति, अन्याय र अराजकता नहोस् छिटफुट भएका त्यस्ता घटनालाई सुरक्षा संयन्त्रले समयमै नियन्त्रण गरोस्, अदालत लगायत संवैधानिक निकायहरूप्रति जनताको भरोसा होस्, संवैधानिक निकायहरू आफ्नो मर्यादामा चल्न सकून्, सञ्चार गृहहरू व्यापार केन्द्रमा सीमित नबनेर जनताको अन्तस्करणलाई वाणी दिने सेवा केन्द्र बनून्।

    राम्रो सरकार त्यसैलाई भनिन्छ जसले माथि भनेको स्थिति सिर्जना गर्न सकोस्। अहिलेसम्म बन्दै भत्किँदै गरेका पुराना सरकारसँग तुलना गर्दा वर्तमान सरकार राम्रै प्रतीत हुन्छ। तर यो सरकार बनाउने अभियानमा जुटेका खटेका श्रमजीवी जनताले साँचेको आकाङ्क्षासँग सरकारले तय गरेको प्राथमिकता र काम गर्ने शैलीलाई हेर्दा सन्तुष्ट हुने ठाउँ छैन।आफ्नै पार्टीको सरकार भएको हुनाले मेरो यो लेखलाई आत्मसमीक्षाको रूपमा बुझ्दा उचित हुनेछ।

    यो सरकारको नीति र कार्यक्रम बाहिर आउनासाथ नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवाद भन्ने ‘थोत्रो’ विचार र ‘नीति’बाट मुक्त गरेर बजार अर्थतन्त्रको जुवामुनि जोत्न ल्याउने वैश्वीकरण र बजार अर्थतन्त्रका नेपाली प्रणेताहरूले रिपोर्ट कार्डमा राम्रै अङ्क चढाएको देख्नासाथ अझै पनि समाजवादी मूल्य र मान्यता बोकेर हिँड्नेहरूको मनमा झस्को पसेको थियो।

    नयाँ पात्रको उदय
    दिन बित्दै जाँदा कम्युनिस्ट पार्टीको सरकार भएको देशमा कर्पोरेट हाउसहरूले मार्क्सवादीहरूलाई गिज्याउने परिस्थिति तयार भएको छ।यो एक वर्षबाट शिक्षा लिएर हामीले आगामी चार वर्षको निम्ति हाम्रो नीति र कार्यक्रम निर्माणको तौरतरिका, काम गर्ने शैली आदिलाई समाजवादतर्फ केन्द्रित गर्‍यौँ भने समाजवादको निर्माण गर्ने प्रयास गरेको ठहरिने छ।

    दलाल र नोकरशाही पुँजीपतिसँगको न्यानो समृद्ध कोखिलाबाट बाहिर आएर राष्ट्रिय पुँजीको निर्माण गर्न जुट्यौँ भने भावी पिँढीले समाजवादको लामो बाटो तय गर्नेछन्।अन्यथा सन्तानलाई बाहिर पठाई भ्याएका दलाल र नोकरशाह पुँजीपतिहरूले जीवनको उतरार्ध पश्चिम युरोप, अमेरिका र अस्ट्रेलियामा नातिनातिना खेलाएर बिताउनेछन्।

    अझै केही समय बहुसङ्ख्यक नेपालीहरू शोषण र अभावको चक्रमा निस्सासिँदै आँसु पिएर जीवन धान्न बाध्य हुनेछन्।तर प्रत्येक दश वर्षमा आन्दोलन हाँक्न समर्थ र बलिदानका निम्ति तत्पर सन्तानहरू जन्माउने नेपाल आमा बाँझी भएकी छैनन्।

    त्यसैले ढुक्कसाथ भन्न सकिन्छ उन्नत नेपाल निर्माण गर्ने यो अभूतपूर्व अवसर हामीले गुमायौँ भने रथमा हामीभन्दा उन्नत, साहसी, धैर्यवान्, विवेकी र मातृभूमिका प्यारा पात्रहरू आउनेछन् र तिनले हामीलाई कुल्चँदै आफ्नो रथ अगाडि बढाउने छन्। राम कार्की ‘पार्थ’/बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.