Friday, August 12, 2022
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » सरकारको काम गर्ने शैलीलाई हेर्दा सन्तुष्ट हुने ठाउँ छैन: राम कार्की

सरकारको काम गर्ने शैलीलाई हेर्दा सन्तुष्ट हुने ठाउँ छैन: राम कार्की

पत्रपत्रिकाबाट by पत्रपत्रिकाबाट
February 18, 2020
- यो हप्ता, समाचार
A A
1.1k
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार स्थापना भएको पनि एक वर्ष पूरा भएको छ।यो एक वर्षमा सरकारले गरेका काम कारबाहीहरू हेरेर भावी चार वर्षमा सरकारले के गरिभ्याउला त भन्ने लख काट्न सकिन्छ।

स्वयम् सरकारको नेतृत्व गरिरहनु भएका प्रधानमन्त्रीले पनि यो एक वर्षलाई आधार तयार भएको वर्षको रूपमा प्रस्तुत गर्नुभएको छ।सरकारको समीक्षा गर्ने सन्दर्भमा हामी के कस्तो मूल्याङ्कन विधि, प्रक्रिया अवलम्बन गर्छौँ, त्यसले पनि मूल्याङ्कनमा असर पार्दछ।

जनताको ओज, आँत र ओत
मूल रूपमा नेपाली समाज बहुवर्गीय अर्थात् सामाजिक आर्थिक रूपमा विभिन्न अखटोमा विभाजित भएकाले फरकफरक अखटोबाट हेर्दा सरकारको काम फरकफरक देखिनु पनि स्वाभाविक नै हो।सरकारको मूल्याङ्कन गर्ने सन्दर्भमा बहुसङ्ख्यक नेपालीले अनुभव गर्ने सजिलो अप्ठेरोलाई नै आधार बनाउनु मनासिब हुन्छ ।

यो कुरामा करिबकरिब मतैक्य नै छ कि व्यक्ति र समाजले स्वतन्त्र र खुसी अनुभव गर्नु नै विकासको मूल सार हो।उदार प्रजातन्त्रका हिमायतीहरू व्यक्तिबाट समाजतिर जान्छन् भने यो सरकारका हामी कर्णधारहरूले समाज स्वतन्त्र र खुसी रहँदा व्यक्ति पनि स्वतन्त्र र खुसी रहन्छ भन्ने मान्यतामा आधारित रहेर आफ्नो राजनीतिक नारा तय गरेका थियौँ।

सरकार सञ्चालन गर्ने पार्टीको वैचारिक आधारशीला मार्क्सवाद भएकोले मार्क्सवादी दृष्टिकोणबाटै यो सरकारको समीक्षा गर्नु सबभन्दा बढी उपयुक्त हुनेछ।जहाँ अङ्क र आँकडा भन्दा जनताको ओज, आँत र ओतलाई विकासको सूचक मानिन्छ। त्यसरी हेर्दा सरकारको गठन प्रक्रिया, नीति निर्माण तथा कार्यक्रम तय गर्दा समाजवादी ढाँचा, काइदालाई खासै वास्ता गरेको पाइएन।

समाजवाद बाहेकका विचारधारा र राजनीतिले जनतालाई प्रत्येक पाँच वर्षमा एकपटक मत जाहेर गर्ने औजारको रूपमा मात्र बुझ्छ।तर समाजवादीहरू ज्ञान, शक्तिको स्रोत जनता र जनताको व्यवहारलाई मान्छन्।

RelatedPosts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

August 11, 2022
वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

August 10, 2022
बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

August 8, 2022
स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

August 7, 2022

सरकारको निर्माण अभूतपूर्व
त्यसैले नीतिनिर्माणमा जनतालाई सामेल गराउनै पर्दछ भन्ने समाजवादीहरूको दृढ मत रहेको छ।सामाजिक जीवनको हरेक गतिविधिमा बहुसङ्ख्यक जनतालाई सहभागी बनाउनु समाजवादीहरूको ध्येय हुन्छ। त्यसबाट आर्जित शक्तिले नै समाजवादको बाटो तय गर्छ।

यो सरकार गठन भएपछि सरकारका नीति र कार्यक्रम तर्जुमा गर्ने बेलामा सांसदहरू बेखबर रहेको तथ्यले नीति निर्माण र कार्यक्रम तर्जुमा गर्ने विधि, पद्धति र सोचमा समाजवादको नयाँ बाटो होइन यसअघिको विधि, पद्धति र सोचको निरन्तरता देखियो ।सम्भवतः इतिहासमै पहिलो पटक संसारको यो भागमा निर्वाचनद्वारा लोकप्रिय मत पाएर कम्युनिस्ट पार्टीले एउटा देशमा सरकार सञ्चालन गर्दै छ। यो र योबाहेक कतिपय दृष्टिले यो सरकारको निर्माण अभूतपूर्व रह्यो।

स्वाभाविक नै हो यसले सबै तहका जनतामा सुखद आशा र प्रगतिको आकाङ्क्षा जन्मायो।तर सरकार निर्माणपछि नीति र काम कारबाहीमा अतीतको परम्परासँग विच्छेद गरेर जनताप्रति उत्तरदायी नयाँ परम्पराको सुरुवात गरेको पाइएन।अब हामी सङ्क्षिप्तमा केही बुँदाहरूमा नै सरकारको काममा कसी लगाउने प्रयास गरौँ।

शिक्षाको क्षेत्र
शारीरिक श्रमलाई तुच्छ मान्ने र जातीय विभाजनलाई यथावत् राख्ने, विकसित देशको पीआर (स्थायी बसोबास अनुमतिपत्र) पाउँदा भोज खाने/खुवाउने विद्यमान शिक्षा सम्बन्धी सोचमा गुणात्मक परिवर्तन ल्याउने हिसाबले शिक्षा नीतिको निर्माण गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीबाट जोगिँदै पुरानै शिक्षा सम्बन्धी सोच र प्रणालीलाई निरन्तरता दिइयो।नीति बनाउने तहमा रहेकाहरूलाई शिक्षाको व्यापारमा सहभागी बन्नबाट वञ्चित गर्नेसम्मको प्रावधान पनि बन्न सकेन।

स्वास्थ्यको क्षेत्र
शिक्षा र स्वास्थ्य नै त्यस्ता ब्यारोमिटर हुन, जसले तेस्रो विश्वमा परिवर्तनको झलक प्रदान गर्छन्।’जनभाषा’मा स्वास्थ्य शरीर हो शिक्षा मष्तिष्क हो।यी दुई क्षेत्रमा आत्मनिर्भर र मौलिक बन्न नसके देशको प्रगति नहुने कुरा किटानीका साथ भन्न सकिन्छ।

स्वास्थ्यको क्षेत्रमा सुधार ल्याउनेसम्मको विधान बनेको छ, तर नीतिनिर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राजनीति र कर्मचारीतन्त्रमा उपल्ला तहमा रहेकाहरू नै शिक्षा र स्वास्थ्यको व्यापारमा संलग्न रहुन्जेल स्वास्थ्यमा सुधार ल्याउने यो सिद्धान्त व्यवहारमै अनुवाद हुने कुरा शङ्काको घेराभित्र छ।

सङ्घीयता कार्यान्वयनको क्षेत्र
हिजो सिंहदरबारले उपभोग गरिरहेको प्रशासनिक, वित्तीय र राजनीतिक अधिकार गाउँटोलसम्म प्रत्यायोजित होओस्, नीतिनिर्माण र विकासका काम नोकरशाहीको जालोमा अड्किनु नपरोस्, सुकुल र चौतारीमा बसेरै जनताको सहभागितामा महत्त्वपूर्ण निर्णयहरू पारित हुन सकून्, भन्ने उद्देश्यसहित लागु हुँदै गएको सङ्घीयता क्रमशः बोझिलो र महँगो साबित हुँदै गएको छ।

सिंहदरबारका मन्त्रीले उपभोग गरेको सेवा र सुविधा (व्यक्तिपिच्छे आयातित फर्निचर सहितको कार्यालय, आयातित गाडीहरू) हरेक तहमा निर्वाचित जनप्रतिनिधिले उपभोग गर्न खोज्ने आर्थिक सुरक्षा मुख बाएर आउँदै गरेको देखिन्छ।

यो एक वर्षमा आवश्यक नियम र कानुनहरू बनाउने दिशामा सरकारले प्रशंसायोग्य काम गरेको छ।तर विभिन्न तहमा विनियोजित बजेटको दुरुपयोगलाई रोक्ने जनअनुमोदित संयन्त्र निर्माण गर्न नसके केही वर्षभित्रमा नै सङ्घीयता मुखमा पर्न गएको तातो दूध साबित हुनेछ।

कृषि र भूमिसुधारको क्षेत्र
नेपालमा भूमिको स्वास्थ्य र स्तर उन्नतिको निम्ति मल्लकालपछि सरकारले बिल्कुल ध्यान नै दिएको छैन भन्ने केही अध्येताहरूको दाबी छ।आज पनि जनसङ्ख्याको ठूलो भाग कृषिमा आश्रित छ र कृषिले थाम्न नसकेकाहरू रोजगारीका निम्ति बाहिरिएका छन्।युवाको ठूलो हिस्सा विदेशिएकै स्थितिमा नेपाल समृद्ध बनाउने कुरा मजाक बाहेक केही हुँदैन।

वित्तपुँजीलाई निगमन गरेर कृषिलाई उद्योगमा रूपान्तरण गर्न पुँजीको विन्यास गर्न सक्यो भने रोजगारीहरू सृष्टि हुनेछन्।पाँच वर्षभित्रमा हामी यति रोजगार नेपालमा सिर्जना गर्नेछौँ भन्ने ठोस योजना र नीति अझै बनिरहेको छैन।

सामान्यतः समाजमा अशान्ति, अन्याय र अराजकता नहोस् छिटफुट भएका त्यस्ता घटनालाई सुरक्षा संयन्त्रले समयमै नियन्त्रण गरोस्, अदालत लगायत संवैधानिक निकायहरूप्रति जनताको भरोसा होस्, संवैधानिक निकायहरू आफ्नो मर्यादामा चल्न सकून्, सञ्चार गृहहरू व्यापार केन्द्रमा सीमित नबनेर जनताको अन्तस्करणलाई वाणी दिने सेवा केन्द्र बनून्।

राम्रो सरकार त्यसैलाई भनिन्छ जसले माथि भनेको स्थिति सिर्जना गर्न सकोस्। अहिलेसम्म बन्दै भत्किँदै गरेका पुराना सरकारसँग तुलना गर्दा वर्तमान सरकार राम्रै प्रतीत हुन्छ। तर यो सरकार बनाउने अभियानमा जुटेका खटेका श्रमजीवी जनताले साँचेको आकाङ्क्षासँग सरकारले तय गरेको प्राथमिकता र काम गर्ने शैलीलाई हेर्दा सन्तुष्ट हुने ठाउँ छैन।आफ्नै पार्टीको सरकार भएको हुनाले मेरो यो लेखलाई आत्मसमीक्षाको रूपमा बुझ्दा उचित हुनेछ।

यो सरकारको नीति र कार्यक्रम बाहिर आउनासाथ नेपाली कांग्रेसलाई प्रजातान्त्रिक समाजवाद भन्ने ‘थोत्रो’ विचार र ‘नीति’बाट मुक्त गरेर बजार अर्थतन्त्रको जुवामुनि जोत्न ल्याउने वैश्वीकरण र बजार अर्थतन्त्रका नेपाली प्रणेताहरूले रिपोर्ट कार्डमा राम्रै अङ्क चढाएको देख्नासाथ अझै पनि समाजवादी मूल्य र मान्यता बोकेर हिँड्नेहरूको मनमा झस्को पसेको थियो।

नयाँ पात्रको उदय
दिन बित्दै जाँदा कम्युनिस्ट पार्टीको सरकार भएको देशमा कर्पोरेट हाउसहरूले मार्क्सवादीहरूलाई गिज्याउने परिस्थिति तयार भएको छ।यो एक वर्षबाट शिक्षा लिएर हामीले आगामी चार वर्षको निम्ति हाम्रो नीति र कार्यक्रम निर्माणको तौरतरिका, काम गर्ने शैली आदिलाई समाजवादतर्फ केन्द्रित गर्‍यौँ भने समाजवादको निर्माण गर्ने प्रयास गरेको ठहरिने छ।

दलाल र नोकरशाही पुँजीपतिसँगको न्यानो समृद्ध कोखिलाबाट बाहिर आएर राष्ट्रिय पुँजीको निर्माण गर्न जुट्यौँ भने भावी पिँढीले समाजवादको लामो बाटो तय गर्नेछन्।अन्यथा सन्तानलाई बाहिर पठाई भ्याएका दलाल र नोकरशाह पुँजीपतिहरूले जीवनको उतरार्ध पश्चिम युरोप, अमेरिका र अस्ट्रेलियामा नातिनातिना खेलाएर बिताउनेछन्।

अझै केही समय बहुसङ्ख्यक नेपालीहरू शोषण र अभावको चक्रमा निस्सासिँदै आँसु पिएर जीवन धान्न बाध्य हुनेछन्।तर प्रत्येक दश वर्षमा आन्दोलन हाँक्न समर्थ र बलिदानका निम्ति तत्पर सन्तानहरू जन्माउने नेपाल आमा बाँझी भएकी छैनन्।

त्यसैले ढुक्कसाथ भन्न सकिन्छ उन्नत नेपाल निर्माण गर्ने यो अभूतपूर्व अवसर हामीले गुमायौँ भने रथमा हामीभन्दा उन्नत, साहसी, धैर्यवान्, विवेकी र मातृभूमिका प्यारा पात्रहरू आउनेछन् र तिनले हामीलाई कुल्चँदै आफ्नो रथ अगाडि बढाउने छन्। राम कार्की ‘पार्थ’/बीबीसी

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Related Posts

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

अमेरिकी उक्साहटको उपज ताइवान समस्या

by हिरण्यलाल श्रेष्ठ
August 11, 2022

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले एउटा तरंग सिर्जना गरेको छ। राष्ट्रपति जो बाइडेनले पेलोसीको यो भ्रमण अमेरिकाको...

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

वर्ण व्यवस्थाले बनाएको वर्गलाई हल गर्न कुन मार्क्सवाद प्रयोग गर्ने?

by भूपाल राई
August 10, 2022

म कवि हुँ, कविता लेख्छु । यहाँ हामी ठूला–ठूला कुराहरू, मार्क्स-लेनिनका कुराहरू गर्छौं, ठूला–ठूला जार्गनहरू प्रयोग गर्छौं। तर, म कवि...

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

बाउलाई काटेर सत्ता हत्याउने समाजमा सजिलै पार्टी नेतृत्व फेर्न सकिँदैन

by राम कार्की 'पार्थ'
August 8, 2022

हरेक आन्दोलन र क्रान्तिले नयाँ पदावलीहरू सिर्जना गर्छन्। भइरहेकै पदावलीलाई पनि क्रान्तिले नयाँ अर्थ दिन सक्छ। यदि आन्दोलन र क्रान्तिले...

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

स्थानीय निर्वाचनको मत विश्लेषण : संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३सिट !

by nepal_readers
August 7, 2022

आउँदो मंसीर ४ गतेका लागि सरकारले संघ तथा प्रदेशको चुनाव घोषणा गरेको छ। चुनावी सरगर्मी बढ्दै गर्दा आउँदो संघीय सरकार...

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

आफूलाई मार्क्सवादी–लेनिनवादी भन्ने, लेनिनवाद नमान्ने?

by रोशन जनकपुरी
August 5, 2022

पञ्चायतकालमा काठमाडौँमा हातहतियारको चर्चा भइरहेको थियो, तराईका कम्युनिष्टहरूले भरुवा बन्दुक लिएर आलीको पछाडिबाट प्रहरीविरुद्ध फाइरिङ गरिरहेका थिए। नेपाली कम्युनिष्ट आन्दोलमा...

के युरोप जीवित रहला ?

के युरोप जीवित रहला ?

by nepal_readers
August 3, 2022

-पाओलो गेर्बाउडो- आजका दिनमा आइपरेको संकटका कारण, विगत केही दशकका मान्यताहरूलाई तोड्दै राज्य पुनर्जीवित भएको छ। यो अझै जागा हुँदै...

Recommended

‘शिक्षा प्रतिवद्धता पत्र’माथि केही प्रश्नहरु

‘शिक्षा प्रतिवद्धता पत्र’माथि केही प्रश्नहरु

6 years ago
आउनुहोस्, ‘कमरेड’ बनौँ

आउनुहोस्, ‘कमरेड’ बनौँ

9 months ago

Connect with us

Popular Post

  • नेपाली समाजका ७ अन्तरविरोध

    नेपाली समाजका ७ अन्तरविरोध

    0 shares
    Share 0 Tweet 0
  • भौतिकशास्त्रले कसरी समृद्धि ल्याउँछ?

    0 shares
    Share 0 Tweet 0
  • गीतामा के छ ? गीता कस्तो छ ? 

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा वर्ग र जात/जाति

    0 shares
    Share 0 Tweet 0
  • पतित–वामपन्थीहरूबाट वामपन्थलाई जोगाउँ

    0 shares
    Share 0 Tweet 0
  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In