Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026
Thursday, April 30, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

‘प्रकाश’ले देखाएको अन्धकार

नेपालमा वर्षौं देखि फलाम वा ‌औजारको काम गर्ने कामीहरु स्टिल वा रड फ्याक्ट्रीको मालिक किन बन्न सकेनन् ? जुत्ताको सिल्पी सार्कीहरु जुत्ता कारखानाको मालिक किन हुन सकेनन्? लुगा सिएर सिगो समाजको आङ ढाकिदिने दमाइहरु लुगा उध्योगको मालिक किन हुन सकेनन्? यस्ता अनेकौ प्रश्नहरु खोतल्दै जाँदा आरक्षणको नीतिबारे प्रष्ट हुन सकिएला...

समीर वली समीर वली
भदौ २०, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    मैले अन्तिम पटक हलमा गएर हेरेको नेपाली चलचित्र कबड्डि ४ थियो।  त्यो चलचित्र हेरेर साच्चिकै मनोरञ्जन प्राप्त भएको  थियो। २५० तिरेर भरपुर आनन्द महशुस पनि भएको थियो । तर आज मलाई प्रकाश हेरिसकेपछि मनोरञ्जन भन्दा बढी छट्पटी र बेचैनी भएको छ।

    हुन त यो चलचित्र मनोरञ्जनका लागि भन्दा पनि  चिन्तन-मनन गर्नका बनाईएको जस्तो छ। प्रकाश   ‘चलचित्र’को रुपमा मात्र भन्दा पनि यस्तो कला हतियार हो जसले देशका नीति निर्माता र राजनीतिकर्मीहरु माथि गतिलो व्यङ्ग्य प्रहार गरेको छ। अहिले हाम्रो देशको शासनसत्तामा रहेका राजनीतिकर्मिहरुले मुख छोपेर भए पनि एकपटक यो चलचित्र  हेर्न सल्लाह दिन चाहान्छु।

    मैले प्रकाश चलचित्रमा   केवल अन्धकार मात्र देखे। अलिअलि  उज्याला किरणहरु देखिए पनि , त्यसको महसुस हुनै नपाइ अर्को अँध्यारोले ढाकिहाल्छ । विरक्ति नै विरक्तिमा चलचित्र सकिन्छ। न चलचित्रमा नायकनायिका रुखको वरिपरि घुमेर नाच्छन। न  चलचित्रमा कुनै  गीत नै  छ । यसभित्र सबै कलाकारमात्रै छन् । उनीहरुले अभिनय गर्छन् । तर, अभिनय जस्तो पनि  लाग्दैन।

    नेपालको सबैभन्दा दुर्गम क्षेत्रका रुपमा चिनिन्छ कर्णाली । कर्णालीभित्रको पनि कर्णाली हो जुम्ला। यही जुम्लाको एउटा विकट बस्तीमा कठिन जीवनयापन गरिरहेका आमा–छोराको कथा यस चलचित्रमा देखाईएको छ । राजनीति गर्ने  श्रीमान बेपत्ता भएपछि एउटी आमाले छोरालाई ‘शिक्षक’ बनाउन गरेको संघर्ष नै चलचित्रको कथासार हो।

    चलचित्रको मुख्य पात्र प्रकाशले ‘खुला’ मा फारम भरेर लिखित परीक्षामा नाम निकाल्छ । तर, उसको खुशी धेरै टिक्दैन। किन, कसरी ? यसका लागि चलचित्र नै हेर्नुपर्ने हुन्छ।

    प्रकाशकी आमाको भूमिकामा देखिएकी दीया मास्के  ग्रामीण र दुःखी चरित्रमा प्रस्तुत भएकी छिन ।यस चलचित्रमा  दियाको अभिनयको बयान जति गरेपनि कम हुन्छ सायद ।कुनै समय  रियालिटी शो ‘हिमालयन रोडिज’सिजन २ मा म पनि सहभागी भएको थिए । त्यसबेला मैले दिया मास्के लाई प्रत्यक्ष भेट्ने अवसर मिलेको थियो । त्यो समयमा मैले देखेको दिया मास्के र यो चलचित्रमा मैले देखेको दिया मास्केमा आकाश जमिन फरक छ।  म एकछिन साच्चिकै झुक्किएको थिए के यो दिया मास्के नै हो त भनेर।  उनले गरेको  ‘दुःखी आमा’ को अभिनय  साच्चिकै मर्मस्पर्शी छ।आमाको भुमिकामा  आँखा बाट आशु झार्दा मेरो छेउमा बसेका हरि जि को आँखा रसाएको थियो कलाकारले आफूसँगै  दर्शकलाई पनि रुवाउन सक्छ भने त्यो भन्दा ठुलो अभिनय अरु के हुनसक्छ।

    चलचित्रमा उठान गर्न खोजिएका मुख्य दुई मुद्दा छन्। पहिलो, समाजको विसगतिलाइ देखाउन शिक्षा क्षेत्रको राजनीतीकरण र भ्रष्टाचार मार्फत प्रस्तुत गरिएको छ, जुन दूरदराजसम्म व्याप्त छ । दोस्रो, सरकारी सेवामा आरक्षणको  नीति, जसबारे पक्षविपक्षका तर्कहरु छन् र फिल्ममा प्रष्ट ढगले एउटा पक्षको वकालत गरिएको छ। त्यो हो, आरक्षण गलत।

    यो जातीय आरक्षणको बारेमा त हामी पनि चिया गफमा जहिले विषय बनाउने गर्थ्यौ।

    यसको विरुद्धमा  सबैभन्दा बढी साथी विपिन जि ले तर्क गर्नुहुन्थ्यो सायद त्यहीँ भएर होला त्यो दृश्य आउदा मलाई पुलुक्क हेर्दै मुसुक्क हाँसिरहनु भएको थियो। त्यसकारण, आरक्षण गलत छ भन्नेहरुका लागि यो फिल्मले राहत त दिन्छ तर समाजको समस्याबाट भने राहत दिदैन।

    चलचित्रले पहिलो मुद्दालाई सशक्त ढंगले नै उठाइएको छ। राजनीतिक कार्यक्रममा आफ्ना विद्यार्थी सहभागी गराउन नमान्दा हेडमास्टर विद्यालयबाटै खेदिन्छन् । शिक्षकमा नाम निकालिदिने आश्वासन दिएर एउटा भ्रष्टले गरिबको ९० हजार चप्काउँछ। सरकारबाट केही रकम क्षतिपूर्ति लिनकै निम्ति एउटा छोरा आफ्नो वेपत्ता बुवाको किरिया गर्न बाध्य हुन्छ । यी सबै घटनाक्रम यथार्थपरक छन्।

    दोस्रो मुद्दालाई चाहिँ चलचित्रले त्यति बलियोसँग वकालत गर्न नसकेको जस्तो  देखिन्छ । किनकि, समाज अनेकौ विभेदहरुको चाङमा उभिएको हुन्छ । त्यसमा,  साउथ एसियामा पनि भारत र नेपाल जस्तो हिन्दु वर्ण व्यवस्थामा आधारित समाजमा जातको आधारमा सयौ वर्षदेखि एउटा सिगो समुदाय शिक्षा,  रोजगारी,  पहुँच र समग्र व्यक्तित्व निर्माणको प्रक्रिया र अवसरबाट वञ्चित भयो । यदि त्यसो नहुँदो हो त,  नेपालमा वर्षौं देखि फलाम वा ‌औजारको काम गर्ने कामीहरु स्टिल वा रड फ्याक्ट्रीको मालिक किन बन्न सकेनन् ? जुत्ताको सिल्पी सार्कीहरु जुत्ता कारखानाको मालिक किन हुन सकेनन् ? लुगा सिएर सिंगो समाजको आङ ढाकिदिने दमाइहरु लुगा उध्योगको मालिक किन हुन सकेनन् ? यस्ता अनेकौ प्रश्नहरु खोतल्दै जाँदा आरक्षणको नीतिबारे प्रष्ट हुन सकिएला। अन्यथा,  फिल्ममा देखाइएको जस्तो सम्पत्तिमा धनी तर जातको कारणले कमजोर मान्छेले आरक्षण पाएको दृश्यको आफ्नै राजनीति भने अवश्य देखिन्छ । किनकि, कर्णाली क्षेत्रको समाज देखाइएको फिल्ममा लोकसेवाको विज्ञापनमा समावेशीको सबै क्लस्टर बताइन्छ तर पिछडिएको क्षेत्र बताइन्न। हो, आरक्षणको कार्यान्वयन पाटोमा सुधार अवश्य गर्नुपर्छ तर राज्यव्यवस्थाले वर्षौंदेखि जातकै आधारमा गरेको विभेद,  शोषण,  अन्यायलाइ त यस्ता आरक्षण भन्दा अझै बृहत क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ । नत्र आज आरक्षणमा दोष देख्ने आँखाहरुले निश्चित जातको भएवापत बाटो, धारा, अँगेनो, बलेसी, चोकचौतारामा भोगेको अपमान, छिछि दुरदर मात्रै हैन राज्यले उसलाइ सम्पत्ति जोड्न समेत नदिने अवस्थाको हालतलाइ के भोगेर हेर्न सम्भव हुन्छ?

    समग्रमा भन्नुपर्दा चलचित्रमा कलापक्षमा खोट लगाउने ठाउँ खासै भटिदैन तर मुद्दा र सन्देशमा भने अवश्य पूनरुत्थानवादलाइ नै बोकेको छ।

    फिल्मको अन्त्यमा प्रकाशले गरेको विद्रोहलाइ समेत किचिमिचि पारेर के सन्देश दिन खोजिएको जस्तो देखिन्छ भने – खराब गर्नेहरुका विरुद्दमा विद्रोह गर्नु बेकार छ। प्रतिकार गर्यौ भने आफैलाइ हानी हुन्छ । त्यसैले चुपचाप आफ्नो बाटो लाग्नु राम्रो हो । यो फिल्मले पोलिटिक्स इज डर्टी गेम भनेर भाग्नेहरुलाइ नै सुविधा दिएको छ। फिल्म हेरेर निस्कँदा मन विरत्तिन्छ, मस्तिष्क चकराउँछ आक्रोशित भइन्छ तर विरत्तिएको मनलाइ ढाडस दिने, चकराएको मस्तिष्कलाइ उपाय दिने, आक्रोशलाइ शान्त पार्ने बाटो भने कतै देखिदैन। गरिबको भाग्यमा दु:ख मात्रै हुन्छ भन्ने नियतिलाई नै बल दिन्छ। र यसरी प्रकाश फिल्मले मान्छेलाइ जिन्दगीको अन्धकारतिरै धकिलिदिन्छ।

    मलाई चलचित्र हेर्न खुब मन पर्छ । मैले आजसम्म ५०० भन्दा बढी नेपाली चलचित्र हेरेको छु। हल मै गएर भने सायद  २०/२५ वटा मात्र हेरेको छु होला । मलाई भिडभाड खासै मन नपर्ने भएर पनि होला  हलमा गएर हेर्नु भन्दा केहि समय पर्खेर यूटुव बाटै  घरमै  बसेर हेर्ने बानी बसेको छ। लामो समय पछि हलमा गएर प्रकाश  चलचित्र हेर्ने मौका मिल्यो । यो चलचित्र हेर्न प्रेरित गर्ने साथी बिपिनलाई धन्यवाद दिन चाहन्छु। हामी हलमा टिकट काट्न जादा चलचित्र सुरु हुने समय सम्म दर्शकलाई कुरेर बसिरहेका थिए हामी जादा १ जना पनि दर्शक थिएनन्।  चलचित्र सुरु गर्न हलमा कम्तीमा  १२ जना दर्शक चाहिनु पर्ने भएपछि फोन गरिगरि केहि साथीहरूले  अरु साथीहरु  जुटाउन  प्रयास गर्नुभएको थियो उहाँहरु लाई पनि  विशेष धन्यवाद।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      समीर वली

      समीर वली

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.