सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित पाँच जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट फर्किएका लम्कीचुहा नगरपालिका १ का २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए।
भारतबाट आएर कैलालीस्थित प्रतापपुर क्वारेन्टाइनमा बसेका उनको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा उपचारत थिए ।सेती प्रादेशिक अस्पतालमा उपचाररत अरु चार जना कोरोना संक्रमितको भने दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर र ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका-१ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको हो।
यसअघि दुई पटकसम्म पोजेटिभ आएको धनगढी ५ का ३४ वर्षीय युवकको तेस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जानकारी दिएको छ।