Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

एकैसाथ २० वटा थारू बालकथा विमोचन

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
जेष्ठ २०, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    कोरोना महामारीका कारण बन्दाबन्दीको अवस्थामा पुस्तक लोकार्पणले अनलाइन भर्सनबाट एकैसाथ २० वटा थारू बालकथा विमोचन गरेको छ । लोकार्पणले शनिबार चार भाषाको २० बाल पुस्तकको अनलाइन भर्सनबाट लोकार्पण गरिएको छ।

    लोकार्पित पुस्तकमा छविलाल कोपिलाको कैलारी र स्यालको बिहे, कृष्णराज सर्वहारीको भुख्ली र खुत्रुके तथा शान्ति चौधरीको लहेडा र बछिया अनि मेरी दुधु रहेका छन्। रंगीन सचित्रमय यी ६ वटै पुस्तक डंगौरा थारू, नेपाली र अंग्रेजी भाषामा प्रकाशित गरिएका हुन्।यसका अतिरिक्त शान्ति चौधरीका दुवै पुस्तक बारा जिल्लाको थारू भाषामा पनि प्रकाशित छ। शान्तिले यसअघि नै ६५ वटा पुस्तक प्रकाशित गरिसकेकी छन्।

    सिर्जनालयसँगको सहकार्यमा द एसिया फाउन्डेसनको लेट्स रिड परियोजनाले उक्त बालकथा प्रकाशन गरेको हो। पुस्तकको लोकार्पण द एसिया फाउन्डेसनका कन्ट्री डाइरेक्टर मेघन नाल्बो, बुक्स फर एसियाकी रीतिका लाकौल, सिर्जनालयका अध्यक्ष सरारे वज्राचार्य, पुस्तकका सम्पादक मुना गुरुङ तथा पुस्तकका लेखक र चित्रकारले संयुक्त रूपमा गरेका थिए।

    सो अवसरमा द एसिया फाउन्डेसनका कन्ट्री डाइरेक्टर मेघन नाल्बोले बुक्स फर एसिया परियोजनाअन्तर्गत एसियाका २९ भाषाका करिब तीन हजार पुस्तक तयार गरी लेट्स रिड डिजिटल लाइबे्ररीमा अपलोड गरिएको जानकारी गराइन्। अपलोड सबै बालकथा केन्द्रित रहेका केही पुस्तक प्रकाशित पनि गरिएका छन्। नेपालअन्तर्गत नेपाली, नेपाल तथा थारू भाषामा तीन सय ५० बालपुस्तक तयार गरिएको पनि नाल्बोले बताइन्।

    कार्यक्रममा कृष्णराज सर्वहारीले थारू भाषामा भुख्ली, छविलाले कोपिलाले नेपाली भाषामा स्यालको बिहे तथा सरारे वज्राचार्यले अंग्रेजी भाषामा कैलारी कथा वाचनसमेत गरेका थिए। कोपिलाले थारू बालसाहित्यलाई समृद्धिको बाटोमा डोर्‍याउन विभिन्न भाषामा अनुवादसमेत गरिएका यी पुस्तकले मागदर्शन गर्ने बताए।

    त्यस्तै, लोकार्पित पुस्तकमा चित्र बनाउने मित्थु थारु, बन्दना तुलाचन, उमेश चौधरी, उहाबाङ, श्रद्धा श्रेष्ठ, सुमन महर्जनले आआफ्नो कामको अनुभव सेयर गरेका थिए। चित्रमा जीवन्तता ल्याउन दाङ देउखुरीको विभिन्न थारू गाउँहरूको भ्रमणले आफूहरूलाई निकै फलदायी भएको श्रद्धा श्रेष्ठले बताइन्।

    आयोजकहरूले यसलाई लोकार्पण कार्यक्रममा मात्र सीमित नराखी बालसाहित्य केन्द्रित एकहप्ते छलफल कार्यक्रम पनि राखेका छन्। शनिबारदेखि आगामी शुक्रबारसम्म आयोजना गरिने कार्यक्रमको नाम कैलारीदेखि बारासम्म राखिएको छ। यस कार्यक्रममा लोकार्पित पुस्तकका लेखक तथा चित्रकारहरूसँग सीता मादेम्बा, प्रनव आकाश, कुमुदिनी, अनुराधा, प्रोमिनालगायतले छलफल चलाउनेछन्। आयोजकका अनुसार अन्तिम दिन शुक्रबार बालसाहित्यको भविष्यबारे प्यानल छलफल राखिएको छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.