सिंगापुरमा आइतवार ९१३ वटा नयाँ मामलाहरू देखा परेपछि यसका संक्रमित संख्याले जापानलाई पछि पारेका छन्। जसअनुसार जापानमा १३,४४१ रहेको छ भने सिङ्गापुरमा १३,६२४ छन् । सिंगापुर एसियाको सबभन्दा कम जनसंख्या भएको मुलुक हो। यहाँ विश्वको दुई सबैभन्दा अधिक जनसंख्या भएका चीन र भारतपछि सबैभन्दा बढी संख्यामा कोरोनाभाइरसका मामिलाहरू देखिएका छन्।
आइतबारमात्रै यस टापु राष्ट्रमा ९१३ नयाँ मामलाहरु देखा परेका थिए। यसपछिको संक्रमित संख्याले जापानलाई पछाडि पारेको छ।धेरैजसो संक्रमितहरु क्वाटरमा बसोबास गर्ने आप्रवासी कामदारहरूको बीचमा रहेको छ। यसले सिंगापुरमा भाइरस फैलावट रोक्नमा भएको सफलतालाई धुलिसातमा मिलाइदिएको छ। यहाँका नागरिक र स्थायी बासिन्दाबाट भने १५ मात्र संक्रमित देखिएको बताइएको छ।
करीव ५७ लाख जनसंख्या भएको एक शहरी राष्ट्रले लकडाउनको “सर्किट व्रेकर”लाई पुन जून १ सम्मका लागि विस्तार गर्यो। हाल सिङ्गापुरमा अपनाइएको लकडाउनको “सर्किट ब्रेकर” उपायहरुमा स्कूल बन्द राख्नु, अनावश्यक व्यवसाय बन्द गर्नु र विदेशी कामदारहरूलाई उनीहरूको क्वाटर भन्दा बाहिर निस्कन नदिनु पर्दछन्।
तैपनि, क्वाटरमा भएको भर्खरको प्रकोपले देखिएका कुनै पनि मामलाहरु गहन हेरचाह आवश्यक पर्ने अवस्थाका छैनन्। ती आप्रवासी कामदारहरू सामान्यतया जवान छन् र तिनीहरुमा साधारण लक्षणहरूमात्र देखिएका छन्, प्रधानमन्त्री ली हिसियन लुङले अप्रिल २१ मा बताएका छन्।
सिङ्गापुर न्यूयर्क भन्दा सानो राष्ट्र हो र यस महामारीमा यसले जम्मा १२ जनामात्रको ज्यान गएको छ। दी प्रिन्ट २७ अप्रिल २०२०