कोशी अस्पतालस्थित कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना भाइरस संक्रमितमध्ये ६ जना निको भएका छन्।
उनीहरुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि भोलि (बुधबार) डिस्चार्ज गरिने कोशी अस्पताल मेडिसिन विभागका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिएका छन्। ‘निको भएका ६ जनालाई भोलि बिहान ८ वजे डिस्चार्ज गरिनेछ,’ उनले भने। गत वैशाख ५ र ६ गते उदयपुरको त्रियुगास्थित भुल्केबाट ल्याइएका १३ मध्ये ६ जनाको रिपोर्ट ३ पटकसम्म नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको उनले बताए। परिवार भारतमा रहेकाले तत्कालका लागि प्रदेश सरकारले जिम्मा लगाइने उनले बताए। उनीहरुलाई अझै १४ दिन सेल्फ आइसोलेसनमा बस्न अस्पतालले आग्रह भनेको छ।
डिस्चार्ज हुने तयारीमा रहेका सबै भारतीय नागरिक हुन्। डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन्। थाहाखबर