Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

नेपालमा लकडाउन खुकुलो बनाउन क्यानडाका केही उपायहरु उपयुक्त हुन सक्छन्

अशोक खड्का अशोक खड्का
जेष्ठ ३२, २०७७
- कोभिड–१९, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यति बेला संसार कोभिड-१९को माहामारीले आक्रान्त छ। ओर्ल्डोमिटरका अनुसार कोरोना माहामारी शुरु भए देखि आजसम्म (विगत ५ महिनामा) संसारभरी करिव २ करोड ३० लाख मानिसहरुको मृत्यु भएको देखिन्छ।  त्यस मध्येमा सबैभन्दा धेरै नसर्ने रोगहरुको कारणले भएको देखिन्छ। त्यसमध्ये पनि सबैभन्दा धेरै मुटु तथा रक्तसञ्चार सम्बन्धी रोग, बिभिन्न खालका क्यान्सर, स्वास प्रस्वास सम्बन्धी रोग तथा पेट सम्बंन्धी रोगको कारणले मरेको देखिन्छ ।

    तर कोभिड-१९ को कारणले मृत्यु हुने ४ लाख ३२ हजार सूचिकृत भएको देखिन्छ ।

    आजभोली अस्पतालको पँहुच भएको ठाँउमा वा कोभिड-१९ को टेष्टको सुविधा भएको ठाँउमा जुनसुकै रोगको कारणले मान्छे मरेको भएपनि एकपटक कोभिड-१९ टेष्ट गर्ने प्रचलन छ र टेष्टको रिजल्ट पोजेटिभ देखियो भने त्यसलाई पनि कोभिड-१९ कै कारणले मरेको भनेर गन्ने चलन चलेको छ। धेरै ईपिडिमियोलोजिष्ट (महामारीशास्त्रि) र जनस्वास्थ्य बिशेषज्ञले यसबारे असहमति जनाउँदै आएका छन्।

    यसरी गणना गरिदा बिवाद आउनु स्वभाविकै किन पनि छ भने अरु रोगको कारणले मान्छेको मृत्यु हुँदा कोभिड-१९ को भाईरस भए नभएको परिक्षण गरे जस्तै अन्य ब्याक्टेरियाको पनि परिक्षण गर्ने हो भने उक्त ब्यक्तिमा अरु ब्याक्टेरिया पनि देखिन सक्छ। यदि त्यसो हो भने खासमा त्यो मान्छे कोरोना भाईरसको कारणले मरेको हो वा अरु कुनै क ख ग घ भाईरसको संक्रमणले मरेको हो ? यो बिषय अहिलेसम्म बिवादित र अनुत्तरित छ।

    ओर्ल्डोमिटरकै अनुसार आजसम्म कोभिड-१९ बाट बिश्वभरमा ७८ लाख बढि संक्रमितको संख्या छ भने, ४० लाख भन्दा बढी संक्रमित भएर निको भएको तथ्याँङकले देखाएको छ। यस हिसाबले संक्रमित भएर निको हुनेको दर ९० % भन्दा बढी र मृत्यु दर १०% मात्रै रहेको देखिन्छ। दीर्घ रोगीहरुमा, रोग प्रतिरक्षात्मक क्षमता कमजोर भएकाहरुमा र उमेरको हिसावले ६५ बर्ष नाघेकाहरुमा कोभिड-१९ को उच्च जोखिममा रहेको देखिएको छ। मृत्यु पनि यिनै क्याटगोरीमा रहेकाहरुको ज्यादा भएको देखिन्छ। संक्रमणको हिसावले होस् वा मृत्युको हिसावले नै किन नहोस् महिलाहरु र पुरुषमा ६०-४० % को अबस्था छ।

    अब कुरा गरौं ! क्यानडाको जनसंख्याको हिसाबले क्यानडा नेपाल भन्दा झण्डै पौने करोड बढी मात्रै हो। यो देश बहुभाषिक, बहुसांस्कृतिक, बहु पहिचानयुक्त छ। अंग्रेजी र फ्रेन्च २ वटा अफिसियल सरकारी भाषा छ। अन्य भाषिक बाहुल्यता भएको ठाँउमा अवस्थित स्कूल, कलेज देखि लिएर अन्य सेवामूलक ठाँउमा अन्य भाषाको सुविधा पनि राखिएको हुन्छ। सँगै दोभाषेको पनि निशुल्क ब्यवस्था गरिएको हुन्छ। यो नेपाल जस्तै संघीय देश हो जसमा १२ वटा प्रदेश र ३ वटा टेरीटोरी रहेको छ। लामो समय ब्रिटिश उपनिवेशमा रहेको देश भएर पनि स्वतन्त्र भएपछि पनि सिम्बोलिक रुपमा बेलायती माहारानीलाई नैं राष्ट्र प्रमुख मान्ने प्रचलन रहिआएको छ। नेपाल नामको मात्रै भएपनि गणतन्त्रात्मक शासन ब्यवस्था छ फरक यति हो।

    यहाँ पनि तीन तह कै सरकार छ। नेपालमा संबिधानमा मात्रै ‘समाजवाद उन्मूख’ भनेर लेखिएको छ अनि झण्डै २ तिहाईको ‘समाजवादी’ नामको सरकार छ। तर क्यानडा आफैमा पुँजीवादी शासन प्रणाली भएको देश भएर पनि जनताहरुले समाजवादी सेवा र सुविधाहरु उपभोग गर्न पाइरहेका छन्। यसको पछिल्लो उदाहरण कोभिड-१९को कारणले लकडाउनमा परेर प्रत्यक्ष रोजगारी र आम्दानी गुमाएकाहरु सबैलाई एउटा खास मापदण्ड बनाएर ४ महिना सम्म महिनाको $२००० सिधै जनताको बैंक खातामा हाल्दिएको छ। रोजगार दाताहरुलाई पनि उनिहरुलाई टिकाई राख्न अनुदान दिएको छ। साना ब्यापारीहरुलाई पनि ब्यापारिक स्थलको घर भाडा मिनाहाको पहल देखि निर्ब्याजी ऋण उपलब्ध पनि गराएको छ।

    बच्चाहरु, बृद्ध- बृद्धाहरु देखि लिएर अशक्तहरुलाई पनि थप भत्ता दिएको छ। आदिवासीहरुलाई दिईदै आएको सेवा सुविधाहरुमा पनि थप गरिएको छ। प्राय: हरेक दिन प्रधानमन्त्रीले जनताको नाममा संबोधन गरेर जनतालाई केहि न केहि सहयोगको घोषणा गरेकै हुन्छन्। अस्ति Blacklivesmatter आन्दोलनमा प्रधानमन्त्री जष्टिन ट्रुडो आफै सडकमा गएर घुँडा टेकेर आन्दोलन प्रति ऐक्यबद्धता जनाए। जनताका हरेक सुख दु:खमा प्रधानमन्त्री आफै सामेल भएको देख्दा राजनीतिक आस्था फरकै भएपनि हरेक जनतालाई उनि आफ्नै परिवारको सदस्य जस्तो लाग्छ आफ्नै अभिभावक जस्तो लाग्छ।

    मैले यहाँ अल्पबिकसित र सिष्टम नभएको देश नेपाल र विकसित र सिष्टममा चलेको देश क्यानडाको बिचमा तुलना गर्न खोजेको छैन मात्रै कथित ‘समाजवादी’ भनिएको सरकारको समाजवाद र यससँग सम्बन्धित थोरै साईनों वा भनौं भ्रूणको छनक मात्रै देख्न पाएको भए मात्रै पनि आशावादी हुनें ठाँउ हुन्थ्यो भन्ने मात्रै हो।

    आजसम्म क्यानडामा कोरोना संक्रमितको सख्या ९८ हजार बढि नाघिसक्यो, ८ हजार बढीको मृत्यु भईसकेको छ। विगत तीन महिना देखि क्यानडा आंशिक लकडाउनमा थियो। अत्यावश्यक काम बाहेक सकेसम्म बाहिर नजानु भन्ने सरकारको सुझाव थियो जो अझै छ। बाहिर निस्कनैपर्ने भए सकेसम्म मास्क, पञ्जा लगाउने, भौतिक दुरी कायम गर्ने भन्ने थियो र अझै छ। तीनै तहको सरकारले जनतालाई सुविधा र सहयोगको घोषणासँगै आकस्मिक आदेशहरु लागू गरेर जनतालाई सुरक्षीत रहन शुशिक्षित गर्ने देखि सावधानी अपनाउन र पालना नगरे दण्ड-जरिवानाको पनि ब्यवस्था गरेका छन्। त्यहि ब्यवस्था अनुसार बढीमा ५ जना मात्रै भेला हुन पाँउने त्यसमा पनि ब्यक्तिगत दुरी कायम गर्नु पर्ने, बाहिर हिड्दा एकाघरकै मान्छे भएपनि दुरी कायम गरेर हिंड्नुपर्ने आदि ब्यवस्था थियो।

    एक महिना पहिले ‘रिओपनिङ् स्टेज १’ अन्तर्गत लकडाउन केही खुकुलो पारियो यस अन्तर्गत केहि आवश्यकीय र सिजनल बन्द ब्यापारहरु सावधानीपूर्वक खुला गरियो। त्यसपछि जुन १२ तारेख देखि क्यानडाको सबैभन्दा ठूलो प्रदेश ओन्टारियोमा एक हप्ता देखि संक्रमित शंख्या क्रमश: घट्दै गएको, नयाँ केसहरु धेरै नदेखिएकोले कोभिड-१९ अब नियन्त्रणमा आउनै लागेको बुझाई अनुसार रिओपनिङ् ‘स्टेज टू’ मा प्रवेश गरियो भनिएको छ। यसमा कपाल काट्ने पसलहरु देखि बिस्तारै अरु ब्यवसायहरु पनि क्रमश खुल्नेछन् तर त्यसमा हेल्थ गाईडलाईनलाई सबैले अनुपालन गर्नु पर्ने हुन्छ। वृत्ताकारमा बसेर (Social Circle) बढीमा १० जनाको समूह बनाएर भेटघाट र जमघट गर्न पाउने भनिएको छ। जो परिवारको सदस्य वा पारिवारिक साथी हुनुपर्ने वा उस्तै उमेर समूहका छोरा छोरी र तिनीहरुका अभिभावक त्यो सर्कलमा रहने सक्नेछन् जस्लाई छुन, अंगालो हाल्न, सँगै बस्न पनि मिल्छ भनिएको छ तर त्यो एउटा सर्कलको चेन त्यसैमा मात्रै सिमित हनु पर्ने छ भनिएको छ। कथंकदाचित त्यो सर्कलमा कसैलाई संक्रमण भईहाल्यो भने त्यहि सिमित रहोस् अन्त फैलिन नपाओस् भनेर यसो गरिएको हो। भविष्यमा नेपालले पनि यसलाई सन्दर्भको रुपमा अनुपालन गर्दा राम्रै हुने छ।

    समाजवादी भनिएको सरकार भएको देश नेपालमा शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा निशुल्क, पँहुचयुक्त र बलियो हुनुपर्ने हो कम्तिमा त्यसो गराउन प्रयत्नसम्म गरिनु पर्ने हो तर विडम्बना नेपालमा स्वास्थ्य सेवालाई निजीकरण गर्नमा सरकार नै व्यस्त देखिन्छ। नेपालको सेवा संसारकै महङ्गोमा पर्छ र यहाँ झण्डै ८०% भन्दा बढि जनताहरु सरकारीसेवाको पहुँचमा छैनन्।

    कोरोना महामारीकै सन्दर्भमा नेपालका प्राईभेट हस्पिटलले सरकारको कदममा सहभागी हुने इच्छा देखाएनन्। यसर्थ सरकारलाई सरकारी अस्पतालमा मात्रै कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउनु पर्‍यो। यतिमात्र होइन निजी अस्पतालका कर्मचारीसमेतले कोरोना लाग्दा सरकारी अस्पतालबाट सेवा लिए।

    यस मामलमा मात्र होइन नेपालका कुनै पनि नीजि क्षेत्रका व्यवशायीहरुमा सामाजिक उत्तरदायित्व छैन। यिनीहरु सरकारलाई दवाव र प्रलोभनमा पारेर सरकारी छुट मात्र लिन उद्दत भएको देखिन्छ। हालैको महामारीमा पनि यिनीहरुका गतिविधिले जनतामा हाहाकार मच्चिएका छन्। मास्क र स्यानीटाइजरको कालो व्यापार यही क्षेत्रबाट भयो। पिपिई र टेस्ट किट सरकारलाई कसले बेच्ने भनेर अस्वस्थ प्रतिस्पर्धाले सरकारको खरीद प्रक्रियामा वाधाव्यवधान पुर्याए। अन्तत सरकार जिटूजी मार्फत किन्न सेनाको सहयोग लिन बाध्य भयो।

    नेपालमा यति बेला जम्मा ३५ सय संक्रमित १९ जनाको मात्रै मृत्यु हुँदा कोकोहोलो मच्चिराछ। क्वारेन्टिन ब्यवस्थित छैन र ती स्थल नै भाइरस प्रसारण स्थल बनेको देखिदैंछ। १४ दिन क्वारेन्टिनमा बसेर घर गएको मान्छेमा जाँच गर्दा पोजेटिभ देखिन्छ। अब देश बाहिर रहेका खासगरी भारतबाट लाखौं नागरिक भित्रिदा (जो संक्रमण पनि सँगै लिएर आँउदै छन्) देशमा कुन अबस्था आउने हो? सरकारका कुनै निकायहरु सचेत र तयारी भइनसकेको देखिन्छ।

    क्यानडा स्वास्थ्य सेवाको हिसावले सबै राज्य नियन्त्रित सरकारी हो। स्वास्थ्य सेवा करिब करिब निशुल्क जस्तै छ र स्वास्थ्य सेवा पनि प्रशंसनीय नै छ। तर पनि यहाँ ८ हजार बढिको मृत्यु भईसकेको छ तर पनि मान्छेहरुको दैनिकीमा र मानसिकतामा कुनै भयावह र कोलाहल मच्चिएको छैन। जब कि नेपालमा ५ हजार भन्दा केही बढि संक्रमित र १९ जनाको मृत्यु हुँदा मुलुक भयावह भएको भन्दै कोलाहल मच्चाइएको छ। तर यसको विपरित क्यानडामा कोत्यति ठूलो असर परेको छैन किनभने सरकार प्रति जनताको पूर्ण भरोसा र विश्वास छ। नेपाल क्यानडा भन्दा नेपालमा जनता र सरकार बिचमा, सत्तारुढ पार्टी र सत्तासीन नेताहरुको बिचमा बिश्वासको ठूलो खाडल छ। त्यो कसरी पुरिन्छ र जनताले सरकार मेरो अभिभावक हो भन्ने कहिले महशुस गरेर ढुक्क हुन पाउलान्? हामी विदेशमा रहेका नेपालीका लागि संधैं विझिरहने र यक्ष प्रश्न यहि हो।

    लेखक क्यानडामा कार्यरत नेपाली हुन्। उनी स्वास्थ्यकर्मी हुन्।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      अशोक खड्का

      अशोक खड्का

      खड्का क्यानडामा कार्यरत नेपाली हुन्। उनी स्वास्थ्यकर्मी हुन्।

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      झलक सुवेदी
      अशोज २६, २०८०

      गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमाथि यस अघि कल्पना नगरिएको स्तरको एकीकृत हमला गरेपछि अहिले पश्चिम एशिया क्षेत्रमा तनाव...

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      नेपाल रिडर्स
      अशोज २०, २०८०

      विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.