Date
शुक्र, अशोज १२, २०८०
Fri, September 29, 2023
Saturday, September 30, 2023
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
आइतवार, मंसिर २८, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विशेष अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश दिएको छ। बालुवाटारस्थित ललीता निवासको जग्गा व्यक्तिका नाममा सार्न भूमिका खेलेकोमा भ्रष्टाचारको अभियोग लागेका बस्न्यातलाई आइतबार विशेष अदालतले थुनामा राख्न आदेश दिएको प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

    न्यायाधीशहरू प्रेमराज कार्की, अब्दूलअजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो। बस्न्यातले आइतबार नै विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयान सकिएपछि आजै थुनछेक बहस भएको थियो। त्यसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको हो।

    उनलाई अख्तियारले बालुवाटारस्थित ललीता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्न भूमिका खेलेको भन्दै विशेष अदालतमा २२ माघ २०७६ मा मुद्दा चलाएको थियो। उनीसहित ११० जनालाई कैद सजायसमेत माग गरिएको थियो भने अख्तियारले थप ६५ जनाबाट सरकारी जग्गा जफत गर्ने मात्र उद्देश्यले मुद्दा चलाएको थियो।

    अदालतको आदेशपछि बस्न्यात मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेल थुनामा बस्नुपर्नेछ। यद्यपी उनले विशेष अदालतको आजको आदेशविरूद्ध सर्वोच्च अदालतमा निवेदन दिन भने पाउनेछन्।

    अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ। पहिलो- सरकारी सम्पत्ति गैरकानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको। दोस्रो- नेपाल सरकारई हानि पुर्याउने बदनियतले लिखत तयार गरेको र तेस्रो- सरकारी सम्पत्तिको हानि नोक्सानी गरेको। बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललीता निवसास्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो। उक्त समयको न्यूनतम सरकारी मूल्यांकन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको रू. ९ करोड ६५ लाख ७६ हजार नोक्सान भएको निष्कर्ष निकालेको थियो। उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरीवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ।

    साथै नियतबस गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महीनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रूपैयाँसम्म थप जरिवाना पनि माग गरेको छ। साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसूरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ।

    ललीता निवसा प्रकरणमा मुद्दा लागेकामध्ये विशेष अदालतले थुनामा पठाउन आदेश दिएकामध्ये बस्न्यात दोस्रो व्यक्ति हुन्। यसअघि तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको थियो। विशेषको आदेशलाई सर्वोच्च अदालतले उल्ट्याउँदै गत असारमा उनलाई २ लाख धरौटीमा छोड्न आदेश गरेको थियो।

    त्यसपछि बयानको लागि विशेस अदालत पुगेका कसैलाई पनि अदालतले थुनामा पठाउने आदेश गरेको थिएन। अधिकांशसँग धरौटी मागेको अदालतले केहीलाई भने तारेखमा छाडेको थियो। हिमालखबर

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      प्रश्न गर्नु सामाजिक परिवर्तनका लागि महत्वपूर्ण छ 

      शेषनाथ वर्नवाल
      शुक्रबार, अशोज १२, २०८०

      जहाँ जिज्ञासा छ त्यहाँ प्रश्न छ। जहाँ प्रश्न छ त्यहाँ भक्ति वा अन्धश्रद्धा नभइ ज्ञान र अनुभवको सुरुवात हुन्छ। जहाँ...

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      सर्वोच्चको फैसला: फेवा बचाउने सुनौलो अवसर

      नेपाल रिडर्स
      बुधबार, अशोज १०, २०८०

      सर्वोच्च अदालतले फेवा तालको क्षेत्रफल र मापदण्डका सम्बन्धमा गरेको फैसलाको पूर्णपाठ आएसँगै यस सम्बन्धमा रहेका सबै पुराना विवादहरु किनारा लाग्ने...

      झिँगा

      झिँगा

      राजेन्द्र पराजुली
      शनिबार, भदौ ३०, २०८०

      (राजेन्द्र पराजुली पछिल्लो समयका सक्रिय कथाकार हुन। कथाकार, पत्रकार र साहित्यिक पत्रकारका रुपमा उनले लामो समय नेपाली भाषाको सेवामा बिताएका...

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि कसले के भने?

      नेपाल रिडर्स
      मङ्लबार, भदौ २६, २०८०

      वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ...

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      छुवाछुतको पुस्तान्तरण: मेरो परिवारको भोगाइ

      गणेश लम्साल
      बुधबार, भदौ ६, २०८०

      बितेका २८ वर्षदेखि मैले र मेरो परिवारले कुनै न कुनै रुपमा जातीय विभेदको सामना गरिरहेको छ। माघ ०५२ मा मेलै...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      मङ्लबार, साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      सिफारिस

      शीत युद्धमा भारत र क्यानाडा
      विश्व

      शीत युद्धमा भारत र क्यानाडा

      नरेश ज्ञवाली
      शुक्रबार, अशोज ५, २०८०

      थप पढ्नुहोस्
      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ
      अन्तर्वार्ता

      जनवादी क्रान्ति सम्पन्न भैसक्यो, अब समाजवादी कार्यक्रम चाहिन्छ

      नेपाल रिडर्स
      बिहिबार, भदौ ७, २०८०

      थप पढ्नुहोस्
      कसले जितिरहेको छ युक्रेन युद्ध?
      विश्व

      कसले जितिरहेको छ युक्रेन युद्ध?

      रोहेज खतिवडा
      सोमवार, भदौ ४, २०८०

      थप पढ्नुहोस्
      अझै छातीमा आगो निभेको छैनः भूपाल राई
      अन्तर्वार्ता

      अझै छातीमा आगो निभेको छैनः भूपाल राई

      नेपाल रिडर्स
      शनिबार, भदौ २, २०८०

      थप पढ्नुहोस्

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist