Thursday, February 25, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

देशको दशा र दिशा – श्रृंखला २

by नेपाल रिडर्स
September 5, 2019
- यो हप्ता
देशको दशा र दिशा – श्रृंखला २
Share on FacebookShare on TwitterEmail

अघिल्लो लेख(देशको दशा र दिशा– श्रृंखला १)मा देशको दशा बिग्रिनुमा आन्तरिक कारणहरुबारे चर्चा गरियो। यो लेखमा भने बाह्य, विशेषगरी विश्व र क्षेत्रीय भूराजनीतिक कारणले नेपालमा सिर्जना हुने/भएका समस्याका पक्षहरुबारे चर्चा गरिने छ।

आफ्ना ‘वस्तु(माल)’हरुको निमित्त निरन्तर विस्तृत बजारको आवश्यकताले पूँजीपतिवर्गलाई संसारको कुना कुनासम्म दौडाउँछ। ऊ सबैतिर घुस्छ, सबैतिर जरो गाड्छ र सबैतिर सम्पर्क राख्छ। विश्वबजारको शोषणद्वारा पूँजीपतिवर्गले सबै देशहरुको उत्पादन र खपतलाई सार्वभौमिक रुप दिएको छ– मार्क्स–एंगेल्स(कम्युनिस्ट पार्टीको घोषणापत्र)
आजको विश्वपूँजीवादी समाजमा पूँजीवादको साङ्लोले कसैलाई पनि बाँध्न बाँकी राखेको छैन। हर एक मानिस मात्रै नभएर हर एक जीव र वस्तु प्रत्यक्ष–परोक्ष रुपले पूँजीवादी साङ्लोमा जकडिएको छ। तसर्थ, कुनैपनि देशको दशामाथि मडारिने कालो वा बादलको कारक तत्व भनेको विश्वपूँजीवाद नै हो। यसकारण नेपाल जस्तो साना भनिएपनि वस्तुतः सस्तो श्रम वा कच्चा पदार्थ उत्पादनकर्ता र ‘माल’को बजारको रुपमा रहेका देशहरु तत्काल वा बिस्तारै विश्वपूँजीवादमा आउने संकटको अंशियार हुनपुग्दछ।

भर्खरै निधन भएका समाजशास्त्री इम्मानुएल वालेस्टाइन र उनका बौद्धिक समकक्षी(ए.जी.फ्रयाङ्क, समीर अमीन)हरुले ‘विश्व व्यवस्था दृष्टिकोण’ र ‘परनिर्भरता’को सिद्धान्त प्रतिपादन गरे। जुन, वस्तुतः मार्क्सहरले घोषणापत्रमा भने झैं पूँजीवादले विश्वपरिस्थितिमा निर्माण गरेको सम्बन्ध र सम्पर्कको सिकञ्जाको पछिल्लो भौतिक विश्लेषणको कडी हो भन्न सकिन्छ। जसमा, पुँजीवादले विश्वका देशहरुबीच केन्द्र र परिधिको सोपान तयार पार्ने अनि केन्द्र र परिधि राष्ट्रहरुबीचको असमान र शोषणपूर्ण सम्बन्ध र यसले निम्त्याउने संकटहरुबारे विशद चर्चा गरिएको छ। जसअनुसार विश्वको कुनैपनि देश छुट्टै स्वतन्त्र इकाइ हुन सम्भव छैन। बरु विश्व आर्थिक व्यवस्थाको प्रत्यक्ष–परोक्ष अंश वा अंगको रुपमा जेलिएको हुन्छ र त्यो देश विश्व सामाजिक–आर्थिक र राजनीतिक परिघटनाको अंशियार हुनपुग्दछ। किनकि, केन्द्रले पुँजी सञ्चयको दौरान परिधि राष्ट्रहरुमा जस्तो खालको कडीहरुको निर्माण गरेको हुन्छ, केन्द्रको अतिसञ्चयले निम्त्याउने संकटहरुले ती परिधि राष्ट्रहरुमा समेत प्रत्यक्षतः असर पारिहाल्दछ।

यो परिघटना अनुसार, जसरी विश्वको आर्थिक केन्द्रको रुपमा रहेको पश्चिम युरोप र अमेरिकामा पछिल्लो समय उथलपुथलको तरंग सिर्जना भइरहेको छ, यसले विश्वका ती तमाम देशहरुलाई प्रत्यक्ष–परोक्ष रुपमा प्रभावित गरिरहेको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन। विश्व सभ्यताको नेतृत्वदायी भूमिकामा रहेको भनिएका अमेरिका र युरोपमा संकटका संकेतहरु पर्याप्त मात्रामा उत्पादन भइरहेछन्। डोनाल्ड ट्रम्पको राष्ट्रपतिको रुपमा उदय हुनु कुनै एउटा व्यक्तिको हार वा जीतको विषय मात्रै थिएन। वस्तुतः पश्चिमा समाजमा उत्पादन हुँदै गएको सामाजिक खण्डीकृत मानसिकता, अतिवादी र असहिष्णु चिन्तनको उपज हो भन्ने ट्रम्पको चुनावी मुद्धा, जीत र कार्यव्यापारबाट प्रमाणित हुँदै गइरहेको देखिन्छ। मेक्सिकोको सिमानामा पर्खाल लगाउने कुरा, चीनसँगको व्यापार–युद्ध, विभिन्न देशहरुप्रतिको असहिष्णुपूर्ण अभिव्यक्ति र सम्बन्ध, बेलायत युरोपियन युनियनबाट बाहिरिने कुराले निम्त्याएको युरोपेली संकट आदिका कारणले पश्चिमा केन्द्रको जग चर्मराएको छ। यसले अवश्य पनि विश्वव्यापी असरहरु सिर्जना भैरहेको छ। त्यसमा मध्यपूर्व, अरब क्षेत्रमा पश्चिमालले उत्पादन गरेको अस्थिरता, एसियामा चीनलाई घेर्ने रणनीति, पश्चिमाको भारत आधार बनाएर एसियामा प्रभाव जमाउने रणनीति आदिले यस क्षेत्रका साना मूलूकहरुसमेत प्रभावित हुने नै भए।

अझ नेपाल जस्तो आन्तरिक रुपमा मजबुत हुन नसकेको, बिस्तारै अस्थिरताबाट बौरिँदै गरेको, संरचना र पद्धतिहरु व्यवस्थित र मजबुत हुन नसकेको, आजको विश्व समाज र परिवेशसँग सम्वाद गर्न सामर्थ्य निर्माण गरिनसकेको राजनीतिक र राज्यसंयन्त्र आदिको कारणले पनि नेपाल कम्पासहीन हुँदै गइरहेको छ।

नेपालको करिब चालीस लाख युवा जनशक्ति विभिन्न विश्वबजारसँग रोजगारीमा जोडिएका छन्, कुल राष्ट्रिय बजेटको करिब आधा हिस्सा जति ती युवाहरुले पठाउने रेमिटान्सको मात्रा रहेको छ, त्यही रेमिटान्सले धानेको अर्थतन्त्रमा सबै उपभोग्य वस्तुहरुमाथिको निर्भरता दिन दुईगुणा–रात चारगुणाले बढिरहेको छ तर यो परिघटनासँग सम्वाद गर्ने, आफ्नो देश र जनता अनुकूलको नीति निर्माणमा राज्यसंयन्त्र र राजनीतिक नेतृत्व निर्माण हुनसकेको छैन। जसकारण, विश्वपूँजीवादी सिकञ्जालाई तोड्न वा व्यवस्थापन गर्न राज्य असमर्थ देखिन्छ।

भूराजनीतिक परिस्थिति पनि नेपालको दशाको कारक बनिरहेको छ। दक्षिणतिर करिब १३५ करोड जनसंख्या भएको भारत र उत्तरतिर करिब १५० करोड जनसंख्या भएको चीन छन्। पछिल्लो समय चीनको आर्थिक भोल्युम निरन्तर बढ्दो छ र विश्वको सबैभन्दा ठूलो आर्थिक भोल्युम भएको देश बन्न यात्रारत छ। यता भारतपनि चीनको वृद्धिमा आफूलाई हाराहारीको स्तरमा पुर्‍याउन कसरत हुनु स्वभाविक हुने नै भयो। यी दुई देशको रस्साकस्सीमा नेपाल चेपुवामा पर्ने सम्भावना झन् बढिरहेको छ। पश्चिमाहरुको भारत केन्द्रित ‘इण्डो–प्यासिफिक’ रणनितीले एसिया क्षेत्रमा जस्तो खालको प्रतिस्पर्धा र केन्द्रीकरणको संकेतहरु देखाइरहेको छ, यसमा नेपाल जस्ता साना देशहरु स्वार्थका हिसाबकिताब अनुसार बिस्तारै चेपुवामा पर्दै जानेछन् र यसले पनि हाम्रो सामाजिक, आर्थिक र राजनीतिक वृत्तमा संकटहरु निम्त्याइरहनेछन् । जसरी चीनको आर्थिक भोल्युम बढिरहेको छ। विश्वबजारमा उसको लगानी बिस्तार भइरहेको छ। यसमा भारतलाई आधार बनाएर पश्चिमाले चीन घेर्ने जस्तो रणनीति अपनाइरहेको संकेतहरु देखापरिरहेका छन् अनि स्वयम् भारत आफ्नो अस्तित्व र प्रगतिकोे उछालमा तरंगित हुँदैछ यसले अवश्य पनि भूराजनीतिक तनाव उत्पन्न हुने नै छ। यसमा आफ्नो राष्ट्रिय हित अनुरुपको नीति अवलम्बन गर्न चुक्यौं भने नेपाल अर्को संकटको भूमरीमा फस्नेछ। जसको केही संकेतहरु समेत देखापर्दैछ।

यसरी, अन्तर्राष्ट्रिय आयामको कारणले उत्पन्न हुने/भइरहेको उथलपुथल र अस्थिरता नेपालको दशाको बाह्य कारणको बनेको छ। यसमा नेपालको राजनीतिक नेतृत्व र राज्यसंन्त्रले आजको परिस्थितिसँग संवाद गर्ने सामर्थ्य निर्माण गर्ने र विश्व बजार र दुई छिमेकी विशाल अर्थतन्त्रसँग राष्ट्रिय हित अनुकूलको नीति अवलम्बन गर्न चुक्नु हुँदैन। अन्यथा, यसको असरले नेपाललाई अकल्पनीय भूमरीको दुश्चक्रमा धकेलिदिनेछ।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

सन् १८५० देखि १९०० सम्मको रुस र चीनको सम्बन्ध

1 year ago
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

8 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.