Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

देशको दशा र दिशा – श्रृंखला २

नेपाल रिडर्स नेपाल रिडर्स
भदौ १९, २०७६
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अघिल्लो लेख(देशको दशा र दिशा– श्रृंखला १)मा देशको दशा बिग्रिनुमा आन्तरिक कारणहरुबारे चर्चा गरियो। यो लेखमा भने बाह्य, विशेषगरी विश्व र क्षेत्रीय भूराजनीतिक कारणले नेपालमा सिर्जना हुने/भएका समस्याका पक्षहरुबारे चर्चा गरिने छ।

    आफ्ना ‘वस्तु(माल)’हरुको निमित्त निरन्तर विस्तृत बजारको आवश्यकताले पूँजीपतिवर्गलाई संसारको कुना कुनासम्म दौडाउँछ। ऊ सबैतिर घुस्छ, सबैतिर जरो गाड्छ र सबैतिर सम्पर्क राख्छ। विश्वबजारको शोषणद्वारा पूँजीपतिवर्गले सबै देशहरुको उत्पादन र खपतलाई सार्वभौमिक रुप दिएको छ– मार्क्स–एंगेल्स(कम्युनिस्ट पार्टीको घोषणापत्र)
    आजको विश्वपूँजीवादी समाजमा पूँजीवादको साङ्लोले कसैलाई पनि बाँध्न बाँकी राखेको छैन। हर एक मानिस मात्रै नभएर हर एक जीव र वस्तु प्रत्यक्ष–परोक्ष रुपले पूँजीवादी साङ्लोमा जकडिएको छ। तसर्थ, कुनैपनि देशको दशामाथि मडारिने कालो वा बादलको कारक तत्व भनेको विश्वपूँजीवाद नै हो। यसकारण नेपाल जस्तो साना भनिएपनि वस्तुतः सस्तो श्रम वा कच्चा पदार्थ उत्पादनकर्ता र ‘माल’को बजारको रुपमा रहेका देशहरु तत्काल वा बिस्तारै विश्वपूँजीवादमा आउने संकटको अंशियार हुनपुग्दछ।

    भर्खरै निधन भएका समाजशास्त्री इम्मानुएल वालेस्टाइन र उनका बौद्धिक समकक्षी(ए.जी.फ्रयाङ्क, समीर अमीन)हरुले ‘विश्व व्यवस्था दृष्टिकोण’ र ‘परनिर्भरता’को सिद्धान्त प्रतिपादन गरे। जुन, वस्तुतः मार्क्सहरले घोषणापत्रमा भने झैं पूँजीवादले विश्वपरिस्थितिमा निर्माण गरेको सम्बन्ध र सम्पर्कको सिकञ्जाको पछिल्लो भौतिक विश्लेषणको कडी हो भन्न सकिन्छ। जसमा, पुँजीवादले विश्वका देशहरुबीच केन्द्र र परिधिको सोपान तयार पार्ने अनि केन्द्र र परिधि राष्ट्रहरुबीचको असमान र शोषणपूर्ण सम्बन्ध र यसले निम्त्याउने संकटहरुबारे विशद चर्चा गरिएको छ। जसअनुसार विश्वको कुनैपनि देश छुट्टै स्वतन्त्र इकाइ हुन सम्भव छैन। बरु विश्व आर्थिक व्यवस्थाको प्रत्यक्ष–परोक्ष अंश वा अंगको रुपमा जेलिएको हुन्छ र त्यो देश विश्व सामाजिक–आर्थिक र राजनीतिक परिघटनाको अंशियार हुनपुग्दछ। किनकि, केन्द्रले पुँजी सञ्चयको दौरान परिधि राष्ट्रहरुमा जस्तो खालको कडीहरुको निर्माण गरेको हुन्छ, केन्द्रको अतिसञ्चयले निम्त्याउने संकटहरुले ती परिधि राष्ट्रहरुमा समेत प्रत्यक्षतः असर पारिहाल्दछ।

    यो परिघटना अनुसार, जसरी विश्वको आर्थिक केन्द्रको रुपमा रहेको पश्चिम युरोप र अमेरिकामा पछिल्लो समय उथलपुथलको तरंग सिर्जना भइरहेको छ, यसले विश्वका ती तमाम देशहरुलाई प्रत्यक्ष–परोक्ष रुपमा प्रभावित गरिरहेको तथ्यलाई नजरअन्दाज गर्न सकिँदैन। विश्व सभ्यताको नेतृत्वदायी भूमिकामा रहेको भनिएका अमेरिका र युरोपमा संकटका संकेतहरु पर्याप्त मात्रामा उत्पादन भइरहेछन्। डोनाल्ड ट्रम्पको राष्ट्रपतिको रुपमा उदय हुनु कुनै एउटा व्यक्तिको हार वा जीतको विषय मात्रै थिएन। वस्तुतः पश्चिमा समाजमा उत्पादन हुँदै गएको सामाजिक खण्डीकृत मानसिकता, अतिवादी र असहिष्णु चिन्तनको उपज हो भन्ने ट्रम्पको चुनावी मुद्धा, जीत र कार्यव्यापारबाट प्रमाणित हुँदै गइरहेको देखिन्छ। मेक्सिकोको सिमानामा पर्खाल लगाउने कुरा, चीनसँगको व्यापार–युद्ध, विभिन्न देशहरुप्रतिको असहिष्णुपूर्ण अभिव्यक्ति र सम्बन्ध, बेलायत युरोपियन युनियनबाट बाहिरिने कुराले निम्त्याएको युरोपेली संकट आदिका कारणले पश्चिमा केन्द्रको जग चर्मराएको छ। यसले अवश्य पनि विश्वव्यापी असरहरु सिर्जना भैरहेको छ। त्यसमा मध्यपूर्व, अरब क्षेत्रमा पश्चिमालले उत्पादन गरेको अस्थिरता, एसियामा चीनलाई घेर्ने रणनीति, पश्चिमाको भारत आधार बनाएर एसियामा प्रभाव जमाउने रणनीति आदिले यस क्षेत्रका साना मूलूकहरुसमेत प्रभावित हुने नै भए।

    अझ नेपाल जस्तो आन्तरिक रुपमा मजबुत हुन नसकेको, बिस्तारै अस्थिरताबाट बौरिँदै गरेको, संरचना र पद्धतिहरु व्यवस्थित र मजबुत हुन नसकेको, आजको विश्व समाज र परिवेशसँग सम्वाद गर्न सामर्थ्य निर्माण गरिनसकेको राजनीतिक र राज्यसंयन्त्र आदिको कारणले पनि नेपाल कम्पासहीन हुँदै गइरहेको छ।

    नेपालको करिब चालीस लाख युवा जनशक्ति विभिन्न विश्वबजारसँग रोजगारीमा जोडिएका छन्, कुल राष्ट्रिय बजेटको करिब आधा हिस्सा जति ती युवाहरुले पठाउने रेमिटान्सको मात्रा रहेको छ, त्यही रेमिटान्सले धानेको अर्थतन्त्रमा सबै उपभोग्य वस्तुहरुमाथिको निर्भरता दिन दुईगुणा–रात चारगुणाले बढिरहेको छ तर यो परिघटनासँग सम्वाद गर्ने, आफ्नो देश र जनता अनुकूलको नीति निर्माणमा राज्यसंयन्त्र र राजनीतिक नेतृत्व निर्माण हुनसकेको छैन। जसकारण, विश्वपूँजीवादी सिकञ्जालाई तोड्न वा व्यवस्थापन गर्न राज्य असमर्थ देखिन्छ।

    भूराजनीतिक परिस्थिति पनि नेपालको दशाको कारक बनिरहेको छ। दक्षिणतिर करिब १३५ करोड जनसंख्या भएको भारत र उत्तरतिर करिब १५० करोड जनसंख्या भएको चीन छन्। पछिल्लो समय चीनको आर्थिक भोल्युम निरन्तर बढ्दो छ र विश्वको सबैभन्दा ठूलो आर्थिक भोल्युम भएको देश बन्न यात्रारत छ। यता भारतपनि चीनको वृद्धिमा आफूलाई हाराहारीको स्तरमा पुर्‍याउन कसरत हुनु स्वभाविक हुने नै भयो। यी दुई देशको रस्साकस्सीमा नेपाल चेपुवामा पर्ने सम्भावना झन् बढिरहेको छ। पश्चिमाहरुको भारत केन्द्रित ‘इण्डो–प्यासिफिक’ रणनितीले एसिया क्षेत्रमा जस्तो खालको प्रतिस्पर्धा र केन्द्रीकरणको संकेतहरु देखाइरहेको छ, यसमा नेपाल जस्ता साना देशहरु स्वार्थका हिसाबकिताब अनुसार बिस्तारै चेपुवामा पर्दै जानेछन् र यसले पनि हाम्रो सामाजिक, आर्थिक र राजनीतिक वृत्तमा संकटहरु निम्त्याइरहनेछन् । जसरी चीनको आर्थिक भोल्युम बढिरहेको छ। विश्वबजारमा उसको लगानी बिस्तार भइरहेको छ। यसमा भारतलाई आधार बनाएर पश्चिमाले चीन घेर्ने जस्तो रणनीति अपनाइरहेको संकेतहरु देखापरिरहेका छन् अनि स्वयम् भारत आफ्नो अस्तित्व र प्रगतिकोे उछालमा तरंगित हुँदैछ यसले अवश्य पनि भूराजनीतिक तनाव उत्पन्न हुने नै छ। यसमा आफ्नो राष्ट्रिय हित अनुरुपको नीति अवलम्बन गर्न चुक्यौं भने नेपाल अर्को संकटको भूमरीमा फस्नेछ। जसको केही संकेतहरु समेत देखापर्दैछ।

    यसरी, अन्तर्राष्ट्रिय आयामको कारणले उत्पन्न हुने/भइरहेको उथलपुथल र अस्थिरता नेपालको दशाको बाह्य कारणको बनेको छ। यसमा नेपालको राजनीतिक नेतृत्व र राज्यसंन्त्रले आजको परिस्थितिसँग संवाद गर्ने सामर्थ्य निर्माण गर्ने र विश्व बजार र दुई छिमेकी विशाल अर्थतन्त्रसँग राष्ट्रिय हित अनुकूलको नीति अवलम्बन गर्न चुक्नु हुँदैन। अन्यथा, यसको असरले नेपाललाई अकल्पनीय भूमरीको दुश्चक्रमा धकेलिदिनेछ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      मार्क्सवादसँगै डराइरहेको मार्क्सवादी !

      बलराम तिमल्सिना
      बैशाख १५, २०८१

      एकजना मार्क्सवादी छ त्यसो त धेर‌ै अरु पनि छन । हुनलाई ऊ माक्सवादी हो तर नढाँटी भन्नु पर्दा अचेल ऊ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.