Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सुवास नेम्वाङलाई एसएमएस : ‘छातीमा हात राखेर भन्नुहोस् त कमरेड!’

nepal_readers nepal_readers
माघ ४, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेकपा विभाजनको असर राजनीतिज्ञलाई मात्र होइन महत्वपूर्ण ओहोदामा बसेका ठूलाबडालाई पनि परेको देखिन्छ । राजनीतिक मित्रहरू धेरै भएका उच्चपदस्थ सरकारी अधिकारीहरू समेत नेता तथा कार्यकर्ताको गुनासो सुन्न बाध्य छन् । गृहजिल्ला संखुवासभा र गृहनगर खाँदबारी भएका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई नेकपाको वैधानिकताबारे सोध्दै धेरै जनाले ‘महत्वपूर्ण पद र स्थानमा हुनुहुन्छ । अब जिल्लाले शीर उँच पार्ने कि नीच ?’ भनेर म्यासेज पठाउन थालेका छन् ।

    कतिपय म्यासेजमा खाँदबारी तथा चैनपुरबाट ‘विधि, नीति र कानुनी राज देखाउने जिम्मेवारी काँधमा आएको छ । साथै, यो एउटा अवसर पनि हो है !’ भनेर सम्झाएको भाषामा लेख्नेहरु पनि भेटिएका छन् । यता, कनिष्ठ सचिव प्रमुख आयुक्त र आफूभन्दा वरिष्ठहरू आयुक्त भएको अवस्थामा आन्तरिक व्यवस्थापनमा पनि त्यत्तिकै सजगता अपनाउनुपर्ने बाध्यतामा थपलिया रहेको बताइन्छ ।

    उनीहरूका अनुसार, निजामती सेवाको उच्च तहबाट सेवानिवृत्त भइसकेको र अरु पाँच बर्ष संवैधानिक जिम्मेवारीमा रहने हुनाले अब उत्पात् कमाउन र गुमाउन नपर्ने हुँदा थपलिया नेतृत्वको आयोगले न्याय दिने विश्वास गरिएको छ । नेकपाका एकजना कार्यकर्ताले आफूले ‘नाम र शीर उँचो पार्ने हो भने कानुनबमोजिम निर्णय गर्नुको विकल्प छैन, कलंकको टीका नलगाउनुहोस्, फलानोको दाइ, भाइ, बाउ, काका, भिनाजु, ज्वाईंले यस्तो नराम्रो काम ग-यो भनेको सुन्न नपरोस् है !’ भनेर सचेत गराउँदै थपलियालाई जानकारी गराएको बताएका छन् ।

    उता, हालै अख्तियारमा नियुक्त पूर्व गृहसचिव प्रेम राई पनि संखुवासभाकै हुन् । संखुवासभाका अधिकांशले ‘राई नराम्रा मान्छेचाँहि होइनन् है !’ भनेका छन् । उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलाई फोकटमा विवादमा पारिदिएको बताए । प्रशासनिक संयन्त्रमा राम्रा र अब्बल भनेर चिनिएका राईलाई ओलीले मन पराउनुको कारण पनि उहाँको प्रशासनिक क्षमता र निपुणता नै हो ।

    एकपटक राई सचिव हुँदा आफ्नै भाइ खाँदबारीस्थित मालपोत कार्यालयमा सरुवा भए । त्यहाँ काम गर्न असहज भएपछि यसो सजिलो कार्यालयमा सरुवाको कुरो गर्दा उहाँले सबैका भाइको सरुवा प्रक्रियागत ढंगले हुने भएकाले त्यसमा मेरो भन्नु केही छैन भनेर तटस्थ बसिदिएको चर्चा अहिले पनि चल्ने गर्छ । त्यहि कुरो थाहा पाएका एकजना स्थानीय कार्यकर्ता भन्छन् ‘भाइको लागि नियम कानुन नमिच्नेले अरुको लागि मिच्छन् भनेर सोच्न पनि सकिँदैन ।’

    तुलनात्मक रूपमा निकै बोलक्कड र चलाख मानिएका थपलियाले बरु स्थानीय मन्त्रालयमा सचिव हुँदा यसो बजेट मिलाएर जिल्लामा परियोजनाहरू पार्नुभएको थियो । तर, राईले आफ्नो भनेर न जिल्ला, न मान्छे कसैलाई पनि नियम मिचेको पाइएन । उहाँले सँधै ‘मेरालागि सबै जिल्ला बराबर’ भन्दै आउनुभयो । एकपटक राईले भन्नुभएको थियो ‘आफ्नो जिल्ला भनेर केही बजेट थप गर्नु एउटा प्रशासकको लागि गलत हो, त्यो मेरो धर्म होइन ।’ तर, त्यस्ता मान्छेलाई प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरुलाई सताउने (ललिता निवास प्रकरण) काममा लगाइदिएको भन्दै संखुवासभाका धैरै जनाले चित्त दुःखाएको पाइन्छ ।

    यही मेसोमा नेकपाको संसदीय दलका पूर्व उपनेता सुवास नेम्वाङलाई पनि खाँदबारी र चैनपुरबाट केही शुभचिन्तक र कार्यकर्ताले मोबाइलमा सन्देश पठाएको स्रोतको दाबी छ । उनीहरूले प्रतिनिधिसभा विघटनपछि लेखेको म्यासेजमा ‘छातीमा हात राखेर भन्नुहोस् त कमरेड, कानुनसम्मत भयो कि भएन ? तपाईंले बनाएको संविधानसम्मत भयो कि भएन ? यस्तो अवस्थामा पनि तपाईंलाई भोक लाग्छ ? निन्द्रा लाग्छ ? चित्त बुझेको छ ?’ भनिएको छ तर त्यसरी लेखिएका अधिकांश सन्देशको जवाफ नपाएको म्यासेजकर्ताहरूले गुनासो गरेका छन् ।’

    उनीहरूका अनुसार हामीजस्ता अगुवा कार्यकर्तालाई स्पष्टसँग जवाफ नदिने हो भने तल्लो तहमा रहेका कार्यकर्तासँग कसरी भिज्ने ? अवस्था अप्ठेरो छ । तर, बालुवाटारले जात्रा र तमाशा देखाएको छ । गुह्य कुरो खुलाएको छैन । उनीहरू भन्छन्– ‘आफ्नो कारण जनता र मुलुकले दुःख नपाओस् भनेर सोच्नुपर्ने प्रधानमन्त्रीले उल्टो सोच्नुको कारण बुझिनसक्नु छ ।’ संविधानमा एक थोक लेखिएको छ, काम अर्कै गरेपछि जिल्लामा रहेकाहरूले आँखामा पट्टी बाँधेर गान्धारी नै हुनुपर्ने अवस्था आएको गुनासो छ । -जनआस्था

     

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.