उदयपुरको कोरोना भाइरस प्रभावित क्षेत्रमा संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा तत्काल चार सय २० जनाको पिसिआर टेस्ट गरिनुपर्ने जनाइएको छ।
उदयपुरमा हालसम्म संक्रमण पुष्टि भएका २१ जनाको कन्ट्याक्ट ट्रेसिङका आधारमा यो तथ्यांक निकालिएको हो। उदयपुरमा हालससम्म तीन सय ३६ जनाको पीसिआर टेस्ट गरिएको छ भने तीमध्ये २१ जनामा संक्रमण पुष्टि भएको छ।
मुस्लिम धर्म प्रचारक समूह तब्लिगी जमातीको टोली आएर गत चैत ४ गते भुल्के मस्जिद र चैत १ देखि ४ गतेको बीचमा शिवाही मस्जिदमा आएर बसेको थियो। संक्रमितहरु यही समूहका हुन्। यसबीचमा उनीहरुको सम्पर्कमा आएका सबैको तथ्यांक लिएर उनिहरुको पिसिआर टेस्ट गर्ने तयारी भइरहेको जनाइएको छ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा भुल्के मस्जिद आसपासका ५२ मुस्लिम परिवारका २ सय १७ जना र शिवाही मस्जिद आसपास रहेका चार वटा टोलमा रहेका ५३ घरका ३ सय ६५ जनामा पनि पीसिआर टेस्ट गर्नुपर्ने सुझाव दिइएको थियो। उदयपुरको जोगिदहका १५ र मोतियाहीका २० जना मुस्लिम पनि संक्रमितको सम्पर्कमा आएको बताइएको छ।
संक्रमितसँग देउरीका पाँच जना, जलजलेका १० जना र गाइघाटका पाँच जना पनि सम्पर्कमा आएकाले उनिहरुको पनि पीसिआर टेस्ट गरिनुपर्ने बताइएको छ। कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये केहीको पीसिआर टेस्ट भने गरि सकिएको छ।देशसञ्चार