Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Tuesday, January 20, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

किन हालियो माइक पोम्पेओ र सीआईएमाथि मुद्दा ?

यूसी ग्लोबल स्पेनको एउटा निजी सुरक्षा कम्पनी हो। सीआईएले यही कम्पनीलाई असान्जलाई भेट्ने आगन्तुहरूको फोन र ल्यापटपका फोटो तथा भेटघाटका भिडियोहरू आफूलाई पठाउन लगाएको थियो।

मारोरी कोहन मारोरी कोहन
भदौ ८, २०७९
- यो हप्ता, समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडर दूतावासमा भेट्न गएका वकिल र पत्रकारहरूले सीआईए, माइक पोम्पेओ, यूसी ग्लोबल कम्पनी र त्यसका निर्देशक डेभिड मोरालेसविरुद्ध मुद्दा दायर गरेका छन् । सीआईएले आफूहरूमाथि निगरानी गरेको आरोप लगाई अमेरिकी अदालतमा उनीहरूले मुद्दा दायर गरेका हुन्।

    लन्डनको जेलमा कैदी बनाइएका असान्ज यतिखेर अमेरिकी सुपुर्दगीविरुद्ध लड्दै छन्। अमेरिकी युद्ध अपराध र अपराधका योजनाहरू खुलासा गरेर ‘अमेरिकी गुप्तचर कानुन उल्लङ्घन गरेको’ आरोप असान्जमाथि लगाइएको छ। यस आरोपमा उनले १७५ वर्षको कैद सजाय पाउने अनुमान छ। ७ वर्ष असान्जले बेलायतस्थित इक्वेडर दूतावासमा शरण लिएर बसे। त्यस क्रममा उनलाई १ सय भन्दा बढी वकिल, पत्रकार र डाक्टरहरूले भेटेका थिए। उनलाई भेट्नेहरूमध्ये अमेरिकी अदालतमा उनको पक्षका बहस गर्न तयार वकिलहरू, अन्तर्राष्ट्रिय मानव अधिकारका वकिलहरू, राष्ट्रिय सुरक्षामा चासो लिने पत्रकारहरू, डाक्टर र स्वास्थ्यकर्मीहरू समेत पर्छन्।

    यूसी ग्लोबल स्पेनको एउटा निजी सुरक्षा कम्पनी हो। सीआईएले यही कम्पनीलाई असान्जलाई भेट्ने आगन्तुहरूको फोन र ल्यापटपका फोटो तथा भेटघाटका भिडियोहरू आफूलाई पठाउन लगाएको थियो। ‘तिनीहरूले असान्ज बस्ने कोठाहरूमा कसैले थाहा नपाउने गरी रेकर्डिङ उपकरण र क्यामराहरू जडान गरेका थिए। उनले जे गर्छन् त्यो सबै वासिङटनमा प्रत्यक्ष प्रसारण हुन्थ्यो,’ अधिवक्ता रिचर्ड रुथले एक रेडियो कार्यक्रममा बताएका छन्। उनले नै सीआईएविरुद्ध मुद्दा दायर गरेका हुन्। उनले भने, ‘उनीहरूले जुलियन असान्जलाई सकेसम्म घुँडा टेकाउन चाहेको स्पष्ट देखिन्छ ।’

    प्रतिवादी मोरालेसले आफ्ना कर्मचारीहरू सामु यूसी ग्लोबलले ‘ठूलो खेल’ खेल्ने र सीआईएसँगै ‘अन्धकार’ मा हिँड्ने उद्घोष गरेको अभियोगपत्रमा लेखिएको छ। यूसी ग्लोबलमा पहिले काम गर्ने कर्मचारीहरूले बताएअनुसार अवैध निगरानीबाट संकलन गरिएका सूचनाहरू सीआईएलाई बेच्ने सम्झौता भएको थियो।

    वादी पक्षमध्ये चारैजना व्यक्ति अमेरिकी नागरिक हुन्। उनीहरूले अमेरिकी कानुनको चौथो संशोधनमा प्रत्याभूत गरिएको ‘बिनाकारण सोधखोजबाट छुटकारा दिलाउने’ आफ्नो हक खोसेको आरोप लगाएका छन्। सीआईएले आफ्नो निजी कुराकानी सार्वजनिक गरेकोमा उनीहरूले क्षतिपूर्ति तथा दोषीउपर सजायको माग गरेका छन्। साथै, उनीहरूले आफूसँग जोडिएका सीआईएका दस्तावेजहरू नष्ट गर्न पनि माग गरेका छन्। एकजना वादी देबोरा हर्बेक हुन्। उनी मिडियासम्बन्धी वकिल हुन्। उनले पनि धेरैचोटि असान्जलाई भेटेकी थिइन्।

    एक पत्रकार सम्मेलन हर्बेकले भनिन्, ‘त्यहाँ पुग्दा जुलियनको सुरक्षाका लागि कडा नियम बनाइएको हामीलाई बताइयो। पहिलो हातामै सुरक्षा गार्डसामू पासपोर्ट, मोबाइल फोन, क्यामेरा, ल्यापटप, रिकर्डिङ उपकरण र अन्य विद्युतीय उपकरण बन्द गरियो। मजस्ता व्यक्तिहरूले जुलियनलाई दूतावासको सभाहलमा भेट्दै गर्दा अर्को कोठामा गार्डहरूले हाम्रा फोनहरू जाँच्दा रहेछन्, सीम कार्डहरू निकालेर हाम्रा विद्युतीय उपकरणबाट सूचनाहरू डाउनलोड गर्दा रहेछन्। धेरै पछि स्पेनको अदालतमा भइरहेको अनुसन्धानबाट मात्र हामीले यो कुरा थाहा पायौँ।’

    अधिवक्ता मार्ग्रेट राटनर कुन्स्टलर अर्की वादी हुन्। उनी असान्जको कानुनी समूहकी सदस्य हुन्। पत्रकार सम्मेलनमा उनले भनिन्, ‘फौैजदारी वकिलको नाताले भन्छु, तपाईँका योजनाहरू के हुन्, तपाईँले के गर्दै हुनुहुन्छ भनी गरेका कुराकानी विपक्षीले सुन्नुजत्तिको खराब अरू हुन्न। यसलाई अमेरिकी अदालतले घातक ठान्छ। यस्तो गर्दा प्रायः त मुद्दा नै खारेज हुन्छ।’ पत्रकारहरू जोन गोएज र चाल्र्स ग्लास पनि वादी हुन् । उनीहरूले इक्वेडरको दूतावासमा असान्जको अन्तर्वार्ता लिएका थिए।

    चौथो संशोधनमात्र होइन, आरोपीहरूले वकिल–सेवाग्राही र डाक्टर–रोगी सहुलियतको हक पनि उल्लङ्घन गरेको रुथको भनाइ छ। यो मुद्दा दायर हुनुभन्दा झन्डै एक वर्षअघि ‘याहु समाचार’ ले एउटा रिपोर्ट छापेको थियो। रिपोर्टमा सीआईएले असान्जलाई दूतावासबाट अपहरण गरेर उनको हत्या गर्ने योजना बुनेको खुलासा गरिएको थियो। विकिलिक्सले सन् २०१७ मा सीआईएको ‘भोल्ट ७’ कार्यक्रम सार्वजनिक गरिदिएपछि सीआईएका तत्कालीन प्रमुख पोम्पेओ रुष्ट थिए।

    त्यस कार्यक्रममार्फत सीआईएले कुनै पनि व्यक्तिको फोन र स्मार्ट टीभी ट्याप गरेर तिनलाई सुन्ने उपकरणमा फेर्न सक्ने थियो । सो खुलासालाई सीआईएले ‘सीआईएको इतिहासमा सबैभन्दा ठूलो क्षति’ भन्यो। पोम्पेओले विकिलिक्सलाई ‘राज्यइतरको आक्रामक गुप्तचर निकाय’ भनेर आरोप लगाए। सीआईए र अमेरिकी सरकारका वरिष्ठ अधिकारीहरूले असान्ज हत्याको ‘खाका’ र ‘विकल्प’ सोच्न आदेश दिए। ‘याहु समाचार’ को रिपोर्टअनुसार डोनाल्ड ट्रम्प आफैले ‘सीआईएले असान्जको हत्या गर्न सक्छ कि सक्दैन भनेर सोधे र आफूलाई त्यसो गर्ने ‘विकल्पहरू’ दिन भने’।

    सन् २०१९ मा ट्रम्प सरकारले असान्जमाथि मुद्दा दायर गरेको थियो। इराक, अफगानिस्तान र ग्वान्टानामोमा अमेरिकाले गरेका युद्ध अपराधका प्रमाणहरू सन् २०१० मा विकिलिक्सले प्रकाशित गरेको थियो। विकिलिक्सलाई ती सूचना चेल्सी म्यानिङले उपलब्ध गराएका थिए। म्यानिङ अमेरिकी ‘विसलब्लोअर’ वा सचेतक हुन्। विकिलिक्सले सार्वजनिक गरेका सामग्रीहरूमा सन् २००७ को एउटा हत्या भिडियो पनि थियो। त्यसमा अमेरिकी सेनाको अपाचे हेलिकप्टरबाट बगदादका निहत्था नागरिकहरूमाथि गोली चलाएको देख्न सकिन्छ।

    त्यस गोलीबारीमा परेर कम्तीमा १८ जना सर्वसाधरण मारिएका थिए। तीमध्ये दुईजना ‘रोयटर्स’ का पत्रकार थिए र एकजना ती घाइतेको उद्दारमा आएका व्यक्ति थिए। गोलीबारीमा दुईजना बालबालिका घाइते भए। त्यसपछि एउटा सैन्य ट्याङ्क आयो र एउटा मान्छेको शवलाई कुल्चेर दुई टुक्राटुक्रा पा¥यो। त्यो भिडियो जिनेभा अभिसन्धि र अमेरिकी सैन्य निर्देशिकाले परिभाषित गरेअनुसार तीनवटा युद्ध अपराधको प्रमाण थियो।

    अघिल्ला सरकारहरूको तुलनामा ओबामा सरकारको पालामा धेरै ‘विसलब्लोअरहरू’ (गोप्य सूचनाहरू बाहिर ल्याउने व्यक्ति) माथि मुद्दा दायर गरियो । तर ओबामा सरकारले असान्जमाथि मुद्दा दायर गर्न मानेन किनभने विकिलिक्सले ‘द न्युयोर्क टाइम्स’ ले गरेकै काम गरेको थियो। सत्य सूचना प्रकाशित गर्नाले कुनै पनि पत्रकार वा मिडियालाई गुप्तचरी कानुनअन्तर्गत मुद्दा चलाइएको थियो। सार्वजनिक चासोको विषयमा तेस्रो व्यक्तिले अवैध रूपमा प्राप्त गरेको सूचना प्रकाशित गर्ने पत्रकारहरूलाई अमेरिकी कानुनले सुरक्षाको हक दिएको छ। अमेरिकी सरकारले कहिल्यै पनि पत्रकार वा मिडियालाई गोप्य सूचना प्रकाशित गरेकोमा मुद्दा हालेको छैन। पत्रकारितामा यस्ता सूचनाहरू आवश्यक हुन्छन्।

    तैपनि, बाइडेन सरकारले असान्जमाथि मुद्दा लगाउने र सुपुर्दगी गर्ने प्रयासहरू जारी राख्यो। २०२१ जनवरीमा बेलायती न्यायाधीश भेनेसा बाराइटसरले असान्जको सुपुर्दगीलाई अमान्य ठहर गरेकी थिइन्। असान्जको मानसिक स्थिति कमजोर भएको र त्यस स्थितिमा जेलको कष्ट झेल्नाले उनले आत्महत्या गर्नसक्ने न्यायाधीशको तर्क थियो।

    तर बाइडेन सरकारले असान्जसँग मानवीय व्यवहार गरिने भन्दै ‘आश्वस्त’ पार्न खोज्यो। त्यसपछि बेलायती उच्च अदालतले बाराइटसरको फैसला उल्टाइदियो । जबकि सीआईएले असान्जको हत्याको योजना बनाएको खबर पहिले नै बाहिर आइसकेको थियो। तर, बेलायती उच्च अदालतले असान्जको अपिल सुन्न मानेन। बाराइटसरले असान्जको मुद्दाबारे महत्वपूर्ण कुरा प्रकाश पारिन्। अमेरिकी अदालतले (वकिल–सेवाग्राही र डाक्टर–रोगीजस्ता) सहुलियत प्राप्त कुराकानीको निगरानीबाट प्राप्त प्रमाणहरूलाई मान्यता नदिने बताइन्।

    उनले लेखिन्, ‘सहुलियत प्राप्त कुराकानी र गुप्तचरीबाट प्राप्त सूचनालाई सरकारी वकिलले मान्यता नदिने र अमेरिकी कानुनको हकमा यस्ता सूचनालाई असान्जको मुद्दामा प्रयोग गर्न नसकिनेबारे अमेरिका सचेत हुनसक्छ ।’ अमेरिकाको कानुनी बन्दोबस्तअनुसार असान्जले सहुलियत प्राप्त सामग्रीमा आधारित कुनै पनि प्रमाणलाई आफ्नो मुद्दाबाट हटाउन निवेदन दिन सक्छन्।’
    जुलाई १ मा असान्जले बेलायती उच्च अदालतमा फैसला पुनरावलोकन गर्न अपिल गरे। त्यसमा यस्ता बुँदा छन्ः

    १. संयुक्त अधिराज्य अमेरिका र बेलायतबीच भएको सुपुर्दगी सन्धिले राजनीतिक अपराधमा सुपुर्दगी गर्न दिँदैन। ‘गुप्तचरी’ राजनीतिक अपराध हो।

    २. असान्जलाई सुपुर्दगी गर्न मिल्दैन किनभने अमेरिकी अनुरोध असान्जको राजनीतिक धारणामा आधारित छ।

    ३. सुपुर्दगीको अनुरोधले प्रक्रिया मिचेको छ किनभने यो राजनीतिक पूर्वाग्रहमा आधारित छ र यसपछाडिको नियत असल छैन।

    ४. असान्जविरुद्ध लगाइएका आरोपहरू मापदण्डअनुरूप छैनन् किनभने ती आरोपहरू अमेरिका र बेलायत दुवै देशमा आपराधिक मानिँदैनन्।

    ५. सुपुर्दगी दमनकारी र अन्यायपूर्ण छ किनभने असान्जले तथ्य बाहिर ल्याएको धेरै समय बितिसकेको छ।

    ६. सुपुर्दगीका कारण असान्जको वाक् स्वतन्त्रता र खुला इजलासको अधिकार उल्लङ्घन हुनेछ। साथै, यसबाट अमानवीय र अपमानजनक व्यवहारमाथि लगाइएको रोक भङ्ग हुनेछ। मानव अधिकारसम्बन्धी युरोपेली अभिसन्धिले यस्तो व्यवहारमा रोक लगाएको छ।

    यतिमात्रै होइन, अब असान्जले इक्वेडरको दूतावासमा छँदा आफूलाई अपहरण र हत्या गर्ने सीआईएको षड्यन्त्रबारे विषय उठान गर्न सक्छन् । भोलि असान्जलाई असमयमै सुपुर्दगी गरियो, मुद्दा चलाइयो, दोषी ठह¥याइयो र जेलमा हालियो भने त्यसले खोज पत्रकारिता जगतमा एकदमै लाजमर्दो सन्देश जानेछ। खोज पत्रकारिताले नै सरकारका बेइमानपूर्ण हर्कतहरूको खुलासा गर्दै आएको छ।

    पत्रकार एमा गुडम्यानसँग कुराकानी गर्दै उनले भने, ‘असान्जमाथि मुद्दा चलाउनु राष्ट्रिय सुरक्षासँग सम्बन्धित पत्रकारितालाई अपराध करार गर्नु हो ।’ यो पत्रकारिताको मर्ममाथिकै प्रहार हो। उनले भने, ‘गोप्य सूचनादाताको सुरक्षा गर्नु, तिनीहरूसँग गोप्य बातचित गर्नु, स्रोतसामग्री जम्मा गर्नु, गोप्य सूचनाहरू प्रकाशित गर्नु। यी कुरा नै खोज पत्रकारिता र खासगरी राष्ट्रिय सुरक्षासँग सम्बन्धित पत्रकारिताका आधारस्तम्भ हुन्।’ आजको दिन जुलियन असान्जमात्र नभई खोज पत्रकारिताको अस्तित्वसमेत जोखिममा छ ।

    ‘ट्रयुथ आउट’बाट सम्यकको अनुवाद/अनलाइन मजदुर)

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      मारोरी कोहन

      मारोरी कोहन

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.