Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

सर्वोच्चमा एक बहसवापत २ लाख ! अग्नी र नेम्बाङलाई भने ‘बिबन्धन’

nepal_readers nepal_readers
माघ २, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    एकातिर बहालवाला सभामुखलाई धेरै वर्षअघि आफ्नै नेता गिरिजाप्रसादसँग भिडेका सभामुखले बचाव गर्ने निधो लागेको छ । अर्कातिर, प्रधानमन्त्रीसहित महान्यायाधिवक्ता र संसदीय दलका उपनेताहरू ‘विवन्धन (estoppel)’ को फन्दामा पर्ने भएपछि राजाको शासनकालका महान्यायाधिवक्ता र ‘राजा आऊ देश बचाऊ’ अभियानका हस्तीहरु प्रधानमन्त्रीको पक्षमा खुल्ने तयारी छ १ यस्तो छ, आजैदेखि सर्वोच्च अदालततिर देखिने रमिताको बान्की ।

    यससँगै आजै दिनभरमा नेपाल बारका पूर्वअध्यक्षहरूको एउटै बोलि, अनि अमेरिका, भारतलगायत मुलुकबाट मानवअधिकार र संवैधानिक क्षेत्रमा क्रियाशील चर्चित व्यक्तित्वहरुको चिन्ता र चासोयुक्त प्रकट हुने सम्भावना छ ।

    पुस ५ को प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै सर्वोच्च अदालतमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखसमेतलाई विपक्षी बनाई दायर भएको रिटउपर बहालवाला सभामुख अग्नि सापकोटाको पक्षबाट पूर्वसभामुख दमननाथ ढुंगानाले बहस गर्ने हुनुभएको छ । यसरी संविधान र संसदीय सर्वोच्चतासँग गाँसिएको मुद्दामा वाम–प्रगतिशीलसँगै प्रजातान्त्रिक खेमाका कानुन व्यवसायीले मुख मिलाउनुलाई लोकतान्त्रिक अभ्यासको उत्कृष्ट नमुनाका रूपमा लिइएको छ ।

    त्यस्तै, सभामुख सापकोटाको पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली र श्याम खरेलले पनि वकालतनामा पेश गर्दै हुनुहुन्छ । विघटित प्रतिनिधिसभामा नेकपा सांसदहरूको तर्फबाट प्रमुख सचेतक देव गुरुङसहितले दायर गरेको रिटउपर पक्षबाट बहस गर्ने कानुन व्यवसायी मिलाउने काममा गोविन्द बन्दीको सक्रियता छ । उक्त रिटउपरको बहसमा त्यही पक्षबाट शम्भु थापा, हरिहर दाहालहरूले बहस गर्न लाग्नुभएको छ ।

    त्यस्तै, नेपाल बारका पूर्वअध्यक्ष विश्वकान्त मैनाली, सिन्धुनाथ प्याकुरेल, सर्वज्ञरत्न तुलाधर, हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का, शेरबहादुर केसीबाट संसद विघटनलाई असंवैधानिक भन्दै संयुक्त वक्तव्यको मस्यौदा तयार भएको बुझिएको छ । पुनःस्थापना पक्षधर कानुन व्यवसायीको बुझाइअनुसार पूर्वप्रधानन्यायाधीशहरूको सामुहिक धारणापछि प्रधानमन्त्री र उहाँ पक्षधर ‘साइबर सेना’ तात्तिएका छन्, अब बारका पूर्वअध्यक्षहरूको साझा धारणा आएपछि त्यो तताई त्यतातिर खनिन्छ । पूर्वअध्यक्षमध्ये विश्वकान्त र सिन्धुनाथ अमेरिकामा हुनुहुन्छ । तर, बारको वर्तमान नेतृत्व र पुनःस्थापना पक्षधर कानुन व्यवसायीको नियमित सम्पर्कमा रहनुभएको एकजना वरिष्ठ अधिवक्ताले जनआस्थालाई बताए ।

    लाख–लाखका कुरा

    यही मुद्दामा मुख्य विपक्षीमध्येका हुनुहुन्छ, सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री । त्यसो त सरकारलाई विपक्षी बनाइएको मुद्दामा सरकारको पक्षबाट बहस गर्न महान्यायाधिवक्तासहित ६ सय २५ जना सरकारी वकिल नै छन् । यो संख्या अधिकृत र सोभन्दा माथिल्लो दर्जाको भयो । त्यसबाहेक सरकारी वकिल समूहमा करिब दुई सय हाराहारीमा राजपत्रअनंकित कर्मचारी (खरिदार, सुब्बास्तर) छन् । तर, तिनले मात्रै नपुगेपछि अहिले निजी वकिल राख्नलाई विभिन्न व्यक्तिसँग कुराकानी चलाइएको छ । प्रधानमन्त्रीको सचिवालयमा कानुनविज्ञका रूपमा नियुक्त भएका अधिवक्ता बाबुराम दाहाल र निकटस्थ मानिने रमेश बडालहरूमार्फत कुरा चलाइएकामध्ये सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदाताकाका महान्यायाधिवक्ता सुशीलकुमार पन्तसँग भने कुरा मिल्ने–मिल्ने अवस्था छ । स्रोतका अनुसार पूरै मुद्दा हेरेबापत शुरुमा ६ लाख रुपैयाँ र प्रतिबहस २ लाख रूपैयाँ उहाँको स्ट्याण्डर्ड दस्तुर हो । पन्तसँगै कांग्रेस पृष्ठभूमिका वरिष्ठ अधिवक्ता महादेव यादवसँग पनि बालुवाटारको सम्पर्क छ । देउवा निकट विजय मिश्र र खम्बबहादुर खातीसँग पनि बालुवाटारले सम्पर्क राखेको छ ।

    विवन्धनको फन्दा

    सुवास नेम्वाङ र अग्नि खरेल राजनीतिक रूपमा मात्रै हैन, वकिलका रूपमा पनि उत्तिकै वरिष्ठ, अनि क्षमतामा काविल मानिनुहुन्छ । तर, यतिबेला उहाँहरूमाथि आइपरेको छ, विवन्धनको फन्दा ।

    ‘विवन्धन’ बारे प्रमाण ऐन २०३१, परिच्छेद ५ को दफा ३४ ले गरेको परिभाषा यस्तो छ, ‘कुनै व्यक्तिले लेखेर, वचनले या आचरणद्वारा कसैलाई कुनै कुरा यस्तो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिबारे चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन ।’ -जनआस्थाबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.