Date
शनि, माघ १०, २०८२
Sat, January 24, 2026
Saturday, January 24, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

स्वस्थानीलाई आदर्शीकरण गर्दा बलात्कारलाई कसरी बेठीक भन्ने ?

सरिता तिवारी सरिता तिवारी
माघ २६, २०७७
- सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    स्वस्थानी कथालाई लिएर एउटी ‘विद्वान’ महिलाले एक अन्तर्वार्तामा भनिन्, ‘७ वर्षकी गोमा र ७० वर्षका शिव शर्माबीच बिबाह भएको कुरालाई लिएर स्वस्थानी कथालाई समग्रमै गलत भन्न हुन्न । त्यो बेलामै त्यस्तै हुन्थ्यो । मेरै हजुरबाले समेत त्यसरी कलिली बालिकासँग बिहे गर्नुभएको हो ।’

    उनको दलील यस्तो छ, ‘आज यति सानासाना बालिकाको बलात्कार र हत्या हुन्छ । उसो भए १०० वर्षपछिको समाजले आजको समाज पनि गलत थियो भन्दैन र ?’

    हो, अवश्य भन्छ ।

    त्यसैले त महिलामाथि हुने हिंसामा कडा प्रतिरोध गरौैं नत्र भोलिको पुस्ताले हामीलाई के भन्ला भन्नुपरेको हो । ‘त्यो बेलामा त्यस्तै हुन्थ्यो’ भन्ने कुरामै पनि भोलिको पुस्ताले त्यो बेलामा अर्थात् आज न्यायकै फिरादमा महिनौंसम्म सडक संघर्ष भएको, लेखेर–बोलेर प्रतिकार र खबरदारी गरेको रेकर्ड पनि त पक्कै हेर्ला !

    त्यतिखेर कसले के गर्दै थियो? स्वस्थानीजस्ता कथाको आदर्शीकरण गर्दै थियो कि कथित संस्कृतिद्वेषी परम्परा भत्काउने, अराजक भनिइने र सनातनवादीका गाली खाइने जोखिम खपेर पनि प्रतिवादमा उत्रेको थियो भनेर पनि त अध्ययन र अनुसन्धान गर्ला !

    यी ‘विद्वान’ तिनै हुन् जसले महिलाको व्यक्तित्व र औपचारिकताका लागि सारीचोलो नै लाउनुपर्छ भनेको विषय केहि पहिले विवादित भएको थियो । इतिहासको भौतिकवादी र वैज्ञानिक बुझाइबिनाका यस्ता ‘विद्वान’हरू व्यक्तिगत उन्नति र निश्चित घेराको प्रगतिलाई नै मुख्य साध्य ठान्छन् । महिलामाथी हुने सबै प्रकारका दमन र हिंसामा मुख्यत : अर्थ राजनीति र त्यसैले निर्धारण गरेको संस्कृति, कथा, गाथा र प्रचलन जिम्मेवार हुन्छन् भन्ने कुरासम्म यिनीहरू कहिल्यै पनि पुग्दैनन् ।

    हिंसाको चुरो अर्थराजनीतिमा छ । त्यसको उपोत्पादका रूपमा रहेको संस्कृतिमा छ । स्वस्थानीलगायतका असंख्य पुस्तक र महिलाको अस्तित्वविरोधी सबैखालका कथाहरु यस्तै हिंसाका प्रवर्द्धक हुन् । आज भइरहेका बलात्कार र हत्याका अप्रत्यक्ष उत्प्रेरक पनि यस्तै कथा हुन् ।

    तपाईंलाई कुनै कथामाथि या कुनै संस्कारमाथि विशेष अनुराग हुन सक्छ । अनुराग राख्न पाइन्छ तर हिंशा प्रवर्द्धन गर्ने पुस्तक र प्रचलनको सार्वजनिक महिमागान गर्नु अघि हजारौंपल्ट सोच्नुस्, कतै तपाईं पनि भविष्यमा हुनसक्ने अर्काे कुनै जघन्य अपराधको परोक्ष प्रेरक त बन्दै हुनुहुन्न ?

    महिलामाथिका तमाम हिंशाका मुद्दालाई गफ गर्ने, ’जागीर खाने’ र घुमघाम गर्ने कस्मेटिक विषय मात्रै नबनाऊँ विद्वानजीहरु ! इतिहासले सराप्ला !

    (तिवारीको फेसबुकबाट। तस्वीरः काठमाण्डुपोस्ट)

     

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सरिता तिवारी

      सरिता तिवारी

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      झलक सुवेदी
      अशोज २६, २०८०

      गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमाथि यस अघि कल्पना नगरिएको स्तरको एकीकृत हमला गरेपछि अहिले पश्चिम एशिया क्षेत्रमा तनाव...

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      नेपाल रिडर्स
      अशोज २०, २०८०

      विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.