स्विजरल्याण्डका महिलाहरुले समान काम गर्दापनि पुरुषलाई बढि र महिलालाई कम ज्याला दिएको भन्दै बिरोध गरेका छन् । गत साता समान कामको समान ज्यादा दिनुपर्ने माग राखेर पाँच लाख भन्दाबढि प्रदर्शनीमा उत्रिएका थिए । समाजमा वालवालिका हेर्ने, तिनको जिम्मेवारी लिनेलाईपनि समान ज्याद दिनुपर्ने बहस शुरु गरेका छन् ।
स्विजरल्याण्डमा उपचारका क्रममापनि महिलामाथि भेदभाव हुने गरेको, ज्याला कम दिने गरिएको र पुरुष समान काम गर्दापनि महिलालाई २० प्रतिशत कम ज्याला दिने गरिएको आरोप महिलाकर्मीहरुले लगाएका छन् । महिलामाथि अपमान हुने गरेको, काम र परिवारलाई संयोजन गर्न कठिन हुने गरेकोले महिलाहरु मर्कामा परेको गुनासोपनि उनीहरुको छ ।
यस वर्ष ज्यूरिख, बर्न, बासेल, लोजान र बेलिनजोनाका महिलाहरूले मुख्य नारा समान कामको समान भन्ने लगाएका छन् । उनीहरुले अन्य नारीवादी मागलाई पनि प्रतिबिम्बित गरेका छन् । प्रदर्शनीमा सहभागिहरु मध्ये अन्यले वातावरणीय मुद्दाहरू उठाएका थिए । केहिले जातिय भेदमा ध्यान केन्द्रित गरे । संयुक्त राज्य अमेरिकाको पुलिस हिरासतमा एक अफ्रिकी(अमेरिकी व्यक्तिको मृत्यु पछि भएको विश्वव्यापी प्रदर्शनकोपनि उनीहरुले समर्थन गरेका छन् ।
लोजान शहरमा महिलाहरूले राति नै पहिलो पटक जुलुस प्रदर्शन गरेका थिए । स्विजरल्याण्डका प्रसिद्द १५ जना सम्मिलित उनीहरुले सारा समाजको ध्यान तान्न त्यसो गरेको जनाएका छन् । “विश्वभरिका महिलाहरुसँग हाम्रो एकता” भन्ने नारा तिनले लगाएका थिए ।
उनीहरुले बासेल, जेनेभा, फ्रिबर्ग लगायतका शहरमापनि प्रदर्शन गरेका थिए ।महिलाहरुले प्रदर्शनीकालागि बैजनी रङको लुगा पहिरेका थिए । यो रङलाई आन्दोलन गर्दा नेत्रित्वलागि आधिकारिक रङका रुपमा लिँदै आएका छन्। – नेपाल प्लस