भाद्र १० । घरेलु हिंसाको कारण मृत्यु हुने महिलाहरुको संख्या अन्य यूरोपीय देशहरुको तुलनामा स्विट्जरल्याण्डमा कैयन उच्च छ, युरोपीय राज्यको आकंडाको आधारमा ले मतीन डिमान्चले एक रिपोर्टमा बताएका छिन्।
यूरोस्टेटएक्स्टर्नल लिङ्क अनुसार, सन् २०१७ मा ग्रीसमा ०.१३, स्पेनमा ०.२७, छिमेकी इटलीमा ०.३१ र संयुक्त राज्यको ०.३५ को तुलनामा प्रति एक लाख महिलामा ०.४० हत्याहरु भए। तथापी, स्विट्जरल्याण्डका अन्य छिमेकमा उच्च दर नै देखिन्छस् जस्तो कि फ्रान्समा ०.५० र जर्मनीमा ०.५५ सम्म छ।
नोरा मार्कवालडर, सेन्ट ग्यालेन विश्वविद्यालयको अपराधशास्त्रका सहायक प्रोफेसरले न्यूजपेपरएक्सटर्नल लिङ्कलाई बताइन् कि सन् १९८० र १९९० को दशकमा, स्विट्जरल्याण्डमा सामान्यतया हत्या दर कम रह्यो। अझ घरेलु परिवेशमा कम थियो। यस्तो हुनुमा २००० को दशकको शुरुआतमा सेनाको संख्यामा कमीका साथ-साथै ‘घरमो हथियारमाथि राम्ररी नियन्त्रण राख्न विभिन्न कानूनी उपायहरुले भूमिका निभाएको हुनसक्छ’ उनले बताइन्। साथै उनले औंल्याइन् कि अधिकाङ्स हत्या छुरीले भएका छन्।
घरेलु हिंसा पीडित विशेषज्ञ वकिल लोरेला बर्टानीको भनाइ छ कि ‘तथ्याङ्कको आधारमा, उमेरसमूह अनुसार, धूम्रपान, मद्यपान र सडकदुर्घटनाबाट भन्दा घरेलु हिंसाले महिलाहरुको ज्यान लिन्छ’। उनी भन्छिन्, हत्या यसकारण हुनेगर्छ किनकि कैयन पुरुष महिलाहरुलाई आफ्नो संपत्ति ठान्छन्। बर्टानी थप के भन्छिन् भने युवाहरुलाई महिलामाथि आदर गर्न सिकाउँदै हिंसाको रोकथामका लागि धेरै कामहरु गर्नु जरुरी छ।
सुरक्षाको अझै खाँचो
जुलाईमा सरकारले घरेलु हिंसा र आक्रमणमा परेकाहरुलाई सुरक्षा दिन केही घोषणा गरेको छ। यसमा पीडीतलाई कानूनी प्रक्रियामा प्रमुख कर्ताको जिम्मेवारी लिई राख्नु नपर्ने प्रावधान पनि छ। यो प्रावधान किन महत्वपूर्ण छ भने पीडितले दवावमा मुध्दा फिर्ता लिन चाहेपनि मुध्दा जारी रहने अवस्था बन्छ। यो नियम जुलाई २०२० बाट लागू हुनेछ। स्राेत: Swishinfo ch