Saturday, February 27, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

पार्टी एकता नटुङ्गयाउँदा एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय हुनु नेकपालाई ठूलो क्षति – प्रचण्ड

by नेपाल रिडर्स
September 27, 2019
- समाचार
पार्टी एकता नटुङ्गयाउँदा एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय हुनु नेकपालाई ठूलो क्षति – प्रचण्ड
Share on FacebookShare on TwitterEmail

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब पार्टी निर्माणमा ठूलो फड्को मारिने बताएका छन् । शुक्रबार नेकपा सम्पर्क समन्वय कमिटीको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘झन्डै एक वर्ष कुखरासँग लुटपुटियौं, अब चिलझैं उडान भर्छौं।’ पार्टी एकतापछि एक वर्ष १० लाख कार्यकर्ता निष्क्रिय बस्दा ठूलो क्षति भएको भन्दै उनले १५ महिना लगाएर भए पनि पार्टी एकता टुंगिनु उपलब्धिमूलक भएको बताए। ‘कम्युनिस्टहरु चिल हुन्, उड्न थालेपछि आकासको त्यो उचाइमा पुग्छन्, जहाँ अरु पुग्न सक्दैननन्,’ उनले भने।

हिजोका भूतप्रेतले टाउको उठाउने बल नगर्न चेतावनी दिएका छन्। नेकपा सम्पर्क समन्वय कमिटिद्वारा शुक्रबार आयोजित सम्पर्क भेला, बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले ठूला भूतप्रेत मन्साएको पार्टीलाई सानातिनाले फरक नपर्ने बताए। ‘भूत प्रेतहरुलाई कसरी मन्सिनुपर्छ हामीलाई थाहा छ’, अध्यक्ष दाहालले भने, ‘पार्टी एक भइसकेको छ, अब हाम्रो विशाल शक्ति एकसाथ मैदानमा उत्रिँदा भूतप्रेतहरुको हालत के होला? हामीले हिजो निकै बलियो भनिएका भूतप्रेतलाई पुरेर यहाँसम्म आएका हौँ।’ पार्टी एकता टुंगिएकाले अब जनता र कार्यकर्तासँग एउटै मन र विचार बनाएर अघि बढ्ने बाचा पनि अध्यक्ष दाहालले गरेका छन्।

‘१० लाख पार्टी कार्यकर्ता भएको पार्टी, ५० लाख भन्दा बढी जनवर्गीय संगठनका सदस्य भएको पार्टी हो नेकपा’, उनले भने, ‘अब यो सबै शक्ति लिएर पार्टी जनताको घर घरमा पुग्छ। यो शक्ति एकैसाथ जनताको घरघरमा पुग्दा प्रतिक्रियावादीको मुटु हल्लिन्छ।’ कसैले होहल्ला गर्दैमा यो पार्टी चुप लागेर बस्छ भन्‍ने सोच्नु गलत हुने उनले बताए। ‘हामी आफ्नो बाटोमा हिँडिरहेका छौँ’, उनले भने, ‘पार्टी चुप लागेर बस्दैमा कमजोरी नसोच्नु। अर्को दसैँ तिहारमा हाम्रो पार्टी कुन ठाउँमा पुग्छ? प्रतिक्रियावादीहरुले पर्खिए हुन्छ।’ अध्यक्ष दाहालले अबका कयौँ वर्ष नेकपाले नै चुनाव जित्ने बताए।

‘अबका कयौँ ५ वर्ष जनताको लोकप्रिय मतसहित जित्छौँ’, उनले भने, ‘हामी सानो हुँदा त कसैले चलाउन सकेन अब त हामी विशाल भएका छौँ।’ अध्यक्षले दाहालले अब नेकपाले हार्छ भन्नु कमजोरी हुने उल्लेख गरे। ‘हामी हार्छौँ भन्नु त्यो भन्दा कमजोरी केही हुँदैन’, उनले भने, ‘हामीले बाहेक अरुले जितेर यो देशको भलो हुनेवाला छैन।’ प्रतिक्रियावादीको दयाले नभई नेतृत्वको असाधारण पहलकदमी र आफ्नै पौरखले यो ठाउँमा आइपुगेको उनले बताए।

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
नेपाल रिडर्स

नेपाल रिडर्स

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

संयुक्त राज्य अमेरिका र चीनका बीचको पहिलो शसस्त्र मुठभेट

1 year ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.