कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै सार्वजनिक जग्गा हडप्नेहरु रहेको बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै उनले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताए । नेकपाका सचिावलय सदस्यसमेत रहेका पोखरेलले पार्टीभित्र सार्वजनिक जग्गा हड्प्न खोज्ने व्यक्ति रहेको बताए ।
उनले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टी भित्रै पनि रहेको बताएका हुन् । उनले भने, ‘सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने? हामीहरु भित्रै समस्या छन् । म तपाईहरुलाई तोकेर भन्न चाहन्न । हामी भित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन्। यो गलत चिज हो। यसको विरुद्ध जुध्नुपर्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’
मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले छिमेकी भारतसँग तत्काल कुराकानी गरेर सीमास्तम्भ पुनःस्थापित गर्न र मिचिएको जमिनको अवस्था यकिन गर्न सरकारलाई निर्देशन दिएको छ । भारतले सीमानामा बनाउन लागेको सडक एवं तटबन्धका कारण नदीहरुको प्राकृति बहाव रोकिने र बाढीको खतरा झनै बढ्ने बिवरण पेश गर्दै सांसदहरुले तत्काल वार्ता थाल्न आग्रह गरेपछि समितिले ५ बुँदे निर्देशन दिएको हो ।