Sunday, March 7, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home समाचार

चार मन्त्रालयसँग समन्वय गर्न कृषि मन्त्रालयको छलफल तीव्र

by पत्रपत्रिकाबाट
March 1, 2020
- समाचार
चार मन्त्रालयसँग समन्वय गर्न कृषि मन्त्रालयको छलफल तीव्र
Share on FacebookShare on TwitterEmail

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो योजना र कार्यक्रममा सहजीकरण गर्न विभिन्न मन्त्रालयलसँग समन्वय समिति गठन प्रक्रिया अघि बढाएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रम कार्यन्वनयन गर्न महत्वपूर्ण भूमिका रहने वन तथा वातावरण, भूमी तथा सहकारी र सिंचाई मन्त्रालयका मन्त्री र सचिवसँगको दोहोरो छलफलपछि एक समिति गठन गरिएको, एउटा समिति ब्यूँताइएको र केही छलफलको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयको विभिन्न कार्यक्रमको बजेट र नीतिमा सहकार्य तथा समस्याको गाँठो फुकाउन तत्काल छलफल गर्ने गरी चार मन्त्रालयलसँग थालिएको छलफल र सम्वाद अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतले बतायो ।वन तथा वातावरण, भूमी तथा सहकारी र उर्जा तथा सिंचाई मन्त्रालयसँग मन्त्री र सचिवस्तरमा छलफल सकिएको छ । जसमध्ये उर्जा मन्त्रालयसँग समन्वय गर्न दुई मन्त्रालयलबीच ६ सदस्सीय सहसचिवस्तरीय समिति गठन भएको छ भने वन तथा वातावरण मन्त्रालयअन्र्तगत रहेको पुरानो एक समितिलाई ब्यूँताईएको छ ।

गठन भएको समितिमा ऊर्जा मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव, सिंचाइँ विभागका महानिर्देशक र विद्युत् विकास विभागका उपकार्याकारी सदस्य छन् भने कृषि मन्त्रालयबाट योजना माहाशाखा सह सचिव, कृषि व्यवसाय प्रर्वधन माहाशाखा सहसचिव र कृषि पूर्वाधार महाशाखाको सहसचिव समितिमा रहेका छन् ।

यो समितिलाई दुई मन्त्रालयबीच सम्बन्ध राख्ने हरेक विषयमा आपसी समझदारी र सहकार्य गर्ने कार्यदेश रहेको मन्त्रालयले जनाएको छ ।यस्तै राष्ट्रिय कृषि वन नीति कार्यन्वयन गर्न बनेको कृषि सचिव नेतृत्वको समितिलाई वन तथा वातावरण मन्त्रालय अन्र्तगत समन्वय गर्न ब्यूँताइएको छ । वन, वातावरणसँग जोडिने कृषि र पशुपंछिको समस्यामा यो समितिले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।भूमि तथा सहकारी व्यवस्था मन्त्रालयसँग पनि मन्त्री र सचिवस्तरीय छलफल सकिएको छ । सहकारी मोडलमा स्थानीय तहमा रहेका ससाना कृषि सहकारीलाई समेटेर आपसि सहकार्यमा अघि बढ्ने मन्त्री र सचिवस्तरीय सहमति भएको मन्त्रालयले जनाएको छ । जनशक्ति व्यवस्थापनको तयारी नपुगेका कारण यी दुई मन्त्रालयको बीचको समन्वय गर्न समिति गठन हुने चरणमा रहेको बताइएको छ ।

कृषि र पशुपन्छीसँग सबै भन्दा धेरै सरोकार राख्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलसँग मात्रै अब छलफल बाँकी छ । दुई मन्त्रालयको समन्वय समिति बनाउने गरी एक दुई दिनमा नै मन्त्रीस्तरीय छलफल हुने मन्त्रालयले जनाएको छ ।कृषि तथा पशुपन्छीसहित पाँच मन्त्रालयको आपसी सहकार्यविना कृषिको लक्ष्य पूरा नहुने देखेपछि यसरी काम अघि बढाइएको कृषि मन्त्री घनश्याम भुषालका सचिवालय प्रमुख डा।गंगा आचार्यले बताए । ‘समस्या पहिचान गरेर मन्त्रीज्यू समाधानको र्फमूला बनाउँदै हुनुहुन्छ, यो त्यसैको निरन्तरता हो,’ डा। आचार्यले भने । अनलाइनखबर

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

संयुक्त राज्य अमेरिकामा चीनियाँ आप्रवासको समस्या र निराकरणका प्रयाशहरु

1 year ago
दलाल पुँजीवादलाई बोकेर समाजवाद आउदैन – घनश्याम भूसाल

ल्याटिन अमेरिकामाथि सिआईएको असफल हस्तक्षेपहरू – शृंखला २ (ब्राजिल)

2 years ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.