Wednesday, March 3, 2021
  • Login
  • Register
No Result
View All Result
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result
Home यो हप्ता

मिलेनियम च्यालेञ्जको ‘च्यालेन्ज’

by पत्रपत्रिकाबाट
November 9, 2019
- यो हप्ता, समाचार, सामयिक
मिलेनियम च्यालेञ्जको ‘च्यालेन्ज’
Share on FacebookShare on TwitterEmail

नेपालको राष्ट्रिय राजनीतिमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन चर्चाको केन्द्रमा छ। आगामी राजनीतिको उठापटक यसैको सेरोफेरोमा घुम्ने निश्चित छ। दक्षिण एशियामा यो अमेरिकी रणनीतिको ‘ट्रयाक’ खोल्ने प्रारम्भिक रुपरेखा हो। आर्थिक विकास गरेर गरिबी निवारण गर्ने यसको तुरुप हो। यस्तो तुरुप आफैमा हास्यास्पद लाग्छ। आर्थिक विकास गरेर गरिबी निवारण हुने कुरा रुप पक्षको बुझाइ हो। तर, सारमा यसले अर्थ–वितरणलाइ सन्तुलनमा ल्याउन नसक्ने हो भने आर्थिक विकासले गरिबी निवारण गर्न सक्तैन। अमेरिकी योजनाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको बाहिर प्रचारित गुत्थी कुरा यही नै हो। तर यसको अन्तर्य भने गम्भीर छ। त्यो गम्भीरतालाई राष्ट्रिय बहसमा नलाने हो भने नेपालको भू–राजनीतिमा यसले नकारात्मक परिणाम दिनेछ।

नेपाल दक्षिण एसियामा मिलेनियम च्यालेञ्ज कर्पोरेसनमा सहमति गर्ने पहिलो देश हो। हालै मात्र अमेरिकी विदेश मन्त्री माइकल रिचर्ड पम्पिओले उत्तर कोरिया विरुद्ध संयुक्त राष्ट्र संघले लगाएको नाकावन्दीको समर्थन र तिब्बती शरणार्थीलाई चीन फर्काउन नहुने शर्त राखेको कुरा सार्वजनिक भएपछि नेपाललाइ मिलेनियम च्यालेञ्ज घाँटीमा अड्केको हड्डी सरह हुन पुगेको छ।

हिन्द–प्रशान्त ट्रयाक

मिलेनियम च्यालेञ्ज कर्पोरेशन अमेरिकाले अघि सारेको हिन्द–प्रशान्त रणनीति ओसार्ने ‘ट्रयाक’ हो। एसिया–प्यासेफिक रणनीतिले चीनको द्रुत आर्थिक विकास र रणनैतिक विस्तारलाई रोक्न नसकेपछि अमेरिकाले नयाँ हिन्द–प्रशान्त रणनीतिलाई अघि सारेको हो। यो रणनीतिको गोरेटो विस्तार गर्न प्रारम्भिक रुपमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई अगाडि सारेको कुरामा मत बझाई रहनु पर्ने कुनै आवश्यकता छैन। यूएसएआइडी जस्ता अमेरिकी संस्थाको कार्यक्रमकै विफलताको कारण पनि यस्ता संगठनहरु अगाडि आएका हुन्।

यसअघि ‘क्वाड’ जस्ता अमेरिकाको रणनैतिक साझेदार बनाउने संगठन पनि यस क्षेत्रमा निर्माण भइसकेका थिए। अमेरिकाको नेतृत्वमा बनेको क्वाडमा जापान, भारत, अष्ट्रेलिया सहभागी छन्। तर, यो संगठन निस्क्रिय प्रायः भइसकेको छ । भारत–अमेरिका व्यापारमा चिसोपन आएपछि यो संगठनको औचित्य समाप्त प्रायः भएको हो। अमेरिकाले भारतीय सामानमा अत्याधिक निर्यात कर लगाएपछि व्यापारमा चिसोपन आएको हो। अमेरिकाले भारतबाट निर्यात हुने दुई दर्जन बढीवस्तुमा कर लगाएपछि व्यापारिक सम्बन्धमा चिसोपन आयो। अमेरिकाले आफ्नो रणनीतिमा भारतलाई ल्याउन वाध्य पार्ने तुरुपको रुपमा व्यापारिक दवाव बढाएको थियो। तर, भारतले अमेरिकाबाट आयात हुने सामानमा पनि कर वृद्धि गरेर जवाफ दियो। यसै मेलोमा क्वाडलगायत अमेरिकी संगठनबाट भारत पछि हट्यो। र, हिन्द–प्रशान्त रणनीतिमा पनि मौनता साँधेको हो।

भारतको अनमनपछि नै आफ्नो हिन्द–प्रशान्त रणनीतिलाई अगाडि बढाउन अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसनलाई नेपालमा स्थापित गराएर चीनलाई रोक्ने अर्को रणनीति बनाएको छ। यो रणनीतिको हैसियत नबुझ्नु अपरिपक्व कूटनीति हो या जानेरै यो धुरीमा जानु बिडम्बना हो।

के हो मिलेनियम?

ऊर्जा, क्षेत्रीय ऊर्जा शक्ति, कनेक्टिीभिटी, यातायातलाई सर्वसुलभ बनाउने र निजी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले अमेरिका सकारले बनाएको निगमको नाम नै मिलेनियम च्यालेञ्ज कर्पोरेशन हो। यो अमेरिकी सिनेटले ‘मिलेनियम च्यालेञ्ज एक्ट–२००३’ पारित गरेपछि सन् २००४ मा स्थापित निगम हो। यसले व्यानरमा आर्थिक वृद्धि गरि गरिबी निवारण गर्ने नारा राखेको छ। यो निगम छोटकरीमा एमसीसी नामले बहुप्रचारित छ। यो निगमको कम्प्याक्ट सदस्यको रुपमा दुई दर्जन देशमात्र सहभागी छन्। एसीयामा यो निगममा सहभागी हुने देश नगन्य छन्।

एमसीसी अमेरिकाले गरिब देशलाई दिने अनुदान होइन। उसले आफ्नो निगमका कार्यक्रममा सहभागी बनाउन गरिब देशहरुलाई आफ्नो धुरीमा तान्न खोजेको हो। जस अन्तर्गत यो कम्प्याक्टमा अमेरिकाले पाँच सय मिलियन डलर छुट्याए पनि नेपाललाई एक सय ३० मिलियन डलरको लगानी सहभागिता अनिवार्य गराइएको छ।

सम्झौतै सम्झौता

सन् २०१७ सेप्टेम्बर २०१७ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु निर्देशक जोननाथन नाशले सहमतिमा हस्ताक्षर गरेका थिए। यहीँदेखि नेपालको राष्ट्रिय राजनीतिमा मिलेनियम च्यालेञ्ज कर्पोरेसनले चर्चा पायो। त्यसपछि एकै पटक सन् २०१९ सेप्टेम्बर २९ तारिखमा नेपालमा सहमति भएको थियो। यो सहमतिमा एमसीसीका उपाध्यक्ष एन्थोनी वेल्चर तथा नेपालका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले हस्ताक्षर गरेका थिए । सन् २०१७ मा तत्कालीन मन्त्री कार्कीले गरेको सहमति प्रारम्भिक थियो। हालसालै डा. खतिवडासँग भएको सहमति निगमको कार्यक्रम कार्यान्वयन गर्ने हदको थियो।

षडयन्त्रै षडयन्त्र

यो सहमति जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको थियो। राष्ट्रपति सी चिनफिङ असोज २५ र २६ गते नेपाल भ्रमणको तयारीमा थिए। सीको भ्रमणको पूर्वसन्ध्यामा भएको यावत घटनाको विश्लेषण गर्ने हो भने एमसीसीको आयतन कति छ भन्ने प्रस्ट हुन्छ। सीको भ्रमणलाई नै असफल पार्ने गरी भएको यी प्रकरणले अमेरिकाले एमसीसीलाई दिएको महत्व थाहा हुन्छ।

यता असोज ११ गते प्रम केपी शर्मा ओलीले संसद सचिवालयको कारण एमसीसी विधेयक अल्मलिएको सार्वजनिक गर्नु, असोज १२ गते अमेरिकी नियोग कर्पोरेशनसंग सरकारको सहमति हुनु, असोज १३ गते महरा प्रकरण घट्नु एउटा संयोगमात्र थिएन। त्यसयता कार्तिक २ गते कान्तिपुर दैनिकमा प्रमं ओलीले दिएको अन्तरवार्ताले एमसीसी प्रकरण नेपालको राष्ट्रिय राजनीतिको ककपिटमा बसेको मुद्धा हो भन्ने पुष्टि भएको छ। त्यसयता लगातार एमसीसीको सार्वजनिक बहस केन्द्रमा रहनुले पनि यसको कित्ता सिँगारेको छ।

शेष फल

मिलेनियम च्यालेञ्ज कर्पोरेसन हिन्द–प्रशान्त रणनीतिमा जाने प्रस्थान विन्दु हो । चीनले अगाडि सारेको महत्वकांक्षी अर्थ–राजनैतिक कार्यक्रम ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ रणनीतिलाई सेबोटेज गर्ने यो अग्रिम अभियान हो। असन्तुलित विदेश नीतिलाई खोज्न यहाँभन्दा परतिर जानु पर्दैन। बुझ्नु पर्ने कुरा के हो भने यतिखेरको विश्व शित युद्धकालीन, एकल ध्रुवीय होइन। विश्व बहुध्रुवमा विभाजित छ। परम्परागत विश्व व्याख्याले आजको विश्वलाई परिभाषित गर्न सक्तैन।

यो मुद्धाले नेपालको राष्ट्रियता र भू–राजनीतिलाई प्रभावित गर्न सुरु गरिसकेको छ। विगतका राष्ट्रिय मुद्धाहरु द्विदेशीय वा क्षेत्रीयसम्मका हुन्थे। तर यो मुद्धाले बहुध्रुवीय विश्व राजनीतिलाई रंगाउने निश्चित छ। यस्तो राष्ट्रिय मुद्धालाई बहसमा नलगी अन्यत्रबाट संस्थागत गर्न खोजियो भने परिणाम प्रत्युत्पादक हुनेछ। नेपालको भूराजनीतिले एकै चक्के विदेश नीतिको माग गर्दैन। कमसेकम नेपालको वैदेशिक नीति छिमेकी मित्र देशलाई हेर्ने, एसियाली देशलाई व्याख्या गर्ने र बाँकी विश्वलाइ व्याख्या गर्ने तीन चक्के हुनु पर्छ, तब मात्र नेपालको राष्ट्रियता, स्वाधीनता सुरक्षित र संस्थागत हुनेछ। समयबद्ध साप्ताहिकबाट

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
पत्रपत्रिकाबाट

पत्रपत्रिकाबाट

Connect with us

Recommended

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

कोलम्बस भन्दा करीव २५०० वर्ष अघि नै चीनियाँहरू अमेरिका पुगेका थिए

3 years ago
निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

निकोलाई चाउचेस्कु: अति महत्वकांक्षाको दुर्दान्त अन्त्य

8 months ago

Popular News

    Facebook Twitter Youtube

    © 2021 Nepal Readers

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • दस्तावेज
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password? Sign Up

    Create New Account!

    Fill the forms bellow to register

    *By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.