Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
Friday, May 1, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

मिलेनियम च्यालेञ्जको ‘च्यालेन्ज’

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
कार्तिक २३, २०७६
- यो हप्ता, समाचार, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    नेपालको राष्ट्रिय राजनीतिमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन चर्चाको केन्द्रमा छ। आगामी राजनीतिको उठापटक यसैको सेरोफेरोमा घुम्ने निश्चित छ। दक्षिण एशियामा यो अमेरिकी रणनीतिको ‘ट्रयाक’ खोल्ने प्रारम्भिक रुपरेखा हो। आर्थिक विकास गरेर गरिबी निवारण गर्ने यसको तुरुप हो। यस्तो तुरुप आफैमा हास्यास्पद लाग्छ। आर्थिक विकास गरेर गरिबी निवारण हुने कुरा रुप पक्षको बुझाइ हो। तर, सारमा यसले अर्थ–वितरणलाइ सन्तुलनमा ल्याउन नसक्ने हो भने आर्थिक विकासले गरिबी निवारण गर्न सक्तैन। अमेरिकी योजनाको मिलेनियम च्यालेञ्ज कर्पोरेशनको बाहिर प्रचारित गुत्थी कुरा यही नै हो। तर यसको अन्तर्य भने गम्भीर छ। त्यो गम्भीरतालाई राष्ट्रिय बहसमा नलाने हो भने नेपालको भू–राजनीतिमा यसले नकारात्मक परिणाम दिनेछ।

    नेपाल दक्षिण एसियामा मिलेनियम च्यालेञ्ज कर्पोरेसनमा सहमति गर्ने पहिलो देश हो। हालै मात्र अमेरिकी विदेश मन्त्री माइकल रिचर्ड पम्पिओले उत्तर कोरिया विरुद्ध संयुक्त राष्ट्र संघले लगाएको नाकावन्दीको समर्थन र तिब्बती शरणार्थीलाई चीन फर्काउन नहुने शर्त राखेको कुरा सार्वजनिक भएपछि नेपाललाइ मिलेनियम च्यालेञ्ज घाँटीमा अड्केको हड्डी सरह हुन पुगेको छ।

    हिन्द–प्रशान्त ट्रयाक

    मिलेनियम च्यालेञ्ज कर्पोरेशन अमेरिकाले अघि सारेको हिन्द–प्रशान्त रणनीति ओसार्ने ‘ट्रयाक’ हो। एसिया–प्यासेफिक रणनीतिले चीनको द्रुत आर्थिक विकास र रणनैतिक विस्तारलाई रोक्न नसकेपछि अमेरिकाले नयाँ हिन्द–प्रशान्त रणनीतिलाई अघि सारेको हो। यो रणनीतिको गोरेटो विस्तार गर्न प्रारम्भिक रुपमा मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई अगाडि सारेको कुरामा मत बझाई रहनु पर्ने कुनै आवश्यकता छैन। यूएसएआइडी जस्ता अमेरिकी संस्थाको कार्यक्रमकै विफलताको कारण पनि यस्ता संगठनहरु अगाडि आएका हुन्।

    यसअघि ‘क्वाड’ जस्ता अमेरिकाको रणनैतिक साझेदार बनाउने संगठन पनि यस क्षेत्रमा निर्माण भइसकेका थिए। अमेरिकाको नेतृत्वमा बनेको क्वाडमा जापान, भारत, अष्ट्रेलिया सहभागी छन्। तर, यो संगठन निस्क्रिय प्रायः भइसकेको छ । भारत–अमेरिका व्यापारमा चिसोपन आएपछि यो संगठनको औचित्य समाप्त प्रायः भएको हो। अमेरिकाले भारतीय सामानमा अत्याधिक निर्यात कर लगाएपछि व्यापारमा चिसोपन आएको हो। अमेरिकाले भारतबाट निर्यात हुने दुई दर्जन बढीवस्तुमा कर लगाएपछि व्यापारिक सम्बन्धमा चिसोपन आयो। अमेरिकाले आफ्नो रणनीतिमा भारतलाई ल्याउन वाध्य पार्ने तुरुपको रुपमा व्यापारिक दवाव बढाएको थियो। तर, भारतले अमेरिकाबाट आयात हुने सामानमा पनि कर वृद्धि गरेर जवाफ दियो। यसै मेलोमा क्वाडलगायत अमेरिकी संगठनबाट भारत पछि हट्यो। र, हिन्द–प्रशान्त रणनीतिमा पनि मौनता साँधेको हो।

    भारतको अनमनपछि नै आफ्नो हिन्द–प्रशान्त रणनीतिलाई अगाडि बढाउन अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसनलाई नेपालमा स्थापित गराएर चीनलाई रोक्ने अर्को रणनीति बनाएको छ। यो रणनीतिको हैसियत नबुझ्नु अपरिपक्व कूटनीति हो या जानेरै यो धुरीमा जानु बिडम्बना हो।

    के हो मिलेनियम?

    ऊर्जा, क्षेत्रीय ऊर्जा शक्ति, कनेक्टिीभिटी, यातायातलाई सर्वसुलभ बनाउने र निजी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले अमेरिका सकारले बनाएको निगमको नाम नै मिलेनियम च्यालेञ्ज कर्पोरेशन हो। यो अमेरिकी सिनेटले ‘मिलेनियम च्यालेञ्ज एक्ट–२००३’ पारित गरेपछि सन् २००४ मा स्थापित निगम हो। यसले व्यानरमा आर्थिक वृद्धि गरि गरिबी निवारण गर्ने नारा राखेको छ। यो निगम छोटकरीमा एमसीसी नामले बहुप्रचारित छ। यो निगमको कम्प्याक्ट सदस्यको रुपमा दुई दर्जन देशमात्र सहभागी छन्। एसीयामा यो निगममा सहभागी हुने देश नगन्य छन्।

    एमसीसी अमेरिकाले गरिब देशलाई दिने अनुदान होइन। उसले आफ्नो निगमका कार्यक्रममा सहभागी बनाउन गरिब देशहरुलाई आफ्नो धुरीमा तान्न खोजेको हो। जस अन्तर्गत यो कम्प्याक्टमा अमेरिकाले पाँच सय मिलियन डलर छुट्याए पनि नेपाललाई एक सय ३० मिलियन डलरको लगानी सहभागिता अनिवार्य गराइएको छ।

    सम्झौतै सम्झौता

    सन् २०१७ सेप्टेम्बर २०१७ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका कामु निर्देशक जोननाथन नाशले सहमतिमा हस्ताक्षर गरेका थिए। यहीँदेखि नेपालको राष्ट्रिय राजनीतिमा मिलेनियम च्यालेञ्ज कर्पोरेसनले चर्चा पायो। त्यसपछि एकै पटक सन् २०१९ सेप्टेम्बर २९ तारिखमा नेपालमा सहमति भएको थियो। यो सहमतिमा एमसीसीका उपाध्यक्ष एन्थोनी वेल्चर तथा नेपालका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले हस्ताक्षर गरेका थिए । सन् २०१७ मा तत्कालीन मन्त्री कार्कीले गरेको सहमति प्रारम्भिक थियो। हालसालै डा. खतिवडासँग भएको सहमति निगमको कार्यक्रम कार्यान्वयन गर्ने हदको थियो।

    षडयन्त्रै षडयन्त्र

    यो सहमति जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा भएको थियो। राष्ट्रपति सी चिनफिङ असोज २५ र २६ गते नेपाल भ्रमणको तयारीमा थिए। सीको भ्रमणको पूर्वसन्ध्यामा भएको यावत घटनाको विश्लेषण गर्ने हो भने एमसीसीको आयतन कति छ भन्ने प्रस्ट हुन्छ। सीको भ्रमणलाई नै असफल पार्ने गरी भएको यी प्रकरणले अमेरिकाले एमसीसीलाई दिएको महत्व थाहा हुन्छ।

    यता असोज ११ गते प्रम केपी शर्मा ओलीले संसद सचिवालयको कारण एमसीसी विधेयक अल्मलिएको सार्वजनिक गर्नु, असोज १२ गते अमेरिकी नियोग कर्पोरेशनसंग सरकारको सहमति हुनु, असोज १३ गते महरा प्रकरण घट्नु एउटा संयोगमात्र थिएन। त्यसयता कार्तिक २ गते कान्तिपुर दैनिकमा प्रमं ओलीले दिएको अन्तरवार्ताले एमसीसी प्रकरण नेपालको राष्ट्रिय राजनीतिको ककपिटमा बसेको मुद्धा हो भन्ने पुष्टि भएको छ। त्यसयता लगातार एमसीसीको सार्वजनिक बहस केन्द्रमा रहनुले पनि यसको कित्ता सिँगारेको छ।

    शेष फल

    मिलेनियम च्यालेञ्ज कर्पोरेसन हिन्द–प्रशान्त रणनीतिमा जाने प्रस्थान विन्दु हो । चीनले अगाडि सारेको महत्वकांक्षी अर्थ–राजनैतिक कार्यक्रम ‘वेल्ट एण्ड रोड इनिसिएटिभ’ रणनीतिलाई सेबोटेज गर्ने यो अग्रिम अभियान हो। असन्तुलित विदेश नीतिलाई खोज्न यहाँभन्दा परतिर जानु पर्दैन। बुझ्नु पर्ने कुरा के हो भने यतिखेरको विश्व शित युद्धकालीन, एकल ध्रुवीय होइन। विश्व बहुध्रुवमा विभाजित छ। परम्परागत विश्व व्याख्याले आजको विश्वलाई परिभाषित गर्न सक्तैन।

    यो मुद्धाले नेपालको राष्ट्रियता र भू–राजनीतिलाई प्रभावित गर्न सुरु गरिसकेको छ। विगतका राष्ट्रिय मुद्धाहरु द्विदेशीय वा क्षेत्रीयसम्मका हुन्थे। तर यो मुद्धाले बहुध्रुवीय विश्व राजनीतिलाई रंगाउने निश्चित छ। यस्तो राष्ट्रिय मुद्धालाई बहसमा नलगी अन्यत्रबाट संस्थागत गर्न खोजियो भने परिणाम प्रत्युत्पादक हुनेछ। नेपालको भूराजनीतिले एकै चक्के विदेश नीतिको माग गर्दैन। कमसेकम नेपालको वैदेशिक नीति छिमेकी मित्र देशलाई हेर्ने, एसियाली देशलाई व्याख्या गर्ने र बाँकी विश्वलाइ व्याख्या गर्ने तीन चक्के हुनु पर्छ, तब मात्र नेपालको राष्ट्रियता, स्वाधीनता सुरक्षित र संस्थागत हुनेछ। समयबद्ध साप्ताहिकबाट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.