कोभिड–१९ को सुरुवात भएको वुहान शहर सामान्य जीवनमा फर्किँदै

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिलोपटक देखिएको चीनको वुहान शहर सामान्य जीवनमा फर्किने तयारीमा छ ।

विश्वका अरु क्षेत्रमा संक्रमण तीव्र गतिमा फैलिरहेका बेला वुहान शहर भने महामारीको चोटबाट निको हुने क्रममा देखिएको हो । गएको डिसेम्बरमा हुबेई प्रान्तको वुहान शहरबाट कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएको थियो ।कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मध्ये एक वुहान शहर लामो समयदेखि लकडाउन छ । तर आउँदो अप्रिल ८ देखि वुहानको लकडाउन आंशिक रुपमा फुकुवा हुने सरकारी अधिकारीले बताएका छन् ।

हुबेई प्रान्तभर लाग्दै आएको यात्रा प्रतिबन्ध मंगलबार मध्यरातदेखि फुकुवा भएको छ । स्वस्थ मानिसलाई यात्रामा अब कुनै प्रतिबन्ध नलाग्ने जनाइएको छ ।वुहानमा मंगलबार एकजना मात्रै कोराना भाइरसका नयाँ संक्रमित भेटिएका थिए । एक हप्तासम्म वुहानमा कोही पनि नयाँ संक्रमित भेटिएका थिएनन् मंगलबारअघि ।

फेसबुकबाट तपाईको प्रतिक्रिया