पार्टीको नेतृत्व र निर्णय सामूहिक हुन नसकेकाले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताउनुभएको छ । गैरेले अध्यादेश प्रकरण त त्यसको पछिल्लो कडी मात्रै भएको उल्लेख गर्नुभयो ।
पार्टीभित्र अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीलाई हटाउने कि राख्ने भन्ने मत बलियोसँग प्रकट भए पनि त्यो नै समस्याको समाधान नरहेको उहाँको भनाइ छ। नेता ठाकुरका अनुसार प्रवृत्ति उस्तै रहे कम्युनिष्ट पार्टीको शीर्ष पात्र फेर्दैमा कायापलट हुँदैन ।
पार्टीभित्र अहिले नै पुस्तान्तरणको सम्भावना नरहे पनि त्यसका लागि आवाज उठाउन शुरु गरिएको गैरेले बताउनुभयो । तर, युवा पुस्तामा पनि नेताको खास मान्छे भइए मात्रै लाभको पद र जिम्मेवारी पाइने भन्ने लोभ उस्तै रहेको उहाँको टिप्पणी थियो । कम्युनिष्ट बोलीले भन्दा आचरणले हुनुपर्नेमा त्यस्तो हुन नसकेको नेता गैरेले स्वीकार्नुभयो ।
कोभिड–१९: खोप विकासको राजनीति https://t.co/gJ9EJAguwK via @NepalReaders
— Nepal Readers (@NepalReaders) April 29, 2020










