Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Tuesday, February 10, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कोरोना भाइरस: सङ्क्रमणको अबको केन्द्र अफ्रिका हुनसक्ने डब्लुएचओको चेतावनी

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
बैशाख ७, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    राष्ट्र सङ्घीय अधिकारीहरूले यो महामारीले अफ्रिकामा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिसहरू गरिबीतर्फ धकेलिने बताएका छन्।गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो।त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ। अहिलेसम्म त्यो सङ्ख्या युरोप र अमेरिकाको भन्दा निकै कम हो।

    अफ्रिकाका लागि राष्ट्र सङ्घीय आर्थिक आयोगले त्यहाँ तीन लाख सम्म मान्छेको ज्यान जान सक्ने भन्दै सो महादेशको लागि बाह्य ऋण भुक्तानी स्थगनसहित करिब एक सय अर्ब डलरको सहायताको आह्वान गरेको छ।डब्ल्यूएचओका अनुसार भाइरस अफ्रिकी देशका राजधानी बाहिर फैलन सुरु भएको छ।अफ्रिकी महादेशमा महामारीसँग जुझ्न भेन्टिलेटरको अभाव भएको पनि उसले औँल्याएको छ।

    अफ्रिकाको एक तिहाइ भन्दा बढी जनसङ्ख्याको खानेपानीमा पहुँच छैन र शहरका करिब ६० प्रतिशत जनसङ्ख्या भिडभाडयुक्त झुपडबस्तीहरूमा बस्छन्- जुन भाइरस फैलिनका लागि उपयुक्त अवस्था बन्न सक्छ।

    अफ्रिकामा कति नराम्रो स्थिति छ?
    अफ्रिकाको जनसङ्ख्या १.३ अर्ब छ जसमध्ये १९ हजार जनामा सङक्रमण पुष्टि भइसकेको छ भने ९७० जनाको मृत्यु भइसकेको छ। उत्तरी अफ्रिका सबभन्दा नराम्ररी प्रभावित क्षेत्र हो। अल्जेरिया, इजिप्ट र मोरक्कोमा २००० जनामा सङ्क्रमण पुष्टि भएको छ।

    दक्षिण अफ्रिकामा २०००मा सङ्क्रमण पुष्टि भएको छ र ४८ जनाको ज्यान गएको छ। यो महादेशको सबभन्दा धेरै जनसङ्ख्या भएको नाइजेरियामा ४४२ जनामा सङ्क्रमण पुष्टि भएको छ र १३ जनाको मृत्यु भएको छ।

    युरोप र अमेरिकामा भन्दा किन थोरै सङ्क्रमण?
    डब्ल्यूएचओका अफ्रिका निर्देशक डा. मातशिडिसो मोइटीले बीबीसीका स्वास्थ्य संवाददातालाई अन्तर्राष्ट्रिय यात्रा कारक रहेको बताइन्। उनले भनिन्, ‘अफ्रिकाका मानिसहरू तुलनात्मक रूपमा थोरै मात्र अन्तर्राष्ट्रिय यात्रा गर्छन्।’तर भाइरस अफ्रिकामा पुगिसकेकाले उनको संस्थाले अरूतिर जस्तै अब द्रुत गतिमा भाइरस फैलिन्छ भन्ने धारणा अनुसार काम गरिरहेको छ।

    भाइरस अहिले कता फैलिरहेको छ?
    डा। मोइटीका अनुसार भाइरस अहिले दक्षिण अफ्रिका नाइजेरिया, आइभरी कोष्ट, क्यामरून र घानाका ठूला शहरबाट बाहिरी भेगमा सरिरहेको छ।अहिले पनि अफ्रिकाका १५ देशमा भाइरस नफैलिएको र यदि ती मुलुकहरूले सामाजिक दूरी कायम राख्ने काम गरे भने भाइरस नियन्त्रणमा रहने उनले बताइन्।

    खतरामा स्वास्थ्यकर्मी
    एनी मवाथ
    बीबीसी अफ्रिका स्वास्थ्य सम्पादक

    पहिलो सङ्क्रमण देखिएयताका सबैजसो सङ्क्रमण शहरी क्षेत्रमा पाइएका छन् जहाँ स्वास्थ्य सेवा लिने स्थलहरू नजिकै पर्छन्।तर ग्रामीण क्षेत्रमा भाइरस फैलियो भने उपचार सुविधा निकै कम वा नगन्य छ।

    यदि भाइरस फैलियो भने पहिले नै कमजोर स्वास्थ्य संरचनामाथि थप दबाव पर्नेछ।यदि इटली, स्पेन, फ्रान्स र अमेरिकाको जस्तो यहाँ सङ्क्रमण भइदियो भने खासगरी गम्भीर स्वास्थ्य सेवा लिनुपर्ने बिरामीहरूलाई मार पर्नेछ।

    स्वास्थ्यकर्मीहरूले पीपीइको अभावबारे गुनासो गरेका छन्। कोभिड-१९ छिटै सर्ने खालको रोग भएकाले स्वास्थकर्मीहरू बढ्ता जोखिममा परेका छन्।ट्युनिसियामा ६८ जना स्वास्थ्यकर्मीहरू सङ्क्रमित भएका छन् भने लाइबेरियामा १८ जना र नीजरमा ३२ जना सङ्क्रमित भइसकेका छन्।

    स्थिति कति बिग्रन सक्छ?
    डब्ल्यूएचओले गरेको प्रारम्भिक अनुमान अनुसार आगामी ३ देखि ६ महिनासम्मा १ करोड मानिस सङ्क्रमित हुन सक्छन्।यदि कोभिड १९ यो महादेशमा फैलियो भने त्यसको असर युरोप र अमेरिकामा भन्दा धेरै घातक हुने हाम्रा स्वास्थ्य संवाददाताहरू बताउँछन्।

    डब्ल्यूएचओका अनुसार अफ्रिकी मुलुकहरूमा प्रति दशलाख मानिसका लागि जम्मा पाँचवटा आइसीयू शैय्या उपलब्ध छन् जबकी युरोपमा प्रति दशलाख मानिसका लागि ४००० त्यस्ता शैया उपलब्ध छन्।डा। मोइटीका अनुसार डब्ल्यूएचओ अफ्रिकामा उपचार भन्दा पनि रोग लाग्दै नदिनेतिर केन्द्रित रहेको छ किनभने कैयौँ अफ्रिकी मुलुकसँग कोरोनाभाइरसका धेरै बिरामी उपचार गर्ने क्षमता नै छैन।

    भेन्टिलेटरको अभाव ‘त्यहाँको सबैभन्दा ठूलो चुनौती’ रहेको उनले बताइन्।कोभिड १९ रोग लागेर गम्भीर लक्षण देखा पर्ने बिरामीका लागि भेन्टिलेटर जीवन मरणसँग गाँसिन्छ।रोग गम्भीर भएर आफै सास फेर्न नसक्ने बिरामीहरूमा भेन्टिलेटरले अक्सिजन फोक्सोसम्म पुर्‍याउँछ र कार्बन डाइअक्साइस शरीरबाट बाहिर निकाल्छ।

    त्यहाँ के गरिँदैछ?
    कैयौँ मुलुकले लकडाउन कार्यान्वयन गरेका छन्।केही मुलुकमा स्कूलहरूलाई स्वास्थ्य सेवा दिने ठाउँ बनाइएको छ। तिनलाई क्वारन्टीन स्थलहरू पनि बनाइएको छ।

    टेक्सटाइल उद्योगहरूले पीपीइ बनाउन सुरु गरेका छन्।संयुक्त राष्ट्र सङ्घको खाद्य कार्यक्रमले अति आवश्यक उपकरण विभिन्न देशमा बाँड्न सुरु गरेको छ। तिनमा मास्क, पीपीइ र भेन्टिलेटर रहेका छ्न।अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले दश लाख कोरोनाभाइरस परीक्षण किट वितरण गर्ने जनाएको छ। बीबीसी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.