Friday, January 22, 2021
  • Login
No Result
View All Result
Nepal Readers
12 °c
13 ° Sun
13 ° Mon
13 ° Tue
13 ° Wed
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • अर्थ
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • विचार
  • दस्तावेज
  • कोभिड–१९
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

प्रसिद्ध कवि डा. राहत इंदौरीको ७० वर्षको उमेरमा निधन

by नेरि डेस्क
August 11, 2020
in समाचार
42 1
0
प्रसिद्ध कवि डा. राहत इंदौरीको ७० वर्षको उमेरमा निधन
32
SHARES
Share on FacebookShare on Twitter

प्रसिद्ध कवि डा. राहत इंदौरीको ७० वर्षको उमेरमा निधन भएको छ । इंदौरी कोरोना भाइरसबाट संक्रमित थिए र उनलाई आज(मंगलबार) हृदयघात भएको हो। इन्दोरी भारतको प्रसिद्ध कविहरु मध्ये एक हुन् र उनी विश्वभर मा चिनिन्थे।

७० वर्षीय इन्दौरी कोरोना भाइरसबाट संक्रमित भएपछि सोमबार राती अस्पतालमा भर्ना भए। आफूलाई कोरोना संक्रमण भएकोबारे ट्वीट गरेर राहत इंदौरीले जानकारी दिएका थिए। उनले लेखेका थिए, ‘म अरबिन्दो अस्पतालमा भर्ना छु, यस रोगलाई जतिसक्दो चाँडो हराउनु होस् भनेर प्रार्थना गर्नुहोस्।’ इंदौरीको निधनपछि भारत लगायत उनका शुभचिन्तकमा शोकको लहर दौडिएको छ।

रक्षामन्त्री राजनाथ सिंहलगायत सबै ठूला नेता र सेलिब्रेटीहरूले इन्दौरीको निधनमा शोक व्यक्त गरेका छन्। उनको मृत्युको खबर सुनेपछि धेरै प्रशंसकहरू चकित भए र सोशल मीडियामा उनीले लेखेका कविता र गजलहरू शेयर गरिरहेका छन्। राहत इंदौरीको जन्म १ जनवरी १९५० मा इन्दौरमा भएको थियो। उनले प्रारम्भिक शिक्षा इन्दौरको नूतन स्कूलमा गरेका थिए र १९७३ मा इन्दौरको इस्लामिया करीमिया कलेजबाट स्नातक पूरा गरे। इंदौरी साहबले  १९७५ मा भोपालको बरकतउल्ला विश्वविद्यालयबाट उर्दू साहित्यमा एमए गरेका हुन्।

कविता बाहेक राहत इन्दोरी गजलका लागि पनि परिचित थिए। डा. राहत इंदौरीका पंक्तिहरूले राज्य व्यवस्थाको विकृतिलाई पनि उदाङ्गो पार्दछ। उनको एक पंक्ति(नेपाली भावानुवाद)मा उनि भन्छन् –

झुटले झुटसँग भन्यो साँचो बोल
सरकारले घोषणा गरेको छ साँचो बोल
घरभित्र झुटको एउटा रास छ
ढोकामा लेखिएको छ, साँचो बोल‘

नेरि डेस्क

नेरि डेस्क

नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

Discussion about this post

Connect with us

Recommended

पूँजीवादको कोरामिन: “सामान्यकृत विश्व एकाधिकार”मा बदलिएको पूँजीवाद

पूँजीवादको कोरामिन: “सामान्यकृत विश्व एकाधिकार”मा बदलिएको पूँजीवाद

1 year ago
क्रान्तिपछिको हालत क्रान्तिका शक्तिहरुको जस्तो हालत हुन्छ, त्यस्तै हुन्छ

क्रान्तिपछिको हालत क्रान्तिका शक्तिहरुको जस्तो हालत हुन्छ, त्यस्तै हुन्छ

1 year ago

Popular News

    No Result
    View All Result
    • गृहपृष्ठ
    • मत-अभिमत
    • सामयिक
    • अर्थ
    • सुशासन
    • स्वास्थ्य /शिक्षा
    • समाज
    • विचार
    • दस्तावेज
    • कोभिड–१९
    • हाम्रोबारे

    © 2021 Nepal Readers

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Create New Account!

    Fill the forms bellow to register

    All fields are required. Log In

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist