ग्याष्ट्रिकको उपचारका लागि प्रयोग हुने र्यानिटिडिन नामक केही उत्पादनहरुमा ‘नाइट्रोसमिन इम्प्युरिटी, नाइट्रोसोडिमिथाइलमाइन (एनडिएमए)’ थोरै मात्रामा देखिएको इम्पुरिटी इन्टरनेसल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी) नामक एक इन्स्टिच्युटले बताएको थियो।
उक्त अनुसन्धानले यस औषधिमा देखिएको तत्वले क्यान्सर गराउन सक्ने भन्दै वर्गिकरण गरेपछि नेपालको औषधि व्यवस्था विभागले स्वदेशी र विदेशबाट आयत हुने औषधि तथा कच्चा पदार्थमा यी तत्वको जोखिम नभएको यकिन गर्न औषधि उत्पादक (सबै) पैठारीकर्ताहरुलाई अनुरोध गरेको छ।
तर नेपालका केही छापा र अनलाइनहरुले र्यानिटिडिनले नै क्यान्सर गराउन सक्ने सम्भावना हुन्छ भन्ने अर्थ लाग्नेगरी समाचार प्रसार गरेका छन्। स्मरण रहोस्! र्यानिटिडिनमा क्यान्सर गराउन सक्ने गुण पाइएको होइन कि केही र्यानिटिडिनका उत्पादनमा त्यस्ता तत्व फेला परेका हुन्। तर सर्वसाधारणमा र्यानिटिडिनबारे नै भ्रम पर्नेगरी समाचार आइरहेका छन् सो बारे औषधि व्यवस्था विभागको ध्यानाकर्षण हुनु जरुरी देखिएको छ।