सरकारले भदौं १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकिने जनाएको छ। त्यसका लागि उडान तालिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशित गर्ने तयारी गरिरहको बताइएको छ।
पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने सरकारले निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको हो ।
पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो। मन्त्री डा. युवराज खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाएका छन्।
यसरी ल्याइएका नागरिकले काठमाडौंमा ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नेछ । पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुनेछ समेत मन्त्रालयले जनाएको छ।