नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धरानको मेयर पदकालागि ३ जनाको नाम सिफारिस गरेको छ ।शुक्रबार नेकपा धरान नगर कमिटिको बैठकले जिल्ला कमिटि सदस्यहरु प्रकाश राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो ।
शुक्रबार बसेको नेकपा धरान नगर कमिटिको पूर्ण बैठकले यही मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरका लागी ३ जनाको नाम सिफारिस गरेको हो । नेकपामा थुप्रै उम्मेदवारको आकांक्षा भएपनि नगर कमिटिले ३ जनाको नाम आफुभन्दा माथिल्लो कमिटिमा सिफारिस गरेको हो ।
प्रदेश कमिटि सदस्य विजय राई र अइन्द्रविक्रम वेघा नेकपाको उम्मेदवार बन्ने बलियो दाबेदार भएपनि सिफारिसमा नै परेनन् ।धरान नगर कमिटिले सिफारिस गरेको नाम जिल्ला कमिटि हुँदै प्रदेश कमिटिमा पुग्नेछ ।बैठकले जिल्ला सचिव रमेशकुमार बस्नेतको संयोजकत्वमा २१ सय १ जनाको निर्वाचन परिचलन कमिटि गठन गरेको छ ।
जसको सहसंयोजकमा जिल्ला सदस्यहरु अशोक राई, फोक्वाहाङ सुब्बा (चोत्लुङ) र पदमप्रसाद लिम्बू रहेका छन् । त्यसतै गरी अनुगमन तथासुपरिवेक्षण कमिटि समेत बनाएको छ । जसमा सुनसरी जिल्लामा रहेका केन्द्रीय सदस्यहरु, धरानमा रहेका प्रदेश कमिटिका सदस्यहरु र केन्द्रीय कमिटिका सल्लाहकारहरु रहने नेकपाका धरान अध्यक्ष नारायण सुवेदीले जनाए ।सुवेदीका अनुसार यही १८ गते उम्मेदवारको टुंगो लागेर घोषणा सभा आयोजना गरिनेछ ।