भक्तपुरमा भेटिएकी नयाँ कोरोना संक्रमित व्यक्ति निदान अस्पतालकी कर्मचारी नभएको खुलेको छ। नयाँ संक्रमित व्यक्ति नर्स पनि होईनन्। निदान अस्पतालका एक कर्मचारीले बताएका छन्।
इटहरीबाट काठमाडौं आएकी भएकाले आरोग्य फाउन्डेशनको एम्बुलेन्समा स्वाब परिक्षण गर्न गएकी थिइन्। आरोग्य फाउन्डेशन र निदान अस्पताल सँगै भएका कारण एम्बुलेन्स चालक र अस्पतालका कर्मचारीबीचको संभावित सम्पर्कलाई ध्यानमा राखी अस्पतलले सुरक्षाका लागि पछिल्लो कदम चालेको जनाएको छ। साथै अस्पतालले भ्रम र त्रास फैलाउने खबरहरु नफैलाउन आग्रह गरेको छ।
Discussion about this post