कोरोना भाइरसबाट संक्रमित ३ हजार ९ सय ९६ जना निको भई अस्पतालबाट घर फर्केका छन् । माघ २७ गते सोमवार स्वास्थ्यमा सुधारभएपछि ७ सय १६ जना अस्पतालबाट डिस्चार्च भएका हुन् । जसमा हुबेई प्रान्तका ४ सय २७ जना थिए।
हिजो सोमवारसम्ममा नोभल कोरोना भाइरसबाट संक्रमित कुल ३, ९ सय ९६ विरामीहरु अस्पतालवाट डिस्चार्ज गरिएको चीनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक प्रतिवेदनमा उल्लेख गरेको छ कि सोमबारमात्रै ७ सय १६ व्यक्तिहरु निको भएर अस्पतालबाट डिस्चार्ज भए जसमा हुवे प्रान्तका मात्रै ४ सय २७ थिए।
कोरोनाभाइरसको संक्रमणकै कारण सोमबारसम्ममा चिनमा जम्मा १ हजार १६ व्यक्तिको मृत्यु भएको छ र ४२ हजार ६ सय ३८ यसबाट संक्रमित भएको पुष्टि गरिएको छ। सिन्ह्वा एजेन्सी