नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रति वर्ष गर्भपतन गराउने तथ्यांक सार्वजनिक भएको छ। ती मध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्ने गरेको तथ्यांकमा उल्लेख छ। पाचौँ राष्ट्रिय सुरक्षित गर्भपतन दिवसको अवसरमा परिवार कल्याण माहाशाखाका निर्देशक डा भीम सिंह तिंकरी यस्तो तथ्यांक सार्वजनिक गरेका हुन।
तथ्यांक अनुसार नेपालमा कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ। ४१ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ।४८ प्रतिशत प्रजनन उमेरका महिलाहरुलाई मात्र सुरक्षित गर्भपतन गर्न पाइने ठाउँको बारेमा ज्ञान छ। १९ प्रतिशत महिलाहरु अनिच्छित गर्भ हुने गरेको तथ्यांकमा देखीएको छ। हाल ६५ जिल्लामा निशुल्क गर्भपतन सेवा उपलब्ध छ।
विश्वमा प्रत्येक बर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरुले असूरक्षित तरिकाले गर्भपतन गराउने तथ्यं सार्वजनिक भएको छ।विश्वमा भएका मातृ मूत्यु मध्ये करीब ८ प्रतिशत असूरक्षित गर्भपतनको कारणले भएको पाइएको छ। प्रतिवर्ष ४४ हजार महिलाहरुको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ। प्रतिवर्ष ५० लाख महिलाहरु असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगहरुबाट ग्रसित हुन्छन्।
असुरक्षित गर्भपतन मातृ मृत्यु गराउने चार वटा मुख्य कारणहरु मध्ये एक हो।तथ्यांक अनुसार गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ। २०६०र६१ को तथ्यांक अनुसार नेपालमा सुरक्षित गर्भपतनको गराउनेको संख्या ७ सय १९ थियो। २०६१र६२मा १० हजार ५ सय ६१ थियो। त्यस्तै २०७४र७५ मा यो संख्या बढेर ९८ हजार ६ सय ४० पुगेको छ।
तथ्यांक सार्वजनिक गर्दै डा तिंकरीले कुनै पनि महिलाले आर्थिक कारणले असुरक्षित गर्भपतन गराउन नपरोस् भनी सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन सुरु गरेको बताए। स्वास्थ्य खबरपत्रिकाबाट