नेपालमा काेराेना संक्रमित संख्या ३०४ पुगेकाे छ । साेमबार बिहान पुनः ९ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या ३०४ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साेमबार थपिएका ८ जना राैतहटका छन् भने एक जना बाराका छन् । मन्त्रालयका अनुसार राैतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१ वर्षीय र २५ वर्षीय २/२ जना, २३ वर्षीय, २५ वर्षीय, २९ वर्षीय एक/एक जना पुरूष रहेका छन् ।
त्यस्ताे राैतहट माधवनारायण नगरपालिकाका २८ वर्षीय महिला र बारा करैयामाई ५ का ३८ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।