रौतहटमा आज(आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ ।
रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिएको नमुना परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा मन्त्रालयले आइतबार बिहान ७ः१५ बजे विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो ।
उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ ।