शुक्रबार साँझ थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भक्तपुर, मकवानपुर, सप्तरी र बारामा नयाँ संक्रमित फेला परेका हुन्। यो सहित संक्रमित हुनेको कूल संख्या ५१६ पुगेको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ र किटजन्य रोग तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित फेला परेका हुन्।

नयाँ संक्रमितमा मकवानपुरकी ५४ वर्षीया महिला, भक्तपुरकी ५२ वर्षीया महिला, सपतरीका ३५ वर्षीया पुरुष र बाराका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया