नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४ सय ४४

नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि नयाँ सङ्क्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा नयाँ सङ्क्रमण पुष्टि भएको बताइएको छ।नयाँ सङ्क्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एकजना पुरुषमा र धरानकी एकजना महिलामा सङ्क्रमण पुष्टी भएको बताइएको छ।

प्रदेश १ को मन्त्रिपरिषदको कार्यालयका अनुसार नयाँ थपिएका झापाको कचनकवल गाउँपालिकाका १५ जना संक्रमितहरू सबै केही दिन अघि भारतबाट आएका हुन्।उनीहरू सबैलाई क्वारन्टीनमा राखिएको थियो। त्यहीँबाट स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो।

स्वास्थ्य मन्त्रालयले नियमित जस्तै भन्ने गरे अनुसार नयाँ सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सङ्क्रमितहरू सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका विज्ञप्तिमा जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here