नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६०३ जना पुग्यो

स्वास्थ्य मन्त्रालयले आइतवार थप १९ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उल्लेख गरेसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६०३ जना पुगेको छ।

सङ्क्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेको बताइएको छ।आइतवार नयाँ जिल्ला नुवाकोट थपिएपछि नेपालभर गरी ४२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटा अनुसार आइतवार अपरान्हसम्म ४८ हजार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ।सङ्क्रमण देखिएका मध्ये ८७ निको भएर घर फर्किएका छन्।

आइतवारसम्म ९० हजार २६ को आरडीटी विधिबाट परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाले सबै प्रदेशमा गरी ३९ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा रहेका बताएका छन्। त्यस्तै उनले हाल आइसोलेशनमा रहेका मध्ये ५१३ जना सङ्क्रमित रहेको बताए।नेपालमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढेको देखिन्छ।

कतिपय विज्ञले परीक्षणको दायरा फराकिलो बनाइएकाले सङ्ख्या बढेको उल्लेख गरिरहेका छन्।कतिपयले भने कोरोनाभाइरस अब समुदायमा पुगेकाले परीक्षणको सङ्ख्या अहिलेको भन्दा धेरै बढाउनुपर्ने बताइरहेका छन्।सरकारी अधिकारीहरूले भने कोरोनाभाइरस समुदायमा पुगेको भन्ने कुरा अस्वीकार गर्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here