स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।यो जेठ १२ पछि वृद्धि भएको सबैभन्दा कम सङ्ख्या हो।यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,५३१ पुगेको छ।
तीमध्ये ७,८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३९ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।अहिले देशभरि आइसोलेशनमा ८,६०५ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।
बुधवार २५५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रायले जनाएको थियो।गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।बिहीवार पुष्टि भएका सङ्क्रमितहरू काठमाडौंसहित विभिन्न जिल्लाका हुन्।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,५८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २,७१,१४५ पुगेको छ। सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ।अहिले देशभरि क्वारन्टीनमा २४,००० भन्दा बढी व्यक्ति छन्।अहिले देशभरि आइसोलेशनमा ८,६०५ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।
कोरोनाभाइरस
बुधवार २५५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रायले जनाएको थियो।गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।बिहीवार पुष्टि भएका सङ्क्रमितहरू काठमाडौंसहित विभिन्न जिल्लाका हुन्।
अरू तथ्याङ्क के छ?
विगत २४ घण्टामा पीसीआर विधिबाट ४,५८८ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २,७१,१४५ पुगेको छ। सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ। अहिले देशभरि क्वारन्टीनमा २४,००० भन्दा बढी व्यक्ति छन्।