विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण हुँदैमा कोही मरिहाल्दैन। त्यसैले कोही आत्तिनु नपर्ने रहेछ भन्ने थाहा पाएँ। पहिलेको तुलनामा निकै निडर आत्मविश्वासी भएँ।
मैले महसुस गरेको र भोगेको कुरा अहिले क्वारेन्टाइनमा रहेका र स्वास्थ्य परीक्षण गर्न आउनेहरूलाई सुनाइरहेकी छु। सकेसम्म उहाँहरूलाई आफ्नो बारेमा र जानेका कुरा भनेर आत्मविश्वासी र निडर बनाउने कोसिस गरिरहेकी छु। संक्रमण जितेर पुनः सेवामा फर्किंदा खुसी लागेको छ।
कोरोना पोजेटिभ देखिँदा स्वास्थ्यकर्मीलाई त यतिसम्म डरत्रास हुदोरहेछ भने अन्य सर्वसाधारणले कस्तो महसुस गर्लान् मैले महसुस गरेकी छु।अहिले निडर र कठोर भएकी छु। त्यसले गर्दा अन्य सर्वसाधारणलाई आत्मबल बढाएर आत्मविश्वासी हुन काउन्सिलिङ गरिरहेकी छु। मलाई लाग्छ, कोरोनाको भ्रम र आतंक चिर्न जरुरी छ।
अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी साथीहरूमा संक्रमण देखिएपछिको व्यवहार र अहिलेको व्यवहारमा परिवर्तन आएको पाएको छु। अस्पतालका सबै स्वास्थ्यकर्मीको आत्मविश्वास बढेको छ। कोरोना भाइरसलाई सामान्य नजरले हेर्ने गरेको छ।
स्वास्थ्यकर्मीमा समेत कोरोना भाइरसको आतंक रहेको पाएँ। स्वास्थ्यकर्मी नै डराउनुपर्ने स्थिति थियो। तर स्वास्थ्यकर्मीले कोरोनाको आतंक चिर्न सक्नुपर्छ। नत्र सर्वसाधारणको आत्मविश्वास गुम्न सक्छ। त्यो हुँदा भाइरसको महामारी जित्न सकिँदैन।
कोरोना संक्रमण पोजेटिभ देखिएपछि सर्वसाधारणले त हेयका दृष्टिले हेर्थे नै। तर स्वास्थ्यकर्मीले समेत हेला गरेको समेत पाएँ। कोरोना भाइरस भनेपछि के के न सोचियो। त्यसले गर्दा स्वास्थ्यकर्मी र सर्वसाधारण सबैले कोरोनाको आतंक चिर्न जरुरी छ।
संक्रमण जितेर पुनः सेवामा फर्किएर अस्पताल र क्वारेन्टाइनमा रहेकालाई आफूले भोगेका अनुभव सुनाउँदा अहिले गर्व अनुभूति हुन्छ। कोरोनाले कोही मर्दैन भनेर संक्रमित अरूलाई सान्त्वना दिँदा उहाँहरूको मनोबल बढेको पनि पाएँ।
क्वारेन्टाइन रहेका र पोजेटिभ देखिएकालाई मनोवैज्ञानिक रूपमा बलियो भएर कोरोनासँग लड्न भनिरहेको हुन्छु। पहिलो क्वारेन्टाइनमा जान र स्वाब संकलनमा जाँदा हिच्किचाउने स्वास्थ्यकर्मीहरू अहिले निडर र आत्मविश्वासी भएको देख्दा खुसी लाग्छ। भाइरसको संक्रमण जोसुकैलाई पनि हुनसक्छ। तर संक्रमित भएपछि सबैले फरक दृष्टिले हेर्दा रहेछन्। त्यसलाई हटाउनुपर्छ।
मलाई पनि कोरोना जित्दा कतिले बधाई दिए भने कति अहिलेसम्म पनि नजिक पर्दैनन्। सबैले संक्रमितलाई हेर्ने नजर परिवर्तन गरी कोरोनाको भ्रमबाट बाहिर निस्कन जरुरी छ।कोरोना पोजेटिभ देखिएपछि निको हुने नहुने भन्ने त्रास थियो। मनमा भावनाहरू दबिएर रहेका थिए। सोच्दा उकुसमुकुस हुन्थ्यो। वर्षौं स्वास्थ्य क्षेत्रमा काम गरेकी मलाई त कोरोनाका बारेमा यस्तो हुन्थ्यो। अरू सामान्य मानिसलाई नहुने कुरै भएन।
अहिले त मैले भोगेको अरूले भोग्नु नपरोस् भन्ने कामना गर्छु। सहकर्मी, साथीभाइ तथा क्वारेन्टाइनमा रहेका सर्वसाधारण र स्वास्थ्य परीक्षणका लागि आएकालाई बेला–बेला सम्झाउँछु।
मलाई त अहिले अरू कामभन्दा काउन्सिलिङ बढी मन पर्न थालेको छ। अरु कसैले पनि मैले जस्तो बेचैनी, छट्पटी र डरत्रासमा अस्पताल तथा क्वारेन्टाइनमा बस्नु नपरोस् भन्ने लाग्छ। त्यही भएर सबैलाई आत्मविश्वास बढाउने काममा मैले आफूलाई केन्द्रित गरिरहेकी छु।
नर्स भएर सेवा गरेको पनि २० वर्ष पुगिसक्यो। घरमा आमाबाले यही कोरोनाका कारण जागिर छाड् भनेर कर गरिरहनुभएको छ। तर मलाई कर्तव्य र उत्तरदायित्व सम्झेर जागिर छोडिहाल्न मन छैन। यस्तो विपत्ति र महामारीको समयमा जिम्मेवारीबाट पन्छिन मिल्दैन जस्तो लाग्छ। मेरो काम बिरामीको सेवा गर्ने हो भनेर बाआमालाई सम्झाउने गरिरहेको छु।
कोरोना भाइरसबारे गलत तथा भ्रमपूर्ण कुराको सट्टा सत्यतथ्य प्रकाशन गरी सर्वसाधारण र संक्रमितलाई सूचित पार्न सक्नुपर्छ। यसो गर्न सकिए सर्वसाधारण आँत्तिदैन थिए। उनीहरूले बलियो आत्मविश्वास पाउँथे।
मलाई जेठ ८ गते कोरोना भाइरसको पोजेटिभ देखिएको थियो। त्यसपछि ९ गते खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भएँ। १७ दिनपछि कोरोना जितेर डिस्चार्ज भएकी हुन्। फेरि जेठ २६ गतेदेखि पुनः सेवामा फर्किएकी छु।
विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण हुँदैमा कोही मरिहाल्दैन। त्यसैले कोही आत्तिनु नपर्ने रहेछ भन्ने थाहा पाएँ। पहिलेको तुलनामा निकै निडर आत्मविश्वासी भएँ।
मैले महसुस गरेको र भोगेको कुरा अहिले क्वारेन्टाइनमा रहेका र स्वास्थ्य परीक्षण गर्न आउनेहरूलाई सुनाइरहेकी छु। सकेसम्म उहाँहरूलाई आफ्नो बारेमा र जानेका कुरा भनेर आत्मविश्वासी र निडर बनाउने कोसिस गरिरहेकी छु। संक्रमण जितेर पुनः सेवामा फर्किंदा खुसी लागेको छ।
कोरोना पोजेटिभ देखिँदा स्वास्थ्यकर्मीलाई त यतिसम्म डरत्रास हुदोरहेछ भने अन्य सर्वसाधारणले कस्तो महसुस गर्लान् मैले महसुस गरेकी छु।
अहिले निडर र कठोर भएकी छु। त्यसले गर्दा अन्य सर्वसाधारणलाई आत्मबल बढाएर आत्मविश्वासी हुन काउन्सिलिङ गरिरहेकी छु। मलाई लाग्छ, कोरोनाको भ्रम र आतंक चिर्न जरुरी छ।
अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी साथीहरूमा संक्रमण देखिएपछिको व्यवहार र अहिलेको व्यवहारमा परिवर्तन आएको पाएको छु। अस्पतालका सबै स्वास्थ्यकर्मीको आत्मविश्वास बढेको छ। कोरोना भाइरसलाई सामान्य नजरले हेर्ने गरेको छ।
स्वास्थ्यकर्मीमा समेत कोरोना भाइरसको आतंक रहेको पाएँ। स्वास्थ्यकर्मी नै डराउनुपर्ने स्थिति थियो। तर स्वास्थ्यकर्मीले कोरोनाको आतंक चिर्न सक्नुपर्छ। नत्र सर्वसाधारणको आत्मविश्वास गुम्न सक्छ। त्यो हुँदा भाइरसको महामारी जित्न सकिँदैन।
कोरोना संक्रमण पोजेटिभ देखिएपछि सर्वसाधारणले त हेयका दृष्टिले हेर्थे नै। तर स्वास्थ्यकर्मीले समेत हेला गरेको समेत पाएँ। कोरोना भाइरस भनेपछि के के न सोचियो। त्यसले गर्दा स्वास्थ्यकर्मी र सर्वसाधारण सबैले कोरोनाको आतंक चिर्न जरुरी छ।
संक्रमण जितेर पुनः सेवामा फर्किएर अस्पताल र क्वारेन्टाइनमा रहेकालाई आफूले भोगेका अनुभव सुनाउँदा अहिले गर्व अनुभूति हुन्छ। कोरोनाले कोही मर्दैन भनेर संक्रमित अरूलाई सान्त्वना दिँदा उहाँहरूको मनोबल बढेको पनि पाएँ।
क्वारेन्टाइन रहेका र पोजेटिभ देखिएकालाई मनोवैज्ञानिक रूपमा बलियो भएर कोरोनासँग लड्न भनिरहेको हुन्छु। पहिलो क्वारेन्टाइनमा जान र स्वाब संकलनमा जाँदा हिच्किचाउने स्वास्थ्यकर्मीहरू अहिले निडर र आत्मविश्वासी भएको देख्दा खुसी लाग्छ। भाइरसको संक्रमण जोसुकैलाई पनि हुनसक्छ। तर संक्रमित भएपछि सबैले फरक दृष्टिले हेर्दा रहेछन्। त्यसलाई हटाउनुपर्छ।
मलाई पनि कोरोना जित्दा कतिले बधाई दिए भने कति अहिलेसम्म पनि नजिक पर्दैनन्। सबैले संक्रमितलाई हेर्ने नजर परिवर्तन गरी कोरोनाको भ्रमबाट बाहिर निस्कन जरुरी छ।कोरोना पोजेटिभ देखिएपछि निको हुने नहुने भन्ने त्रास थियो। मनमा भावनाहरू दबिएर रहेका थिए। सोच्दा उकुसमुकुस हुन्थ्यो। वर्षौं स्वास्थ्य क्षेत्रमा काम गरेकी मलाई त कोरोनाका बारेमा यस्तो हुन्थ्यो। अरू सामान्य मानिसलाई नहुने कुरै भएन।
अहिले त मैले भोगेको अरूले भोग्नु नपरोस् भन्ने कामना गर्छु। सहकर्मी, साथीभाइ तथा क्वारेन्टाइनमा रहेका सर्वसाधारण र स्वास्थ्य परीक्षणका लागि आएकालाई बेला–बेला सम्झाउँछु।
मलाई त अहिले अरू कामभन्दा काउन्सिलिङ बढी मन पर्न थालेको छ। अरु कसैले पनि मैले जस्तो बेचैनी, छट्पटी र डरत्रासमा अस्पताल तथा क्वारेन्टाइनमा बस्नु नपरोस् भन्ने लाग्छ। त्यही भएर सबैलाई आत्मविश्वास बढाउने काममा मैले आफूलाई केन्द्रित गरिरहेकी छु।
नर्स भएर सेवा गरेको पनि २० वर्ष पुगिसक्यो। घरमा आमाबाले यही कोरोनाका कारण जागिर छाड् भनेर कर गरिरहनुभएको छ। तर मलाई कर्तव्य र उत्तरदायित्व सम्झेर जागिर छोडिहाल्न मन छैन। यस्तो विपत्ति र महामारीको समयमा जिम्मेवारीबाट पन्छिन मिल्दैन जस्तो लाग्छ। मेरो काम बिरामीको सेवा गर्ने हो भनेर बाआमालाई सम्झाउने गरिरहेको छु।
कोरोना भाइरसबारे गलत तथा भ्रमपूर्ण कुराको सट्टा सत्यतथ्य प्रकाशन गरी सर्वसाधारण र संक्रमितलाई सूचित पार्न सक्नुपर्छ। यसो गर्न सकिए सर्वसाधारण आँत्तिदैन थिए। उनीहरूले बलियो आत्मविश्वास पाउँथे।
मलाई जेठ ८ गते कोरोना भाइरसको पोजेटिभ देखिएको थियो। त्यसपछि ९ गते खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भएँ। १७ दिनपछि कोरोना जितेर डिस्चार्ज भएकी हुन्। फेरि जेठ २६ गतेदेखि पुनः सेवामा फर्किएकी छु। हेल्थपोष्ट नेपाल