Date
बुध, माघ २८, २०८२
Wed, February 11, 2026
Wednesday, February 11, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

भाइरसको भ्रम र आतंक चिर्न जरुरी-कोरोना जितेकी बाँके खजुराकी नर्स

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार २, २०७७
- कोभिड–१९, सामयिक
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण हुँदैमा कोही मरिहाल्दैन। त्यसैले कोही आत्तिनु नपर्ने रहेछ भन्ने थाहा पाएँ। पहिलेको तुलनामा निकै निडर आत्मविश्वासी भएँ।

    मैले महसुस गरेको र भोगेको कुरा अहिले क्वारेन्टाइनमा रहेका र स्वास्थ्य परीक्षण गर्न आउनेहरूलाई सुनाइरहेकी छु। सकेसम्म उहाँहरूलाई आफ्नो बारेमा र जानेका कुरा भनेर आत्मविश्वासी र निडर बनाउने कोसिस गरिरहेकी छु। संक्रमण जितेर पुनः सेवामा फर्किंदा खुसी लागेको छ।

    कोरोना पोजेटिभ देखिँदा स्वास्थ्यकर्मीलाई त यतिसम्म डरत्रास हुदोरहेछ भने अन्य सर्वसाधारणले कस्तो महसुस गर्लान् मैले महसुस गरेकी छु।अहिले निडर र कठोर भएकी छु। त्यसले गर्दा अन्य सर्वसाधारणलाई आत्मबल बढाएर आत्मविश्वासी हुन काउन्सिलिङ गरिरहेकी छु। मलाई लाग्छ, कोरोनाको भ्रम र आतंक चिर्न जरुरी छ।

    अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी साथीहरूमा संक्रमण देखिएपछिको व्यवहार र अहिलेको व्यवहारमा परिवर्तन आएको पाएको छु। अस्पतालका सबै स्वास्थ्यकर्मीको आत्मविश्वास बढेको छ। कोरोना भाइरसलाई सामान्य नजरले हेर्ने गरेको छ।

    स्वास्थ्यकर्मीमा समेत कोरोना भाइरसको आतंक रहेको पाएँ। स्वास्थ्यकर्मी नै डराउनुपर्ने स्थिति थियो। तर स्वास्थ्यकर्मीले कोरोनाको आतंक चिर्न सक्नुपर्छ। नत्र सर्वसाधारणको आत्मविश्वास गुम्न सक्छ। त्यो हुँदा भाइरसको महामारी जित्न सकिँदैन।

    कोरोना संक्रमण पोजेटिभ देखिएपछि सर्वसाधारणले त हेयका दृष्टिले हेर्थे नै। तर स्वास्थ्यकर्मीले समेत हेला गरेको समेत पाएँ। कोरोना भाइरस भनेपछि के के न सोचियो। त्यसले गर्दा स्वास्थ्यकर्मी र सर्वसाधारण सबैले कोरोनाको आतंक चिर्न जरुरी छ।

    संक्रमण जितेर पुनः सेवामा फर्किएर अस्पताल र क्वारेन्टाइनमा रहेकालाई आफूले भोगेका अनुभव सुनाउँदा अहिले गर्व अनुभूति हुन्छ। कोरोनाले कोही मर्दैन भनेर संक्रमित अरूलाई सान्त्वना दिँदा उहाँहरूको मनोबल बढेको पनि पाएँ।

    क्वारेन्टाइन रहेका र पोजेटिभ देखिएकालाई मनोवैज्ञानिक रूपमा बलियो भएर कोरोनासँग लड्न भनिरहेको हुन्छु। पहिलो क्वारेन्टाइनमा जान र स्वाब संकलनमा जाँदा हिच्किचाउने स्वास्थ्यकर्मीहरू अहिले निडर र आत्मविश्वासी भएको देख्दा खुसी लाग्छ। भाइरसको संक्रमण जोसुकैलाई पनि हुनसक्छ। तर संक्रमित भएपछि सबैले फरक दृष्टिले हेर्दा रहेछन्। त्यसलाई हटाउनुपर्छ।

    मलाई पनि कोरोना जित्दा कतिले बधाई दिए भने कति अहिलेसम्म पनि नजिक पर्दैनन्। सबैले संक्रमितलाई हेर्ने नजर परिवर्तन गरी कोरोनाको भ्रमबाट बाहिर निस्कन जरुरी छ।कोरोना पोजेटिभ देखिएपछि निको हुने नहुने भन्ने त्रास थियो। मनमा भावनाहरू दबिएर रहेका थिए। सोच्दा उकुसमुकुस हुन्थ्यो। वर्षौं स्वास्थ्य क्षेत्रमा काम गरेकी मलाई त कोरोनाका बारेमा यस्तो हुन्थ्यो। अरू सामान्य मानिसलाई नहुने कुरै भएन।

    अहिले त मैले भोगेको अरूले भोग्नु नपरोस् भन्ने कामना गर्छु। सहकर्मी, साथीभाइ तथा क्वारेन्टाइनमा रहेका सर्वसाधारण र स्वास्थ्य परीक्षणका लागि आएकालाई बेला–बेला सम्झाउँछु।

    मलाई त अहिले अरू कामभन्दा काउन्सिलिङ बढी मन पर्न थालेको छ। अरु कसैले पनि मैले जस्तो बेचैनी, छट्पटी र डरत्रासमा अस्पताल तथा क्वारेन्टाइनमा बस्नु नपरोस् भन्ने लाग्छ। त्यही भएर सबैलाई आत्मविश्वास बढाउने काममा मैले आफूलाई केन्द्रित गरिरहेकी छु।

    नर्स भएर सेवा गरेको पनि २० वर्ष पुगिसक्यो। घरमा आमाबाले यही कोरोनाका कारण जागिर छाड् भनेर कर गरिरहनुभएको छ। तर मलाई कर्तव्य र उत्तरदायित्व सम्झेर जागिर छोडिहाल्न मन छैन। यस्तो विपत्ति र महामारीको समयमा जिम्मेवारीबाट पन्छिन मिल्दैन जस्तो लाग्छ। मेरो काम बिरामीको सेवा गर्ने हो भनेर बाआमालाई सम्झाउने गरिरहेको छु।

    कोरोना भाइरसबारे गलत तथा भ्रमपूर्ण कुराको सट्टा सत्यतथ्य प्रकाशन गरी सर्वसाधारण र संक्रमितलाई सूचित पार्न सक्नुपर्छ। यसो गर्न सकिए सर्वसाधारण आँत्तिदैन थिए। उनीहरूले बलियो आत्मविश्वास पाउँथे।

    मलाई जेठ ८ गते कोरोना भाइरसको पोजेटिभ देखिएको थियो। त्यसपछि ९ गते खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भएँ। १७ दिनपछि कोरोना जितेर डिस्चार्ज भएकी हुन्। फेरि जेठ २६ गतेदेखि पुनः सेवामा फर्किएकी छु।

    विश्वव्यापी महामारी बनिरहेको कोरोना भाइरसको संक्रमण हुँदैमा कोही मरिहाल्दैन। त्यसैले कोही आत्तिनु नपर्ने रहेछ भन्ने थाहा पाएँ। पहिलेको तुलनामा निकै निडर आत्मविश्वासी भएँ।

    मैले महसुस गरेको र भोगेको कुरा अहिले क्वारेन्टाइनमा रहेका र स्वास्थ्य परीक्षण गर्न आउनेहरूलाई सुनाइरहेकी छु। सकेसम्म उहाँहरूलाई आफ्नो बारेमा र जानेका कुरा भनेर आत्मविश्वासी र निडर बनाउने कोसिस गरिरहेकी छु। संक्रमण जितेर पुनः सेवामा फर्किंदा खुसी लागेको छ।

    कोरोना पोजेटिभ देखिँदा स्वास्थ्यकर्मीलाई त यतिसम्म डरत्रास हुदोरहेछ भने अन्य सर्वसाधारणले कस्तो महसुस गर्लान् मैले महसुस गरेकी छु।

    अहिले निडर र कठोर भएकी छु। त्यसले गर्दा अन्य सर्वसाधारणलाई आत्मबल बढाएर आत्मविश्वासी हुन काउन्सिलिङ गरिरहेकी छु। मलाई लाग्छ, कोरोनाको भ्रम र आतंक चिर्न जरुरी छ।

    अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी साथीहरूमा संक्रमण देखिएपछिको व्यवहार र अहिलेको व्यवहारमा परिवर्तन आएको पाएको छु। अस्पतालका सबै स्वास्थ्यकर्मीको आत्मविश्वास बढेको छ। कोरोना भाइरसलाई सामान्य नजरले हेर्ने गरेको छ।

    स्वास्थ्यकर्मीमा समेत कोरोना भाइरसको आतंक रहेको पाएँ। स्वास्थ्यकर्मी नै डराउनुपर्ने स्थिति थियो। तर स्वास्थ्यकर्मीले कोरोनाको आतंक चिर्न सक्नुपर्छ। नत्र सर्वसाधारणको आत्मविश्वास गुम्न सक्छ। त्यो हुँदा भाइरसको महामारी जित्न सकिँदैन।

    कोरोना संक्रमण पोजेटिभ देखिएपछि सर्वसाधारणले त हेयका दृष्टिले हेर्थे नै। तर स्वास्थ्यकर्मीले समेत हेला गरेको समेत पाएँ। कोरोना भाइरस भनेपछि के के न सोचियो। त्यसले गर्दा स्वास्थ्यकर्मी र सर्वसाधारण सबैले कोरोनाको आतंक चिर्न जरुरी छ।

    संक्रमण जितेर पुनः सेवामा फर्किएर अस्पताल र क्वारेन्टाइनमा रहेकालाई आफूले भोगेका अनुभव सुनाउँदा अहिले गर्व अनुभूति हुन्छ। कोरोनाले कोही मर्दैन भनेर संक्रमित अरूलाई सान्त्वना दिँदा उहाँहरूको मनोबल बढेको पनि पाएँ।

    क्वारेन्टाइन रहेका र पोजेटिभ देखिएकालाई मनोवैज्ञानिक रूपमा बलियो भएर कोरोनासँग लड्न भनिरहेको हुन्छु। पहिलो क्वारेन्टाइनमा जान र स्वाब संकलनमा जाँदा हिच्किचाउने स्वास्थ्यकर्मीहरू अहिले निडर र आत्मविश्वासी भएको देख्दा खुसी लाग्छ। भाइरसको संक्रमण जोसुकैलाई पनि हुनसक्छ। तर संक्रमित भएपछि सबैले फरक दृष्टिले हेर्दा रहेछन्। त्यसलाई हटाउनुपर्छ।

    मलाई पनि कोरोना जित्दा कतिले बधाई दिए भने कति अहिलेसम्म पनि नजिक पर्दैनन्। सबैले संक्रमितलाई हेर्ने नजर परिवर्तन गरी कोरोनाको भ्रमबाट बाहिर निस्कन जरुरी छ।कोरोना पोजेटिभ देखिएपछि निको हुने नहुने भन्ने त्रास थियो। मनमा भावनाहरू दबिएर रहेका थिए। सोच्दा उकुसमुकुस हुन्थ्यो। वर्षौं स्वास्थ्य क्षेत्रमा काम गरेकी मलाई त कोरोनाका बारेमा यस्तो हुन्थ्यो। अरू सामान्य मानिसलाई नहुने कुरै भएन।

    अहिले त मैले भोगेको अरूले भोग्नु नपरोस् भन्ने कामना गर्छु। सहकर्मी, साथीभाइ तथा क्वारेन्टाइनमा रहेका सर्वसाधारण र स्वास्थ्य परीक्षणका लागि आएकालाई बेला–बेला सम्झाउँछु।

    मलाई त अहिले अरू कामभन्दा काउन्सिलिङ बढी मन पर्न थालेको छ। अरु कसैले पनि मैले जस्तो बेचैनी, छट्पटी र डरत्रासमा अस्पताल तथा क्वारेन्टाइनमा बस्नु नपरोस् भन्ने लाग्छ। त्यही भएर सबैलाई आत्मविश्वास बढाउने काममा मैले आफूलाई केन्द्रित गरिरहेकी छु।

    नर्स भएर सेवा गरेको पनि २० वर्ष पुगिसक्यो। घरमा आमाबाले यही कोरोनाका कारण जागिर छाड् भनेर कर गरिरहनुभएको छ। तर मलाई कर्तव्य र उत्तरदायित्व सम्झेर जागिर छोडिहाल्न मन छैन। यस्तो विपत्ति र महामारीको समयमा जिम्मेवारीबाट पन्छिन मिल्दैन जस्तो लाग्छ। मेरो काम बिरामीको सेवा गर्ने हो भनेर बाआमालाई सम्झाउने गरिरहेको छु।

    कोरोना भाइरसबारे गलत तथा भ्रमपूर्ण कुराको सट्टा सत्यतथ्य प्रकाशन गरी सर्वसाधारण र संक्रमितलाई सूचित पार्न सक्नुपर्छ। यसो गर्न सकिए सर्वसाधारण आँत्तिदैन थिए। उनीहरूले बलियो आत्मविश्वास पाउँथे।

    मलाई जेठ ८ गते कोरोना भाइरसको पोजेटिभ देखिएको थियो। त्यसपछि ९ गते खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना भएँ। १७ दिनपछि कोरोना जितेर डिस्चार्ज भएकी हुन्। फेरि जेठ २६ गतेदेखि पुनः सेवामा फर्किएकी छु। हेल्थपोष्ट नेपाल

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      च्याट जीपीटीबाट मानव समाजमाथि खतरा छ?

      सनी
      मंसिर १९, २०८०

      च्याट जीपीटी नामक सफ्टवेयर बजारमा आउनासाथ मेसिनले मान्छेलाई दास बनाउनेछ भनेर हल्ला चलेको छ। यस हल्लाभित्र यो सफ्टवेयर बनाउने निर्माता...

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      हमास अतिवाद र इजरायलको राज्य-आतङ्क

      झलक सुवेदी
      अशोज २६, २०८०

      गत शनिवार प्यालेष्टाइनी उग्रवादी समूह हमासले इजरायलमाथि यस अघि कल्पना नगरिएको स्तरको एकीकृत हमला गरेपछि अहिले पश्चिम एशिया क्षेत्रमा तनाव...

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      मार्क्सवादी विकल्पमाथि राम कार्कीको बहस

      नेपाल रिडर्स
      अशोज २०, २०८०

      विकल्प समता, समाजवाद र मुक्त दुनिया शिर्षकमा माओवादी नेता राम कार्कीको नयाँ पुस्तक बहसको साँघुरो गल्लीमा आफ्ना लागि बाटो बनाउँदै...

      सल्किन नपाओस् धरानको झिल्को!

      सल्किन नपाओस् धरानको झिल्को!

      रोहेज खतिवडा
      भदौ ९, २०८०

      मनसुनको सिजन छ। बंगालको खाडीबाट भारत हुँदै आउने हावाले लगातार पानी परिरहेको छ। जलवायु परिवर्तनमा चासो राख्ने वैज्ञानिकहरू भन्छन्- आजकाल...

      किन हिमाल उक्लिँदैछ बाढी?

      किन हिमाल उक्लिँदैछ बाढी?

      डा. विमल रेग्मी
      साउन ३०, २०८०

      पहिले हिमाल र पहाडबाट उत्पत्ति भएका नदीमा जल सतह बढेपछि तराई क्षेत्रमा मात्रै बाढी आउँथ्यो। अहिले भने नदी-खोलाको मुहानमै बाढीले...

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      अमेरिकाको दबावमा सत्ताबाट हटाइएका थिए इमरान खान, दबाव दिएको प्रमाण सार्वजनिक

      नेपाल रिडर्स
      साउन २८, २०८०

      पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अमेरिकाको दबावमा सत्ताबाट हटाइएको अमेरिकाकै अनलाइन पत्रिका द इन्टरसेप्टले खुलासा गरेको छ। दक्षिण तथा मध्य एसिया...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.