राष्ट्रपति कार्यालयले सरकारसँग प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य विवरण माग गरेको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने समाचार बाहिर आएपछि राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट माग गरेको हो।
प्रधानमन्त्री ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी भएको छ। यसका लागि प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने बताइएको छ। प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलाले काम गर्न छाडेपछि बुधबार अर्को प्रत्यारोपण गर्न लागिएको हो। स्वास्थ्य खबर