Date
बुध, मंसिर २४, २०८२
Wed, December 10, 2025
Wednesday, December 10, 2025
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

प्रधानमन्त्रीले भने म र राष्ट्रपतिविरूद्ध षड्यन्त्र भयो, घनश्याम भुसालको जवाफ – तपाईं गलत सूचनाको शिकार हुनुभयो

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
असार २१, २०७७
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । र, यो प्रकारान्तरले विभाजनको सन्निकट अवस्था रहेको नेकपाका नेताहरूले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर पार्टी एकता सङ्कटमा पुगेको र पार्टी एक नरहनसक्ने बताएपछि सङ्कट पार्टी फुटउन्मुख बनेको उनीहरूको भनाइ छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतलनिवासबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाएर ‘पार्टी एक नहरहने भो, कता लाग्ने हो कित्ता क्लियर गर्नू’ भनेका थिए । “प्रधानमन्त्रीले मविरूद्ध षड्यन्त्र भइरहेको छ । स्थायी कमिटीमा छलफल भइरहेको छ । स्थायी कमिटीको क्षेत्राधिकार पनि त्यो होइन । स्थायी कमिटीलाई त्यो अधिकार पनि छैन भनेर भन्नुभयो,” प्रधानमन्त्रीसँगको छलफलपछि कृषि तथा पशुपन्छीमन्त्री घनश्याम भुसालले भने ।

    “मेराविरूद्धमा प्रचार भइरहेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउने तयारी भइरहेको छ । म यो दुवै पद छाड्दिनँ । यो सबैलाई ‘बाइ वर्ड’, ‘बाइ स्टेप’ सामना गर्छु । यस्तो अवस्थामा तपाईंहरू कता लाग्ने हो मैले सोध्नुपर्ने हुनसक्छ । त्यसका लागि तयार रहनू,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री भुसालले थपे ।

    आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएपछि मन्त्री भुसालले प्रधानमन्त्री गलत सूचनाको शिकार भएको तर्क गरे । दोस्रो विश्वयुद्धताकाको घटना स्मरण गराउँदै मन्त्री भुसालले प्रधानमन्त्री संयमित हुनुपर्ने र सूचनालाई तथ्यको कसीमा जाँच्नुपर्ने बताएका थिए ।

    “अहिले धेरै काम सूचनाले गरेको छ । त्यसमध्ये पनि बनाइएका, ‘फेब्रिकेटेड’ सूचनाले काम गरेको छ । पहिलो विश्वयुद्धमा पोस्टर–पम्लेटहरू बनाइन्थे । मार्केटको लुछाचुँडीमा पुँजीपतिहरूले एक जातिविरूद्ध, अर्का जाति, एक समूदायविरूद्ध अर्को समूदायविरूद्ध पोस्टरहरू बनाएर बेच्थे । पोस्टरमा ‘…हत्यारा हुन् । यिनीहरूकाविरूद्ध उठ, जाग, मार’ भन्थे । को हत्यारा भनेर लेख्दैनथे । त्यसमा जर्मनहरूले फ्रेन्च हत्यारा लेख्थे । फ्रेन्चहरूले जर्मन हत्यारा हुन् भनेर लेख्थे । बेच्ने एउटै पुँजीपति हुन्थे, भनेर त्यतिबेलोका घटना सम्झाउँदै मैले भने,” भुसालले भने ।

    उनले नेकपाभित्र चलिरहेका विभिन्न खाले गलत हल्ला, अफवाह र सूचनाको तथ्य आफूसँग भएको बताएका थिए । “हिजो पनि त्यस्तै भयो । बालुवाटारमा एउटा सूचना सुनेँ । पछि तथ्यको कसीमा जाँच्दा गलत निस्कियो भनेर प्रधानमन्त्रीलाई भनेँ । उहाँले थप कुरा गर्नुभएन,” भुसालको भनाइ थियो ।

    छलफलमा ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यसँग यस्तो कुरा गर्न नहुने भन्दै प्रतिवाद गरेको एक मन्त्रीले बताए । “हामी संसद्का सदस्य हौं । जनताबाट निर्वाचित भएर आएका हौं,” यस्ता कुराहरू यहाँ राख्ने होइन,” पुनको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, “पार्टी संसदीय दल छ । कमिटी छ । छलफल गर्ने फोरम छन् । त्यहाँबाट समाधान गर्न सकिन्छ । विवाद छन्, हल गर्न सकिन्छ ।”

    केही मन्त्रीहरू स्थायी कमिटीमा नरहेकाले प्रधानमन्त्रीले पार्टीभित्रको सङ्कटको बारेमा सूचना दिन बोलाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए । “स्थायी कमिटीमा नभएका मन्त्रीहरूलाई जानकारी दिन बोलाएको हुँ । पार्टी सङ्कटमा छ । एक नरहन सक्छ भनेर भन्नु भयो,” उनले पनि भने । बाह्रखरी

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.