५ को राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले राजधानी दुई तिहाई बहुमतले प्रस्ताव पारित भएको घोषणा गरेका हुन् ।
प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसीले प्रस्ताव गरेको दाङ जिल्लाको राप्ती गाउँपालिका, गडुवा गाउँपालिका तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाले ओगटेको राप्ती नदीको किनारको भाग राप्ती उपत्यका देउखुरीलाई स्थायी राजधानी हुन्छ भन्ने पक्षमा ६९ मत र प्रस्तावको विपक्षमा १३ मत परेको उनले बताए । उनले उक्त प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको घोषणा गरे ।
Discussion about this post