Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Monday, February 9, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

यतीलाई नपरेपछि त्रिभुवन विमानस्थलको कार्गोको टेन्डर नै रद्द!

पत्रपत्रिकाबाट पत्रपत्रिकाबाट
फाल्गुन ८, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यती समूहलाई टेन्डर नपरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनको ठेक्का नै रद्द गरिएको तथ्य फेला परेको छ।विमानस्थलको एयर कार्गो कम्प्लेक्स सञ्चालनका लागि खोलिएको टेन्डर यती समूहको कम्पनीलाई नपरेपछि प्रक्रिया नै रद्द गरिएको तथ्य फेला परेको हो। सरकारले एयर कार्गो ठेक्कामा दिन २०७१ माघ १३ मा ग्लोबल टेन्डर आह्वान गरेको थियो।

    टेन्डर प्रक्रियामा सिंगापुर, फ्रान्स टर्की, भारतलगायत ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये सिंगापुरको स्काइ लिफ्ट कम्पनीले नेपालको कम्प्लिट कन्ट्याक्ट कम्पनीसँग ‘जोइन्ट भेन्चर’मा टेन्डर पारेको थियो।यती समूहले भने सेलेडी नामक भारतीय कम्पनीसँगको ‘जोइन्ट भेन्चर’ मा टेन्डर हालेको थियो। यती समूहले भगिनी संस्था हरिततारा इन्टरप्राइजेजको नामबाट टेन्डर हालेको थियो।

    स्काइ लिफ्टले टेन्डर पारेपछि कम्पनीले विमानस्थल सेवा शुल्क नियमावली अनुसार नै आर्थिक तथा प्राविधिक छुट्टा–छुट्टै प्रस्ताव भर्नुका साथै बैंक ग्यारेन्टी पनि नागरिक उड्डयन प्राधिकरणलाई बुझाइसकेको थियो। तर, यतीले टेन्डर नपाएपछि सरकारलाई ‘दबाब र प्रभाव’ मा पारेर रद्द गरेको तथ्य बाहिरिएको हो।

    त्यो बेला देवचन्द्रलाल कर्णको संयोजकत्वको कमिटीले कम्पनीले पेस गरेका आर्थिक तथा प्राविधिक प्रस्तावको मूल्यांकन गरेको थियो। सो कमिटीले २२ जेठ, ०७२ मा सिंगापुरको कम्पनीसँग जोइन्ट भेन्चरमा रहेको स्काइ लिफ्टले टेन्डर पारेको प्रतिवेदन पेस गरेको थियो।

    प्रतिवेदन अनुसार टेन्डर पार्ने कम्पनी कालो सूचीमा परेको भन्दै उसलाई रोक्न यती समूहले अनेक प्रयास गरेको खुलेको छ। यद्यपि, स्काइ लिफ्ट कम्पनीसँग जेभिमा टेन्डर पारेको नेपाली कम्पनी कम्प्लिट कम्पनी ७ माघ, ०६४ मा कालो सूचीमा परेको थियो।

    सार्वजनिक खरिद ऐन ०६३ को दफा ६३ अनुसार एकदेखि तीन वर्षसम्म कालो सूचीमा राख्न सक्ने व्यवस्था छ। यही व्यवस्थामाथि टेकेर सो कम्पनी कालो सूचीबाट फुकुवा भइसकेको र ग्लोबल टेन्डरमा भाग लिन योग्य रहेको फैसला सोही बेला गरेको थियो।

    कम्पनीले पटक/पटक बैंक ग्यारेन्टी नविकरण गरेपनि यती समूहको नाममा टेन्डर नपरेपछि सरकारले २२ असोज ०७२ मा रद्द गर्ने निर्णय गरेको थियो। ठेक्का रद्द भएपछि नियमानुसार काम भइसक्दा पनि ठेक्का उपलब्ध नगराएको भन्दै कम्प्लिट कम्पनीका सञ्चालक परिवर्तन राईले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका थिए।

    १३ माघ ०७२ मा पाटन उच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी हुने फैसला गरेको थियो। सो फैसलामा भनिएको छ,‘नागरिक उड्डयन प्राधिकरणबाट २२ असोज ०७२ मा भएको निर्णय कानून बमोजिमको अख्तियारीभित्र रही भएरगरेको नदेखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने र १३ माघ ०७१ मा प्रकाशित बोलपत्र सम्बन्धी प्रक्रिया कानून बमोजिम सम्पन्न गर्नु गराउनू।’

    तोकिएको भन्दा यतीको बोलकबोल ३० करोड कम

    गोकर्ण रिसोर्टको लिज प्रकरण, नेपाल ट्रष्टको जग्गा लगायत विषयमा विवाद भइरहेका बेला यती समूहको सत्ता र शक्ति कति ठूलो पहुँच भन्ने उदाहरण यही कार्गोको टेन्डर प्रक्रियामा देखिन्छ।सरकारले तोकेको रकमभन्दा निकै कम बोलकबोल गरेको कम्पनीले टेन्डर नपाउँदा सरकारले अदालतको फैसलालाई नै ‘धोती’ लगाइदिएको छ। सरकारले सुरुमा ठेक्काको सिलिङ ६८ करोड प्रस्ताव गरेको थियो।

    १० वर्षको समयावधि तोकेर खुलाइएको टेन्डरमा यती समूहले न्यूनतम सिलिङभन्दा ३० करोड कम बोलकबोल गरेको थियो। जबकि टेन्डर पारेको सिंगापुरको कम्पनीले ९९ करोड ७१ लाख ६१ हजार पाँच सय ५० रुपैयाँ बोलकबोल गरेको थियो।तर, यती समूहले भने ठेक्काको सिलिङभन्दा ३० करोड कम ३८ करोड मात्रै बोलकबोल गरेको थियो। सन्तोष भट्टराई/काठमाडौं प्रेस

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      पत्रपत्रिकाबाट

      पत्रपत्रिकाबाट

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.