अमेरिका त्यसमाथि ट्रम्प चीनमा चलेको कोरोना भाइरसको महामारी हेरेर काखी बजाइरहेको देखेर विश्वका कैयन नेताहरु निन्दा गर्ने तहमा पुगेका छन्। यसैबीच अमेरिकाको राम्रानराम्रा क्रियाकलापमा साथ दिदै आइरहेको क्यानडाले भने चीनमा चलेको महामारी समानुभूति प्रकट गरेको छ। क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनको कोरोना भाइरस महामारीबारे हाल चल्दै आएको योजनाबद्ध र विभेदकारी गतिविधिको विरुद्ध क्यानेडियन सरकार रहेको बताएका छन्। उनी भन्छन्– नोवल कोरोना भाइरसबारे डरयुक्त गलत प्रचार गर्नेहरुका लागि क्यानडामा कुनै स्थान छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोना भाइरसको महामारीलाई चीनलाई विश्वबाट एक्ल्याउने र कमजोर बनाउने एक अवसरको रुपमा लिएको बताइन्छ। उनले भुलेका छन् कि, हाल कोरोना भाइरसले पुर्याएको मानव जीवनमा जति संकट र क्षतिभन्दा कैयौं गुणा अमेरिकामा विभिन्न समयमा विभिन्न रोगजन्य भाइरसले पुर्याएका थिए। त्यसवेला चीन लगाायत कुनै मुलुकले मानवजातिमा परेको संकट र विपत्तीमा अट्टहास गरेका थिएनन्।
इतिहासमा अनेकन महामारी चलेका थिए। अमेरिकाकै कुरा गर्ने हो भने सन् १९६७ मा अमेरिकामा मार्गबेर्ग नामक भाइरसको महामारी चलेको थियो। त्यसले ११ मुलुकलाई लपेट्यो र ४६६ जना संक्रमित मध्ये ३७३ को ज्यान लियो। यस संक्रमणको मारक दर ८०% थियो। सन् १९७६ मा इवोला भाइरस अमेरिका लगायत ९ देशमा ३३,५७७ संक्रमित भई १३,५६२ को मृत्यु भएको थियो भने मारक दर ४०.४०% थियो।
अमेरिकामा सन् २००९ मा स्वाइन फ्लूको महामारी फैलियो। जसको रोकथाम गर्न अमेरिका पूर्णतः असमर्थ रह्यो।जसकारण यो रोग २१४ देशमा फैलियो। उक्त स्वाइन फ्लूको कारण विश्वभरि १६ लाख ३२ हजार २५८ जना प्रभावित भएभने २ लाख ८४ हजार ५०० जनाको मृत्यु भएको तथ्य संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ। जसको मुख्यकारण अमेरिकाको लापरवाहीपूर्ण गतिविधि रहेको समेत बताइन्छ।
हाल चलेको महामारीको मारक दर हालसम्मको मृतक संख्यासँग अनुमान गर्दा यसको मारक दर २% प्रतिशतमात्र रहेकोछ। यसैगरी यसको घातकता तथा आक्रमकता साधारण फ्लु भन्दा कम रहेको पुष्टि भइसकेकोछ। तथापी, चीनले कोरोना भाइरसलाई नियन्त्रण गर्न अन्यको तुलनामा अहोरात्र धेरै प्रयासहरु गरिरहेको देखिन्छ। उसले १० दिन भित्रमा वुहान शहरमा कम्तीमा हजार शैयाको ह्वो शनसान अस्पताल निर्माण गरि कोरोनाका बिरामीहरुलाई उपचार गर्न शुरु गरिसकेको छ। विभिन्न शहर र नगरहरुका उच्च सतर्कताका साथ आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइसकेको छ। विभिन्न आन्तरिक नाकाहरुमा उच्च सतर्कता र आवागमन बन्द समेत गराएर कोरोना भाइरस फैलिन नदिन भरमग्दुर प्रयास गरिरहेको छ। जुन प्रयास आजसम्म विश्वमा फैलिएको कुनैपनि महामारीका लागि कुनै पनि देशले गर्न नसकेको भनी विभिन्न स्वतन्त्र सञ्चार माध्यमहरुले चीनको प्रयासलाई उच्च प्रशंसा समेत गरिरहेको छ।
तथापि, कुनै देशमा फैलिएको मानव स्वास्थ्य जन्य अतिसंवेदनशील विषयलाई अमेरिकाले भने अर्थराजनीतिक हतियारको रुपमा प्रयोग गर्नु उसको निकृष्ट सोच र बिल्कुल अवाञ्छनीय व्यवहारको रुपमा रहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भैरहेको छ। तथापी अमेरिका र यसका मतियारहरु कोरोना भाइरसको माहामारी गन्दै र आतङ्क मच्याउन पुरै प्रचारयन्त्रहरु सक्रिय भएको देखिन्छ।