Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Thursday, April 16, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

अमेरिका र यसका मतियारहरु कोरोना भाइरसको माहामारी गन्दै र आतङ्क मच्चाउँदै

नेपाल रिडर्स नेपाल रिडर्स
माघ २१, २०७६
- समाचार
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    अमेरिका त्यसमाथि ट्रम्प  चीनमा चलेको कोरोना भाइरसको महामारी हेरेर काखी बजाइरहेको देखेर विश्वका कैयन नेताहरु निन्दा गर्ने तहमा पुगेका छन्। यसैबीच अमेरिकाको राम्रानराम्रा क्रियाकलापमा साथ दिदै आइरहेको क्यानडाले भने चीनमा चलेको महामारी समानुभूति प्रकट गरेको छ। क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनको कोरोना भाइरस महामारीबारे हाल चल्दै आएको योजनाबद्ध र विभेदकारी गतिविधिको विरुद्ध  क्यानेडियन सरकार रहेको बताएका छन्। उनी भन्छन्– नोवल कोरोना भाइरसबारे डरयुक्त गलत प्रचार गर्नेहरुका लागि क्यानडामा कुनै स्थान छैन ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोना भाइरसको महामारीलाई चीनलाई विश्वबाट एक्ल्याउने र कमजोर बनाउने एक अवसरको रुपमा लिएको बताइन्छ। उनले भुलेका छन् कि, हाल कोरोना भाइरसले पुर्‍याएको मानव जीवनमा जति संकट र क्षतिभन्दा कैयौं गुणा अमेरिकामा विभिन्न समयमा विभिन्न रोगजन्य भाइरसले पुर्‍याएका  थिए। त्यसवेला चीन लगाायत कुनै मुलुकले मानवजातिमा परेको संकट र विपत्तीमा अट्टहास गरेका थिएनन्।

    इतिहासमा अनेकन महामारी चलेका थिए। अमेरिकाकै कुरा गर्ने हो भने सन् १९६७ मा अमेरिकामा मार्गबेर्ग नामक भाइरसको महामारी चलेको थियो। त्यसले ११ मुलुकलाई लपेट्यो र ४६६ जना संक्रमित मध्ये ३७३ को ज्यान लियो। यस संक्रमणको मारक दर ८०% थियो। सन् १९७६ मा इवोला भाइरस अमेरिका लगायत ९ देशमा ३३,५७७ संक्रमित भई १३,५६२ को मृत्यु भएको थियो भने मारक दर ४०.४०% थियो।

    अमेरिकामा सन् २००९ मा स्वाइन फ्लूको महामारी फैलियो। जसको रोकथाम गर्न अमेरिका पूर्णतः असमर्थ रह्यो।जसकारण यो रोग २१४ देशमा फैलियो। उक्त स्वाइन फ्लूको कारण विश्वभरि १६ लाख ३२ हजार २५८ जना प्रभावित भएभने २ लाख ८४ हजार ५०० जनाको मृत्यु भएको तथ्य संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ। जसको मुख्यकारण अमेरिकाको लापरवाहीपूर्ण गतिविधि रहेको समेत बताइन्छ।

    हाल चलेको महामारीको मारक दर हालसम्मको मृतक संख्यासँग अनुमान गर्दा यसको मारक दर २% प्रतिशतमात्र रहेकोछ। यसैगरी यसको घातकता तथा आक्रमकता साधारण फ्लु भन्दा कम रहेको पुष्टि भइसकेकोछ। तथापी, चीनले कोरोना भाइरसलाई नियन्त्रण गर्न अन्यको तुलनामा अहोरात्र धेरै प्रयासहरु गरिरहेको देखिन्छ। उसले १० दिन भित्रमा  वुहान शहरमा कम्तीमा हजार शैयाको ह्वो शनसान अस्पताल निर्माण गरि कोरोनाका बिरामीहरुलाई उपचार गर्न शुरु गरिसकेको छ। विभिन्न शहर र नगरहरुका उच्च सतर्कताका साथ आवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइसकेको छ। विभिन्न आन्तरिक नाकाहरुमा उच्च सतर्कता र आवागमन बन्द समेत गराएर कोरोना भाइरस फैलिन नदिन भरमग्दुर प्रयास गरिरहेको छ। जुन प्रयास आजसम्म विश्वमा फैलिएको कुनैपनि महामारीका लागि कुनै पनि देशले गर्न नसकेको भनी विभिन्न स्वतन्त्र सञ्चार माध्यमहरुले चीनको प्रयासलाई उच्च प्रशंसा समेत गरिरहेको छ।

    तथापि, कुनै देशमा फैलिएको मानव स्वास्थ्य जन्य अतिसंवेदनशील विषयलाई अमेरिकाले भने अर्थराजनीतिक हतियारको रुपमा प्रयोग गर्नु उसको निकृष्ट सोच र बिल्कुल अवाञ्छनीय व्यवहारको रुपमा रहेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भैरहेको छ। तथापी अमेरिका र यसका मतियारहरु कोरोना भाइरसको माहामारी गन्दै र आतङ्क मच्याउन पुरै प्रचारयन्त्रहरु सक्रिय भएको देखिन्छ।

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      नेपाल रिडर्स

      नेपाल रिडर्स

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      मिटरब्याजको आडमा बलात्कार गर्ने सुर्जमानलाई १० वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपुर्ति तिर्नुपर्ने

      नेपाल रिडर्स
      असार ३, २०८१

      मिटरब्याजको आडमा शरिर बन्धक बनाएर यौन शोषण गर्ने सुर्जमान मालिलाई ललितपुर जिल्ला अदालतले १० वर्ष कैद सजाय सुनाएको छ। मिटरब्याजी...

      सेप्टेम्बर ११ को ५० वर्षः सल्भाडोर अलेन्देको बाटो पच्छ्याइरहेको ल्याटिन अमेरिका

      ‘शान्तिपूर्ण बाटो’को चिली-शिक्षा

      सङ्गीत
      जेष्ठ २४, २०८१

      के त्यो सुन्दर संसार नष्ट भइसक्यो ? जसको तिमीले गरेका थियौ शिलान्यास ! होइन, मेरो चेतनले भन्छ– होइन, हुनै सक्दैन...

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      ०३६ सालको विद्यार्थी आन्दोलनका नेता दामोदर उपाध्यायको निधन

      नेपाल रिडर्स
      माघ १०, २०८०

      नेपालको वामपन्थी विद्यार्थी आन्दोलनको अनेरास्ववियू (एकताको पाँचौ) धाराका एकजना संस्थापक तथा ०३६ को विद्यार्थी आन्दोलनलाई सञ्चालन गर्न बनाएको केन्द्रीय संघर्ष...

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु

      नेपाल रिडर्स
      माघ ४, २०८०

      कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टर स्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएकाछन्।...

      गणतन्त्र जोगाउने ३५ काइदा

      गणतन्त्र जोगाउने ३५ काइदा

      रोहेज खतिवडा
      पुस २४, २०८०

      १. पूर्वराजा ज्ञानेन्द्र र राजसंस्थालाई गाली गरेर उनको बजारभाउ नबढाउने । चुपचाप आफूले गर्नुपर्ने काम गर्ने । २. गर्नुपर्ने काम...

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      लेनिनको स्मृतिमा शतवार्षिकी समिति गठन

      नेपाल रिडर्स
      पुस २२, २०८०

      विश्वप्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर इल्यिच लेनिनको स्मृतिको शताब्दी वर्ष मनाउने उद्देश्यले नेपालमा जनस्तरमा ‘लेनिन स्मृति शतवार्षिकी’ समिति गठन...

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.